गण्डकी

गण्डकीका अनिशलाई म्याराथनमा स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन । उनी भारतीय सेनामा कार्यरत हुन् । नेपाली सेनाका धावक कृष्ण बस्नेत भने रजत पदकमा चित्त बुझाए । उनले २ घण्टा २३ मिनेट १४ सेकेण्डको समय लगाए । तेस्रो स्थानमा सन्तोष विक्रम विष्ट आए । सशस्त्र प्रहरी बलका विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए । पुरा पढौ

४ सय मिटरमा २ राष्ट्रिय कीर्तिमान

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान बनेका हुन् । पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन् । उनले सन् १९९० मा चीनको वेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८.३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा… पुरा पढौ

गण्डकीको पोल्टामा १४ स्वर्ण

पोखरा-गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सोमबारसम्म १४ स्वर्ण पदक जितेको छ । गण्डकीले सर्वाधिक पदक फुल कन्ट्याक्ट कराँतेमा जित्यो । टिम च्याम्पियन बनेको गण्डकीले ४ स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको थियो । शारीरिक सुगठनमा गण्डकीले ५५, ६५ केजी तौलमा र स्पोर्टस फिजिक्स १७० सेमीमुनीको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको थियो । आईटिएफमा ३ स्वर्ण पदक जितेको छ । त्यसैगरी स्क्वास, टिम इभेण्टमा ह्याण्डबल(पुरुष),म्याराथन पुरुषमा स्वर्ण र टेनिस(पुरुष) गरी १३ स्वर्ण पदक जितेको हो । ४ सय ६४… पुरा पढौ

आर्मी टिम च्याम्पियन,गण्डकीलाई तीन स्वर्ण

पोखरा-त्रिभुवन आर्मी क्लब शारीरिक सुगठनको टिम च्याम्पियन बनेको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत को शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मीले ५ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो । ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो । गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक÷एक स्वर्ण जितेको छ । पुरुष तर्फआर्मीले ७० केजी, ७५ केजी, ८० र ८० माथि तौल समूह तथा महिला फिजिक्स तर्फ स्वर्ण पदक जितेको हो । गण्डकीले ५५, ६५ र स्पोर्टस… पुरा पढौ

गण्डकी र नेपाल पुलिस, बागमती र सशस्त्र प्रहरी बीच सेमिफाईनल

पोखरा-गण्डकी प्रदेश महिला भलिबल टोलीले नेपाल पुलिस क्लबसँग सेमिफाईनलमा भिड्ने छ । अर्को सेमिफाईनल सशस्त्र प्रहरीले बागमती प्रदेशसँग खेल्ने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा सशस्त्र प्रहरी बल र बागमती प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा सशस्क्रले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो । बागमतीले सुदुर पश्चिमलाई पराजित गर्दै सेमिफाईनल… पुरा पढौ

सशस्त्र प्रहरी फाईनल र पुलिस फाईनलमा

पोखरा–महिला क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलसँग उपाधि प्रतिस्पर्धा पक्का गरेको छ । डेब्यु प्रतियोगितामा उपाधि जित्ने लक्ष्य सहित टोली बनाएको पुलिसले मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने छ ।ज्योति पाण्डको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस… पुरा पढौ

डिसकस थ्रोमा आर्मी र लुम्बिनीलाई स्वर्ण

पोखरा-एथलेटिक्स डिसकस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् । वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर पर फालेर स्वर्ण जितेका हुन् । पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काँस्य पदक जिते । खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो गरे । महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् । उनले ३३.६० मिटर थ्रो… पुरा पढौ

महिला क्रिकेटःसशस्त्र प्रहरी फाईनल

पोखरा–ज्योति पाण्डको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ..रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पार्यो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका हिर्काईन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो… पुरा पढौ

टेवल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण

पोखरा-पोखरामा जारी नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेवल टेनिस प्रतियोगिताका पाँचवटा ईभेन्ट सम्पन्न भएकोमा ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्स तर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ । सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा ईभेन्टसको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीले जितेको हो ।सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३­ –१, ११ –८, ११ –५, ११ –१३,११–६ को ३–१… पुरा पढौ

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापाले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । थापाको यो ह्याट्रिक पदक हो । उनले सातौ, आठौंमा समेत स्वर्ण पदक जितेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा… पुरा पढौ