गण्डकी

अपराजित सशस्त्र तेस्रो टाईगर कप भलिबलको फाईनलमा

पोखरा-विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको छ । लिगचरण र सेमिफाईनलसम्मको अपराजित यात्रालाई निरन्तरता दिने क्रममा सशस्त्रले नेपाल पुलिस क्लबलाई ३–० सेटले पन्छायो । टाईगर ग्रुप पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा सशस्त्रले पहिलो सेट २५–१० मा लिदैं फाईनलको यात्रा तय गर्ने संकेत गरयो । पाहुना टोली सेन्ट जोसेफ श्रीलंकाली टोलीले कुनैपनि जित निकाल्न सकेन् । पाँचौ स्थानमा रहेर प्रतियोगिता… पुरा पढौ

महिला तर्फ दुई विभागीय बीच उपाधि प्रतिस्पर्धा

पोखरा-तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलले अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग भिड्ने छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । सशस्त्रले गण्डकी प्रदेशको चुनौतिलाई २५–१३, २५–१७ र २५–२१ को सेटमा पन्छायो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा न्यु डायमण्डको चुनौतिलाई त्रिभुवन आर्मीले २३–२५, २५–१३, २५–२२ र २५–१२सोझो सेटमा पन्छाउँदै उत्कृष्ट पुनरागमनसहित फाईनल यात्रा तय गरेको हो ।… पुरा पढौ

सशस्त्रका दुवै टोलीको सफलता

पोखरा-तेस्रो टाईगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन् । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पार्धामा महिला तर्फ एपिएफले होङवान्जी न्यूडायमण्डलाई ३–० पराजित गर्यो । पहिलो खेलमा एपिएफले न्यू डायमण्ड विरुद्ध २५–१५, २५–२० र २५–७ को सेटमा पराजित गर्दै दोस्रो जित निकाल्यो । खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन । दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र… पुरा पढौ

विभागीय डर्बीमा पुलिसमाथि सशस्त्रको जित

पोखरा-पहिलो दिन सशस्त्र प्रहरी बलसँग पराजित हुदैं घाईते बनेको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पाहुना टोलीमाथि सोझो सेटको जित निकाल्दै पुरुष भलिबलमा आफनो साखलाई कायमै राखेको छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालित प्रतियोगिताको दोस्रो दिन सोमबार पाहुना टोली एसटिआई श्रीलंकाको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग तालिकामा तीन अंक जोडेको छ । पहिलो सेट प्रतिस्पर्धात्मक बन्ने देखिएपनि श्रीलंकाली टोलीको प्रदर्शन लोभलाग्दो देखिएन् । नयाँ कोर्टमा विभागीय क्लबसँग उत्रिएको… पुरा पढौ

गण्डकी,आर्मी र सशस्त्र प्रहरीको जित

पोखरा-टाईगर कपको पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । स्पाईक,ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आईतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । रवि केसी, हरि पाण्डे र नितिनको कम्बिनेसन देखिएको खेलमा गण्डकीले पहिलो सेट आफनो पक्षमा पार्न प्रतिस्पर्धा नै गर्नुपर्यो । पहिलो सेट २५–२३ को सेटमा गण्डकीले आफनो पक्षमा पार्दै पुलिसमाथि दबाव सृजना गर्यो । दोस्रो सेटमा पुलिस अझै कमजोर… पुरा पढौ

आर्मी र सशस्त्र प्रहरीको जित

पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ । टाईगर ग्रुप पोखराको आयोजनामा आईतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्रले उत्कृष्ट कमब्याक गर्दै ३–१ को सेटमा जित आत्मसात गर्यो । पहिलो सेट गुमाएको सशस्त्रले पछिल्लो तीनै सेट आफनो पक्षमा पार्दै विभागीय डर्बीमा आर्मीमाथि जित निकाल्यो । पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने आफनो लय कायम… पुरा पढौ

च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

पोखरा-कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ । त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघलाई सहयोग गरेका भेट्रान खेलाडी नरबहादुर गुरुङ र विशाल हिराचनलाई समेत सम्मान गरिएको थियो । यलम्बर राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ४५ वर्षमाथिको उमेर समूहमा डबल्स इभेण्टमा प्रथम भएका राजेश गुरुङ र शम्भु श्रेष्ठलाई सम्मान गरिएको हो । त्यस्तै एपिआई स्पोर्टस जुनियर व्याडमिन्टन च्याम्पियनमा यु–१५ दिलाशा राना र यु–११ मा… पुरा पढौ

पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल प्रहरी बीच उदघाटन खेल

पोखरा-पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग उदघाटन खेल्दै पोखरामा आईतबारदेखि तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप शुरु हुदैं छ । गण्डकी प्रदेश पहिलो संस्करणको विजेता टोली समेत हो । टाईगर ग्रुप पोखराको आयोजना तथा नेपाल भलिबल संघको सहयोगमा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्यिनसिपमा स्वदेशीसँगै विदेशी क्लबले पनि उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय हिसान फुटसल फागुन पहिलो साता

पोखरा-आगामी फागुनको पहिलो साता पोखरामा प्रदेशस्तरीय हिसान फुटसल प्रतियोगिता हुने भएको छ । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिता हुने भएको हो । प्रदेशस्तरीय फुटसलको लागि कास्कीमा शुक्रबारदेखि छनोट प्रतिस्पर्धा शुरु भएको छ । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, पदक, ट्रफि र उपविजेताले नगद ५० हजार, पदक र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैह्रपाटनमा रहेको वि–… पुरा पढौ

खेल चलिरहँदा मैदानमा प्रभुको हेलिकप्टर अवतरण

पोखरा-फुटबल खेल चल्दै थियो । पहिलो हाफ हुन केही मिनेट मात्रै बाँकी थियो । ४० मिनेटमा खेल चलिरहेकै अवस्थामा खेलमैदानमै हेलिकप्टर अवतरण गर्यो । खेल स्थगित हुन पुग्यो । सबै आश्चर्यमा परे । स्याङजाको वालिङनगपाालिकास्थित मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकपको दोस्रो सेमिफाईनल खेल चलिरहेको थियो । बिहीबार दिउँसो दुई बजेर ३५ मिनेटमा प्रभुको हेलिकप्टर एकाएक अवतरण गर्यो । अवतरण पछि तीनजना युवा झरे । खेलाडी र आयोजक आश्चर्यमा परे । हेलिकप्टर अवतरण लगत्तै स्थानीय खेलमैदान छिरे । पाईलटलाई कुटपिट गरे… पुरा पढौ