गण्डकी

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लव र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै… पुरा पढौ

आर्चरीमा ७ स्वर्णसहित गण्डकी टीम च्याम्पियन

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लव १ स्वर्ण, २… पुरा पढौ

आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गन पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन् । उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । आर्मीका दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चिक्त बुझाए । महिला तर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी सोनी गुरुङले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरीलाई १ घण्टा १६… पुरा पढौ

४ सय मिटर हर्डल्स पुरुषमा आर्मीलाई स्वर्ण

पोखरा-४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् ।थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते ।एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते । पुरा पढौ

टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

पोखरा -पोखरा टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो । सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको… पुरा पढौ

आर्चरीमा गण्डकीलाई चार स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो । गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप चार काँस्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत,, एक काँस्यमा सीमित रहँदा प्रदेश १ ले… पुरा पढौ

डेब्यु प्रतियोगितामै नेपाल पुलिसलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा डेब्यु गरेको नेपाल पुलिसले महिला क्रिकेटको उपाधि जितेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनलमा नेपाल पुलिसले ५ रनको रोमाञ्चक जित निकाल्दै डेब्युमै स्वर्ण पदक जित्यो । टस जितेर व्याटिङ रोजेको नेपाल पुलिसले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८९ रनको योगफल तयार पार्यो । काजल श्रेष्ठ रनआउटको शिकार हुदैं पभेलियन फर्किदाँ उनको स्कोर २७ रन थियो । ५५ बल खेल्ने क्रममा १ चौका सामेल रह्यो । कविता कुवँरलाई नेरी थापाले बोल्ड गर्दै नेपाल पुलिसमाथि… पुरा पढौ

स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि।क।, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत… पुरा पढौ

गण्डकी र आर्मी स्वर्ण पदकको लागि भिड्ने

पोखरा-महिला हक्कीको स्वर्ण पदकको लागि गण्डकी प्रदेशले नेपाली सेनासँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा नेपाली सेनाले प्रदेश नं १ लाई ७-० गोल अन्तरले पराजित गर्दै फाईनल सुरक्षित गर्यो । खेलमा सीताकुमारी चौधरीको ह्याट्रिक प्रेरित आर्मीले सहज जित निकाल्यो । नवौं मिनेटमा सीताकुमारी चौधरीको गोलबाट अग्रता लिएको आर्मीले प्रदेश १ माथि दबाव दिदैं एकपछि अर्को गोल थप्यो । १४ औं मिनेटमा अन्जनाचन्द ठकुरीले गोल थपिन् । तेस्रो गोल १६ मिनेटमा सीतामाया… पुरा पढौ

लङ जम्पमा सशस्त्रका देवानको कीर्तिमानी स्वर्ण

पोखरा-सशस्त्र प्रहरी बलका सलिम देवानले लङ जम्पमा कीर्तिमान स्वर्ण जितेका छन् । उनले मंगलबार विहान भएको प्रतिस्पर्धामा ७.०६ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेका हुन् । एथलेटिक्स अन्तर्गत उनले सन १९९९ मा इस्लामावादमा भएको प्रतिस्पर्धामा कृष्णबहादुर गिरीको ७.० मिटरको जम्पको कीर्तिमानी तोडेका हुन् । पुरा पढौ