प्रदेश

काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडौं । काठमाडाैं रेजर्समाथि अतिरक्ति समयमा रोमाञ्चक जित निकाल्दै धनगढी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ ले स्तब्ध बनाउँदै अन्तिम दुई स्थान बनाएको हो । पहिलो पटक नेपाल आयोजना भएको फ्रेन्चाईज प्रतियोगितामा धनगढीले काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै इतिहास रच्ने संघारमा पुगेको हो । निर्धारित ९० मिनेट दुबै टोलीले १–१ गोलको बराबरी खेले पछि खेल अतिरिक्त समय तिर धकेलिएको थियो ।… पुरा पढौ

खेल मैदान निर्माणको काम धमाधम

पोखरा-आर्थिक वर्ष सकिनै लाग्दा महानगरपालिकाको खेलकुद पूर्वाधार काम धमाधम गरिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम गरिएको छ । पोखरा–२० आँटीघर मौजामा पोखरा महानगरपालिकाले उचाईको खेल मैदान निर्माण शुरु गरेको छ । फुटबल मैदान सहितको अन्य पूर्वाधार बनाईने छ । त्यसको आवश्यक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको छ । डिपिआर अन्तर्गत नै महानगरपालिकाले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा खेल मैदानको लागि ५० लाख रुपैयाँ उपलब्ध गराइएको… पुरा पढौ

मनाङ्गेको मन्त्री पद गुम्यो

पोखरा-मन्त्रीको सपथ खाँदै यो सरकार १०/१२ दिन टिक्ने अभिव्यक्ति दिएको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को मन्त्री पद गुमेको छ । केवल दश दिने मन्त्री बनेका उनको १० दिने कार्यकाल मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आईतबार राजीनामा दिएसँगै उनी कामचलाउ हुन पुगे । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफु विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने छनक पाएपछि आईतबार मुख्यन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गर्दै तीन दिनभित्रमा नयाँ सरकार गठनको आह्वान समेत… पुरा पढौ

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं- नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र प्नि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ । सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरुको टोलीले ईटहरीस्थित १ नं। प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी… पुरा पढौ

पार्केटिङ र फेन्सिङको लागि सम्झौता, महिना वित्यो आएन बजेट

पोखरा-गत चैतमा पोखरा रंगशालामा दुईवटा काम गर्न उपभोक्ता समितिसँग राष्ट्रिय खेलकुद परिषदले सम्झौता गर्यो । चैतको १२ गते रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न सम्झौता भयो । चैत २३ गते पोखरा रंगशालाभित्रकै क्रिकेट मैदान संरक्षण गर्ने उद्देश्यसहित तारजाली(फेन्सिङ) लगाउन उपभोक्ता समितिसँग सम्झौता गरियो । दुवै सम्झौता गरिएको महिना दिन वित्यो । उपभोक्ता समितिले बैंकमा खाता खोले । अस्थायी लेखा नम्बर(पान) समेत लिए । तर राष्ट्रिय खेलकुद परिषदबाट सम्झौता अनुसार रकम भने खातामा आईपुगेन् । रकम खातामा नआउँदा काम अघि बढेन्… पुरा पढौ

नाटकीय जित निकाल्दै काठमाडौं प्लेअफमा, चितवनको पहिलो जित

काठमाडौं । ललितपुर सिटी एफसीले राजधानीमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा काडमाडौं रेजर्स विराटनगर सिटी फुटबल क्लबविरुद्ध नाटकीय जित हात निकालेर प्लेअफमा पुग्ने दोस्रो टोली भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा लुम्बिनी फुटबल क्लबलाई पराजित गर्ने क्रममा ललितपुरले १–० को रोमाञ्चक जित निकालेको हो । दोस्रो खेलमा नाटकीय जित हात पार्दा काठमाडौं रेजर्सले विराटनगर सिटीलाई ५–४ ले हराउँदै प्लेअफमा स्थान बनाएको हो । नाटकीय जितमा काठमाडौं रेजर्सले २–० ले पछि परेको अवस्थामा… पुरा पढौ

कोरोनाले थलियो खेलकुद पूर्वाधारको काम

पोखरा-कोरोनाले पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट निर्माण कार्य एकवर्षदेखि थलिएको छ । काम फत्ते भएर राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिनुपर्ने समयमा एकवर्षदेखि कामको प्रगति हुनै सकेको छैन् । पछिल्लो समय कोरोनाको महामारी बढ्दै गएपछि भारतबाट आउनुपर्ने प्राविधिकहरु आउन सकेका छैनन् । यस अघि पनि विभिन्न समयमा भारतमा भएको लकडाउनकै कारण प्राविधिकहरु पोखरा आउन नसक्दा काम अघि बढ्न सकेन् । कोरोनाकालमै भौतिक पूर्वाधार निर्माणको प्रगति बढीमा ३÷४ प्रतिशत मात्रै भएको ठेकेदार कम्पनीले जनाएको छ । फुटबल मैदान र प्यारापिट निर्माणको… पुरा पढौ

चितवनमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं, वैशाख २० । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थियो । त्यसपछि ८९ औं… पुरा पढौ

कोरोनाले रोकियो प्रदेशस्तरीय आर्चरी च्याम्पियनसिप

पोखरा-कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएको छन् । कास्की जिल्ला आर्चरी संघले गण्डकी प्रदेशस्तरीय पहिलो पटक आर्चरी च्याम्पियनसिपको तयारी गरेपनि कोरोनाकै कारण स्थगित गरिएको छ । संघले बैशाख १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेपनि कोरोनाको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । ‘प्रदेशस्तरीय र्आचरी च्याम्पियनसिप गर्ने तयारीमा थियौं । कोरोनाको संक्रमणको दोस्रो लहरले रोकिन पुग्यो ।’ उनले भने–‘दर्शक विहीन प्रतियोगिता आयोजना गर्ने योजना बनाएपनि खेलकुद समितिले स्वीकृति दिएन्… पुरा पढौ

अग्रता गुमाउँदा बुटवलले विराटनगरसँग अंक बाँड्यो

काठमाडौं, वैशाख १८ । नेपाल सुपर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा बुटवल लुम्बिनी फुटबल क्लबले दुई पटकको लिएको अग्रतालाई जोगाउन नसक्दा विराटनर सिटी फुटबल क्लबसँग अंक बाँडेको छ । इन्जुरी समयमा विराटनगर सिटीलाई बुटवलले रोक्न नसक्दा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बुटवलका लागि छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले पहिलो र ६८औं मिनेटमा लक्ष्मण रुचालले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ बराबरी खेल्दा लुम्बिनीको अग्रता विराटनगरले ४२ औं मिनेटमा पेड्रो मान्जीको गोलबाट तोडेको थियो… पुरा पढौ