गण्डकी

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार… पुरा पढौ

कास्कीका भुगोल र विधान अधिकारी अन्तिम १६ मा

काठमाडौं- कास्कीका भुगोल गुरुङ्गले १६ फिदरका अमन महर्जनलाई २१–१८, २१–२३, २१–१९ को सेटमा पराजित गर्दै११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन् । उनीसँगै कास्कीका कास्कीका बिधान अधिकारीले सिल्क ग्रुपका आशिष तामाङ्गलाई २१–१५, २१–११ को सेटमा पराजित गर्दै प्रिक्वार्टर प्रवेश गरेका हुन् । नेपाली सेनाका दिवश शंकर र नेपाल प्रहरीका पूर्ण बहादुर थापा लिनिङ्ग ११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन् । १६… पुरा पढौ

पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको छ । ३५ वर्ष माथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरि दुई वटा इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव नविन श्रेष्ठले जानकारी दिए । नवप्रवेशितर्फको भेट्रान्स प्रतिस्पर्धा फागुण ८ देखि हुनेछ । त्यस्तै फागुण १० देखि सिनियर तर्फको प्रतिस्पर्धा शुरु हुनेछ । नवप्रवेशितर्फका सेमिफाइनलिष्टले सिनियरतर्फको मुख्य प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संघले जनाएको छ । प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५… पुरा पढौ

‘पोखरा म्याराथन’ मा पाँचदेशका १२ विदेशी धावक दौडिने

पोखरा-१६ औं संस्करणको ‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’मा आगामी शनिबार धावकहरु दौडिने अन्तिम तयारीमा छन् । पाँचदेशका १२ धावकसहित १६५ जना धावकले म्याराथन एरिनामा उत्रिदैं छन् । अधिकांश धावक स्वदेशी छन् । विभागीय क्लब मध्ये त्रिभुवन आर्मी क्लबका म्याराथन धावकहरुको सहभागिता भने छैन् । दुई विभागीय क्लब नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका धावकहरुको सहभागिता रहने छ ।१५ औं सस्करणमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए । उनले २ घण्टा २८ मिनेटको समय निकाल्दै च्याम्पियन बन्दा महिला तर्फको हाफ… पुरा पढौ

पोखरामा शनिबारीय क्लबस्तरीय टी–२० क्रिकेट लिग शुरु

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबारीय क्लबस्तरीय टी–२० लिग च्याम्पियनसिप शुरु भएको छ । वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीप प्रतियोगिताको उदघाटनमा पोखरा क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट क्लबले पहिलो व्याटिङ गर्दै ९ विकेटको क्षतिमा १२८ रनको योगफल तयार पार्यो । टस जित्दै व्याटिङमा उत्रिएको पोखरा क्रिकेट क्लबका अनुभवी व्याटर अनिल गुरुङले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट इनिङ खेले । अन्तिम ओभरको अन्तिम बलमा सांग्रिला क्रिकेट क्लबका कप्तान विपिन खत्रीले बाउण्ड्रीमा क्याच गराउँदै… पुरा पढौ

क्लबस्तरीय शनिबारीय टी–२० क्रिकेट लिग

पोखरा-कास्कीको क्रिकेट विकासको लागि नयाँ योजना सार्वजनिक गर्दै क्लबस्तरीय शनिबारीय क्रिकेट लिग गर्ने तयारी गरेको छ । यही माघ २९ गते शनिबारदेखि क्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गरिने कास्की जिल्ला क्रिकेट संघले उल्लेख गरेको छ । संघले पहिलो पटक शनिबारीय लिग आयोजना गर्दै खेलाडीलाई व्यस्त बनाउने योजना अघि सारेको हो । शनिबारीय लिग दशहप्ता चल्ने छ । उदघाटनमा एक खेल खेलाईने छ । ‘उदघाटन बाहेक अन्य शनिबार दुई खेल खेलाईने छ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘६… पुरा पढौ

