प्रदेश

हेटौंडा र आर्मीको उपाधि भेट

हेटौंडा-पहिलो सहभागिता जनाएको विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब हेटौंडामा आयोजित शहीदस्मृति अन्तराष्ट्रिय गोल्डकपको फाईनल प्रवेश गरकेो छ । उपाधिको लागि आर्मीक्लबले शनिबार हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप तेस्रो संस्करण प्रतियोगिताको फाइनलमा आयोजक टोली रिगल हेटौंडा रिसोर्ट मकवानपुरसँग शनिबार प्रतिस्पर्धा गर्ने छ । आयोजक हेटौडा रिसोर्ट मकवानपुर साविक विजेता समेत हो । आर्मीका लागि आशीष शाक्यले गोल गरे । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबका तर्फबाट दोस्रो हाफको… पुरा पढौ

कराते च्याम्पियनसिपमा आरकेको प्रायोजन

काठमाडौं– पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपमा पूर्वकराते खेलाडी आरके श्रेष्ठपहारीले प्रायोजन गरेका छन् । शुक्रबादरदेखि भक्तपुरको थिमीमा हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् ।नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं संस्करण थिमी शुक्रबार र शनिबार आयोजना हुँदै छ । जहाँ पूूर्व कराते खेलाडीसमेत रहेका आरकेले व्यक्तिगत ५० हजार र विभिन्न देशमा बस्दै आएका साथीबाट थप ५० हजार गरी च्याम्पियनसिपमा एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले यस च्याम्पियनसिपको पहिलो संस्करणदेखि आर्थीक सहयोग प्रदान… पुरा पढौ

डिआरएस गेमिङ्ग र खेलाडीबिच सम्झौता

काठमाडौं-अनलाईन खेल (ई–गेमिङ्ग) को दुनियामा नयाँ आयाम थपिएको छ । ई–गेमिङ्ग मध्येकै एक पब्जीका खेलाडीहरु पनि अव संस्था संग आवद्धता हुँदै ब्यावसायिक रुपमा अगाडी बढ्ने भएका छन् । राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आवद्धता गर्दै “द रियल सोल्जर्स” (डिआरएस) ले ई–गेमिङ्गमा नयाँ आयाम थपेको हो । बिहिबार डिआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरुले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरे । अव डिआरएस संग आवद्ध खेलाडीहरुले एक बर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्ने छन् ।… पुरा पढौ

सप्तरी प्रिमियर लिग क्रिकेट, खेलाडी अक्सन

सप्तरी-सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत्र ८ गते देखि सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। राजविराज स्थित होटल स्टार डिलक्समा आयोजित अक्सनमा लिगमा सहभागी पाँचवटा टिमले कुल ६५ जना खेलाडीहरु टिममा बिभिन्न मूल्यमा भित्र्याएका छन्। अक्सन पछि सबै टिमको खेलाडी संख्या १५ पुगेको छ। टिमहरुले यस अघिनै मार्की खेलाडीको चयन गरेर अनुबन्धित गरिसकेको थियो भने प्रत्येक टिममा एक जना खेलाडी आयोजकले लोकल आइकोनको रुपमा समाबेश गरेको छ। तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की… पुरा पढौ

साबिक विजेताको फाईनल यात्रा

हेटौंडा-साबिक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर, हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा ‘ए’ डिभिजनको मच्छिन्द्र क्लबलाई हराउँर्दै मकवानपुरले फाइनलमा स्थान बनाएको हो । हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेलमैदान भएको खेलमा मच्छिन्द्रलाई आयोजक टोली मकवानपुरले ४–३ गोलले हराउँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । मकवानपुरलाई जित दिलाउन अमिर श्रेष्ठले दुई, रुपेश केसी र रञ्जन बिष्टले एक–एक गोल गरेका थिए भने मच्छिन्द्रका सुजन उपरकोटी, अशोक थापा… पुरा पढौ

पोखरा क्रिकेट एकेडेमीलाई कन्चन क्यापिटल कप

पोखरा-भारतको सरगुजा क्रिकेट एकेडेमीलाई २० रनले पराजित गर्दै पोखरा क्रिकेट एकेडेमीले इण्डो नेपाल कन्चन क्यापिटल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । चार टोली सम्मिलित कन्चन क्यापिटल कपमा पोखरा क्रिकेट एकेडेमीले जितको भारतको सरगुजा क्रिकेट एकेडेमीलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १४७ रनको लक्ष्य पछ्याएको सरगुजा १२६ रनमा सेमिटएपछि पोखरा रंगशालामा बुधबार भएको फाईनल खेलमा पोखरा क्रिकेट एकेडेमीले सरगुजा क्रिकेट एकेडेमी भारतलाई २० रनले पराजित गर्दै उपाधि आफनो नाममा लेखाउन सफल रह्यो । टस जितेर व्याटिङ गरेको… पुरा पढौ

क्यामरुन सेमीफाइनल प्रवेश

हेटौंडा-हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार अन्तर्राष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुबल क्यामरुनले सर्लाहीकोे बागमतीलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । बागमतीलाई २–१ गोलअन्तरले हराउँदै अफ्रिकन क्यामरुन सेमीफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको २५ औं मिनेटमा बागमतीका लागि विदेशी खेलाडी स्टेफेन समिरले पहिलो गोल गरेका थिए । तर, ८९ औं मिनेटमा अफ्रिकन क्यामरुनका बास्सेकले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ९२ औं मिनेटमा अफ्रिकन क्यामरुनका लुइसले गोल गर्दै टिमलाई जित दिलाए ।… पुरा पढौ

धादिङ समाजको फराकिलो जित

नेपालगञ्ज- एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ । एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए । यसैगरी धादिङको तर्फबाट अन्य गोल शिशिर… पुरा पढौ

महिला क्रिकेट टिमलाई लोकतान्त्रीकको सम्मान

काठमाडौं-नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डिएससी काठमाण्डौ लाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा बिजयी भएर फर्किएको डिएसी महिला टिमलाई नगद ३० हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो । नारायण गोपाल चोकस्थित हेडलाईन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाण्डौ क्षेत्र नं। ४ का प्रतिनिधी सभा साँसद गगन कुमार थापाले डिएससी महिला टोली तथा प्रशिक्षकलाई नगद सहित प्रशंसा पत्र प्रदान गरे । टोलीलाई सम्मान गर्दै पूर्व मन्त्री थापाले सम्मान गरेकोमा… पुरा पढौ

एन्फा प्रेसिडेन्ट लिग, सुदुरपश्चिमको स्टार सिटी विजयी

नेपालगन्ज-नेपालगन्जमा सोमबारदेखी एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । स्टार सिटी युवा क्लबको तर्फबाट रुप बहादुर लामाले २ गोल र दिपक राज सिंह ठकुरीले १ गोल गरे । खेलको म्यान अफ द म्याच बनेका रुप बहादुरले ३ मिनेट र ८१ मिनेटमा गोल गरेका थिए । दिपक सिंह ठकुरीले ४६ मिनेटमा गोल… पुरा पढौ