प्रदेश

नेपाल सुपर लिगसँग जोडियो खुकुरी

काठमाडाैं, चैत २६ । पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग मुख्य प्रायोजकका रूपमा नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजक सम्झौता गरेको छ । राजधानीमा भएको एक कार्यक्रममा नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो । सम्झौता पछि अब प्रतियोगिताको नाम खुकुरी एनएसएल हुनेछ । सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता अर्को महिना दशरथ रंगशालामा एनएसल हुँदै छ । मुख्य प्रायोजकको अनुबन्धमा प्रतियोगिताको आयोजकका प्रमुख आश्रयता चौधरी कार्की र नेपाल डिस्टिलरिजका लागि इभेन्ट्स म्यानेजर श्रीदा… पुरा पढौ

मिलन बने च्याम्पियन

ललितपुर, चैत २६ । दोलखा चेसका युवा खेलाडी मिलन लामा ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामका विजेता बनेका छन् । विहीबार सम्पन्न फाइनल खेलमा मिलन र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको क्लासिकल खेलमा दुबैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुबै खेल जितेर च्याम्पियन बने । मिलनले यामाहा मोटरसाइकल, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता सुदिपले नगद रु.६०,००० हात पारे । ललितपुरको… पुरा पढौ

हेल्प नेपाल र डायमण्डलाई उपाधी

काठमाडौं-टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहिबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएका छन् । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजनामा भएको प्रतियोगितामा हेल्प नेपालले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेको हो । हेल्पले एपिएफलाई २५–१४, २५–२०, २५–२२ले पराजित गरेको हो । लिगको अन्तिम खेलमा तीन भारतिय खेलाडीलाई विश्राम दिएर प्रतिस्पर्धामा ओर्लिएको हेल्पलाई एपिएफले ३–० को सेटमा नै पराजित… पुरा पढौ

कास्की रातो र निलो बीचको टेष्ट सिरिज बराबरी

पोखरा-पोखरामा आयोजित यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिजमा कास्की रातो र निलोले बराबरीमा टुंगिएको छ । कास्की रातोले दोस्रो दिन दोस्रो इनिङ शुरु गर्दै २५ ओभरमा ४ विकेटको क्षतिमा १३८ रन बनाएपछि सिरिज बराबरीमै टुंगिएको थियो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टेष्ट सिरिजमा कास्की निलोले पहिलो दिनको इनिङमा १७२ रन बनाउने क्रममा सबै विकेट गुमाएपछि कास्की रातोले आफनो व्याटिङ शुरु गरेको थियो । १०३ रनबाट खेल्न थालेको रातोले दोस्रो दिन १७७ रनमा सबै विकेट गुमाएको थियो । पहिलो इनिङमा… पुरा पढौ

पुलिसलाई पन्छाउँदै अफ्रिकन रुट्स फाईनलमा

पोखरा-एकपछि अर्को गोल्डकपमा आफनो दरिलो उपस्थिति जनाएको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनले बिहीबार पोखरा रंगशालामा विभागीय टोलीलाई नतमष्तक बनाउँदै उपाधि नजिक पुगेको छ । पोखराको मैदानमा क्लब फुटबलमा गर्विलो शाख बनाएको नेपाल पुलिस क्लब अफ्रिकन टोलीसँग २–० ले पराजित हुदैं १९ औं सस्करणको आहा रारा गोल्डकपबाट बाहिरिन पुग्यो । अफ्रिकन टोलीले हेटौडा गोल्डकप, बागमती गोल्डकपसँगै आहा रारा गोल्डकपमा प्रतिस्पर्धामा खरो उत्रिएको छ । हेटौडा गोल्डकपमा नेपाल आर्मीसँग पराजित हुदैं उपाधि विहीन, चौथो बागमती गोल्डकपमा उपविजेता बनेको अफ्रिकन टोली पोखरा फर्किएको हो… पुरा पढौ

राईलाई सुर्य नेपाल वेष्टर्न ओपन गल्फ उपाधि

पोखरा-सन्जय लामा र भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै शुक्रबहादुर राईले ६ अण्डर २०१ को कार्डसहित २० औं संस्करणको सुर्य नेपाल वेष्र्टन ओपन गल्फको उपाधि जितेका छन् । बिहीबारको अन्तिम प्रतिस्पर्धामा समेत उस्तै लय कायम राख्दै उपाधि रक्षा गरेका हुन् । अन्तिम दिन उनले दुई अण्डर ६७ को कार्ड बनाए । समग्रमा उनको पोखरा छिनेडाडाँको हिमालयन गल्फ कोर्षमा उत्कृष्ट प्रदर्शन हो । राईले दोस्रो दिन आईपुग्दा चार अण्डर १३४ को कार्ड बनाउँदै अग्रता लिएका थिए । अन्तिम दिनमा पनि उनको… पुरा पढौ

कास्की रातो १०३ रनमा खेल्दै

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा बुधबार देखि पोखरा रंगशालामा यु–१९ दुई दिवसीय क्रिकेट टेष्ट सिरिज शु्रु भएको छ । पोखराको क्रिकेट इतिहासमा यो पहिलो पटक दुईदिवसीय क्रिकेट सिरिज आयोजना गरिएको हो । पहिलो दिन बुधबार क्रिकेट मैदानमा भएको खेलमा कास्की रातो ५ विकेटको क्षतिमा १०३ रन बनाई खेलिरहेको छ । रातो बिहीबार त्यही स्थितिबाट अगाडि खेल्ने छ । कास्की निलोले आफनो सबै विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो । पहिलो दिनको खेलमा रातो ६९ रनले पछाडी छ ।… पुरा पढौ

पुलिसलाई पराजित गर्दै डायमण्ड शिर्ष स्थानमा

काठमाडौं -नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ । आज सम्पन्न खेलमा डायमण्डले पुलिसलाई २५-२२, २५-२२, २५-१६ अंकका साथ सोझो ३ सेटमा पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भएको हो । यसका साथै डायमण्ड ४ खेलबाट कुल १० अंकका साथ शिर्ष स्थानमा उक्लन सफल भएको हो । एपिएफ क्लबको पनि समान १० अंक रहेता पनि सेट अन्तरका कारण… पुरा पढौ

नेपाल पुलिससँग थ्रीस्टारको फराकिलो हार

पोखरा-बागमती गोल्डकप उचालेर थकित मुद्रामा आएको रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले लज्जास्पद हार चखाउँदै १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै उपाधि दावेदारी प्रस्तुत गरेको छ । मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबले विभागीय बर्चस्व एवं शाख जोगाउने क्रममा थ्रीस्टार विरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । अफ्रिकन रुट्स एशोसियनसँग सोमबार मात्रै हेटौंडामा चौथो बागमती गोल्डकपमा पराजित गर्दै उपाधि उचालेर उत्साहित बनेको थ्रीस्टारलाई नेपाल पुलिस क्लबले मत्थर बनाईदियो । २९ औं मिनेटमा नेपाल पुलिस क्लबले फ्रिकिकको… पुरा पढौ

पोखरामा पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज

पोखरा-पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज बुधबारदेखि शुरु हुदैं छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा तीन टोली सम्मिलित दुईदिवसीय सिरिज हुने छ । कास्की क्रिकेट क्लबको व्यवस्थापनमा हुने प्रतियोगितामा कास्कीको रातो, निलो र हरियो गरी तीन टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । क्रिकेटको विकासमा नयाँ आयाम हुने विश्वास पोखरा क्रिकेट एमेडेमीले लिएको छ । ‘गण्डकी प्रदेशबाट खेलाडी छनोट गरी तीन टिममा विभाजन… पुरा पढौ