अधिवेशन अघि जिल्ला लिग र पोखरा गोल्डकपको योजना

पोखरा-अखिल नेपाल फुटबल संघ(एन्फा)ले फागुन मसान्तभित्रमा जिल्ला फुटबल संघहरुको अधिवेशन टुग्याउन परिपत्र गरिसकेको छ । आगामी जेठमा एन्फाले नयाँ नेतृत्वको लागि अधिवेशन गर्ने हुदाँ फागुन मसान्तभित्रमा जिल्ला अधिवेशन टुग्याउन निर्देशनसहित समिति गठन भईसकेको छ । कास्की जिल्ला फुटबल संघले पनि फागुन मसान्तभित्र अधिवेशन टुग्याउनुपर्ने छ । अधिवेशन टुग्याउनुअघि कास्की जिल्ला फुटबल संघले जिल्ला लिग र पोखरा गोल्डकप गर्ने एकमात्र उद्देश्य रहेको स्पष्ट पारेको छ । यद्यपी जिल्ला लिगको समय तोकिसकिएको अवस्था छैन् । अधिवेशनको लागि संघले पदाधिकारी तथा सदस्य एवं… पुरा पढौ

पोखरा म्याराथनलाई दुई शिक्षालयको सहयोग

पोखरा- पोखरा म्याराथनको १६ औं सस्करणलाई कलेज तथा विद्यालयले सहयोग गरेका छन् । पोखरा १४ स्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र कुमुदिनी होम्स माविले पोखरा म्याराथनलाई सहयोगी हात बढाएका हुन् । आगामी फागुन ७ गते शनिवार आयोजना हुने “१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन”लाई पोखराका दुई शिक्षालयहरुले सहयोग रहने छ । पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किलोमिटर पुरुष तर्फको प्रथम पुरस्कार राशी नगद २० हजार नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले सहयोग घोषणा गरेको छ । कुमुदिनी… पुरा पढौ

प्रतिष्ठा जोगाउँदा स्थानीय धावकको सहभागिता शून्य

पोखरा-फागुन ७ नजिकिदैं छ । यो दिन धावकको लागि विशेष पनि छ । प्रजातन्त्र दिवस मनाईरहँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरु भने ‘अन्तराष्ट्रिय सफल पोखरा म्याराथन’ मा दौडिने छन् । त्यहि मितिमा म्याराथनसँगै महिला हाफ म्याराथन हुने छ । हाफ म्याराथनलाई भने पछि थप गरिएको इभेण्ट हो । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’ वार्षिक कार्यक्रम हो । १५ वर्ष निरन्तर आयोजना भईसकेको छ । आगामी फागुन ७ गते शनिबार १६ औं सस्करणको म्याराथनको संघारमा मञ्च छ… पुरा पढौ

पोखरामा अन्तराष्ट्रिय खेल खेलाउन पाईने

पोखरा-अब पोखरामा ह्याण्डबलको अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्न सकिने छ । अन्तराष्ट्रिय ह्याण्डबल महासंघ(आईएचएफ)ले आउटडोर म्याट सहयोग दिएपछि पोखरामा अन्तराष्ट्रिय प्रतिस्पर्धा सम्भव भएको हो । आउटडोर म्याटमा अन्तराष्ट्रिय प्रतिस्पर्धालाई महासंघको स्वीकृति हुन्छ । महासंघको मान्यतासँगै पोखरामा अन्तराष्ट्रिय प्रतिस्पर्धा हुने एकमात्र कोर्ट बनेको हो । कास्की जिल्ला ह्याण्डबल संघले कोर्ट २०७० निर्माण गरेको हो । पोखरा रंगशालाभित्र संघले ७६ लाखको लागतमा ह्याण्डबल कोर्टसहित भौतिक पूर्वाधार तयार गरिएको संघका अध्यक्ष चित्र थापाले जानकारी दिए । ‘ह्याण्डबलको आउटडोर म्याट सहितको कोर्ट नेपालमै पहिलो हो ।’… पुरा पढौ