गण्डकी

केसी परिवार र सहारा क्लबबीच नयाँ सम्झौता

पोखरा-वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ । क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने छ । बुधबार क्लबका अध्यक्ष हरिराम गुरुङ र स्व.सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै… पुरा पढौ

पोखरा म्याराथनको पुरस्कार राशी शतप्रतिशत बृद्धि

पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्चले लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिसँग तीन वर्ष सम्झौता नविकरण गर्दै पोखरा म्याराथनको पुरस्कार राशीमा बृद्धि गरेको छ । सुजल डेरी प्रालिको उत्पादन सफल दूधले तेस्रो पटक सम्झौता नविकरण गर्दै वि.स.२०८० सालसम्म साथ दिने छ । प्रालिसँग नयाँ सम्झौता गरेपछि नेपाल भुतपुर्व खेलाडी मञ्चले १६ औं सस्ँकरणको पुरस्कार राशीमा शतप्रतिशत बृद्धि गरेको छ । सम्झौता अनुसार प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिने छ । प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठका अनुसार खेल पर्यटन प्रवद्र्धनमा मञ्चमा सहकार्य… पुरा पढौ

मञ्च र सुजल डेरी प्रालि बीच भोलि तीन वर्षे सम्झौता हुदैं

पोखरा-सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भुतपुर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गर्दै छ । सफल दूधले मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तराष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको छ । प्रालिले पोखरा म्याराथनसँग यसअघि दुई पटक गरेर ६ वर्षसम्म मुख्य प्रायोजन गर्दै आएको थियो । ‘अब हामी भुतपुर्व खेलाडी मञ्चसँग तीन वर्ष सम्झौंता गरेर अगाडि बढ्छौं ।’ सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले भने–‘तीन वर्षे सम्झौतालाई निरन्तरता दिएका हौं ।’ पोखराको खेलकुद प्रवद्र्धन सुजल डेरी प्रालिले महत्वपूर्ण भूमिका खेल्दै… पुरा पढौ

सहारा क्लवका सदस्यलाई कोरोना बिरुद्धको खोप

पोखरा-गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको सहारा क्लवले आफ्ना सदस्यहरुलाई कोरोना बिरुद्धको दोश्रो डोजको खोप लगाएको छ । क्लवले आफ्ना २ सय ३३ जना क्लवमा आबद्ध सदस्यहरुलाई कोरोना बिरुद्ध खोप लगाएको क्वलका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, पोखरा महानगरको स्वास्थ्य महाशाखा लगायतलाई क्लवले बिषेश धन्यवाद दिएको छ । क्लवले हरेक बर्ष जसो आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ भने १४ जिल्लाका गरिव, विपन्न बर्गका २४ जना वालकहरु सहारा फुटवल एकेडेमीमा रहेका… पुरा पढौ

वाई वाई यु–१९को लागि १५ गतेदेखि ओपन क्याम्प

पोखरा-नेपाल क्रिकेट संघ(क्यान)ले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता घोषणा गरिसकेको छ । घोषणासँगै कोरोना कहरले लामो समयदेखि बन्द रहेको पोखरा क्रिकेट मैदानको मर्मत शुरु गरिएको छ । मैदानको घाँस काटिएको छ । पीच मर्मत शुरु गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले आगामी कात्तिक १५ गतेदेखि खुला क्याम्प शुरु गर्ने जनाएको छ । ‘१५ गते क्याम्प गरेपछि सहभागिता खेलाडी संख्या अनुसार छनोट गरेर प्रारम्भिक टिम बनाउँछौ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘तीन दिन क्याम्प सञ्चालन गर्छौ ।’ तिहार… पुरा पढौ

मट्टिखानलाई चौथो अभियानकप

पोखरा- चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ को सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेतामा सिमित पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । अभियान युथ क्लबको आयोजनामा पोखरा ५ मालेमाटन स्थित बाराही खेल मैदानमा भएको फाइनल खेलमा मट्टिखानले पोखरा टप्सलाई २५–२१,२१–२५,२५–१५ र… पुरा पढौ

दुई हारसँगै पोखरा बाहिरियो

पोखरा-विरेन्द्रनगर नगरपालिकासँग ४–१ गोल अन्तरले पराजित भएसँगै पोखरा महानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा विरेन्द्रनगर नगरपालिकासँग पराजित भएसँगै जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । उता जित निकालेको विरेन्द्र नगरले जारी प्रतियोगितामा सखुद सुरुआत गरेको छ । सुरुआतबाट नै दबाब दिएर खेलेको विरेन्द्रनगरले पहिलो हपाmमा २–१ को अग््रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै ४–१ को… पुरा पढौ

मिडिया टिम सोझो सेटमा पराजित

पोखरा- पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार मिडिया टिम पोखरालाई सोझो सेटमा पराजित गरेको छ । अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले मिडिया टिम पोखरालाई सोझो सेटमा हराएको छ । शान्ताले २५–१३, २५–२२ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा मट्टिखान युवा क्लबले जागृती युथ क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । मट्टिखानले… पुरा पढौ

पोखरा र वीरेन्द्रनगर नगरपालिका भोलि खेल्दै

काठमाडौं– बेदकोट नगरपालिका र सुनकोसी नगरपालिकाले उपमेयर कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा जित आत्मसात गरेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकाल्दा अर्को खेलमा सुनकोसीले धनकुटा नगरपालिकालाई ४–१ ले पराजित गरेको हो । बराक्षेत्रमाथि सुरुआतबाट नै हाबी भएको बेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो । कप्तान निलम सिंहले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको बेदकोटका लागि २९औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो… पुरा पढौ

शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल

पोखरा-पोखरामा शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुदैं छ । पोखरा महानगरपालिका¬–१७ को विशेष सहयोगमा माईण्ड फ्रेस चेस क्लबका आयोजनामा तीन दिनसम्म प्रतियोगिता हुने छ । वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संयोजक तथा माईन्ड फ्रेस चेस क्लब पोखराका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताए । ‘पोखरा पहिलोपटक ¥यापिट रेटिङ गेम गर्न लागेका हौँ, यो भन्दा अगाडि यस्तो गेम भएको थिएन, प्रतियोगितााको लागि इन्टरनेशनल आर्विटरहरु पोखरा आउनेछन्’ भण्डारीको भनाई थियो । प्रतियोगितालाई अन्तराष्ट्रिय बुद्धिचाल(चेस) महासंघले प्रतियोगितालाई मान्यता दिएको छ… पुरा पढौ