प्रदेश

गण्डकी प्रदेशस्तरीय यू–१५ विद्यालय खेलकुद प्रतियोगिता

पोखरा -यही जेठको अन्तिम साता आयोजने हुने विद्यालयस्तरीय यु १५ विद्यालय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनोट गरिएको छ । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ । एथलेटिक्स- एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका… पुरा पढौ

रग्बी सेभेनको उपाधि कर्णालीलाई

पोखरा-कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि सहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले बागमती प्रदेशलाई १०–७ ले हरायो । तेस्रो बनेको एपीएफले २० हजार रुपैयाँ हात पारेको छ । विजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास… पुरा पढौ

गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा आयोजित राष्ट्रिय बक्सिङ प्रतियोगितामा पुरुष तर्फ फ्लाई वेट(५१ केजी)मा बागमती प्रदेशका लालप्रसा उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णाली प्रदेशका लक्ष्मण राईलाई पराजित गरेका त्यसैगरी फेदरवेट(५७ केजी) समूहको प्रतिस्पर्धामा लुम्बिनी प्रदेशका अनिल पुन मगरले गण्डकी प्रदेशका चन्द्र मगरलाई पराजित गर्दै च्याम्पियन बने । त्यस्तै लाईटवेट(६० केजी) समूहमा गण्डकीका शिव सिलवालले सुदुर पश्चिममा रामबहादुर थापालाई पराजित गर्दै च्याम्पियन बने । लाईट वेल्टर(६३.५ केजी) तौल समूहमा भने गण्डकीका निश्चिल गुरुङले… पुरा पढौ

कास्कीका शिव र स्याङजाकी विनिता कराँते च्याम्पियन

पोखरा-गण्डकी प्रदेशस्तरीय फुल कन्टयाक्ट कराँते प्रतियोगितामा खुला तौल समूहमाा कास्कीका शिव भुजेल स्वर्ण पदक जितेका छन् । गोरखाका कुमार रोका दोस्रो भए । यसैगरी ६० केजी तौल समूहको पुरुष तर्फ स्याङजाका सन्जयकुमार गुप्ताले स्वर्ण पदक जित्दा पवर्तका धिरज परियार भने दोस्रो स्थानमा रहे । ५५ केजी तौल समूहमा पर्वतका रोशन गोतामे प्रथम, स्याङजाका निरज राना दोस्रो भए । त्यस्तै ५० केजी तौल समूहमा कास्कीका अनिष बुढामगरले स्वर्ण पदक जिते । कास्कीका साजन नेपाली भने दोस्रो स्थानमा रहे । ४५ केजी… पुरा पढौ

कालिका र अम्मरसिंहलाई क्रिकेट उपाधी

पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा सम्पन्न कास्की जिल्लास्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका र छात्रातर्फ अम्मरसिंह मावि विजयी भएका छन् । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ कालिकाले नवप्रभात माविलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भयो । टस जितेर ब्याटिङ गरेको नवप्रभातले ११.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाएको थियो । नव प्रभातका अनिश पटेलले १३ रन जोडे । कालिकाका बलरहरू टङ्क आचार्य र मनोज नेपालीले दुई दुई विकेट… पुरा पढौ

आर्मी च्याम्पियन, गण्डकी उपविजेता

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिकोे आयोजना तथा कास्की जिल्ला फेन्सिङ स)घको व्यवस्थापनमा पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय जुनियर तथा खुल्ला महिला तथा पुरुष ईपी फेन्सिङ च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आर्मीले ३ स्वर्ण र दुई कास्य पदक जित्द च्याम्पियन बन्यो । त्यसैगरी गण्डकी प्रदेश दुई स्वर्ण, पाँच रजत र तीन कास्यसहित दोस्रो स्थानमा रह्यो । बागमती प्रदेश भने तेस्रो स्थानमा आयो । बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य पदक जित्यो । विभागीय… पुरा पढौ

आगामी २१ गते चौथो अन्नपूर्ण म्याराथन

पोखरा-आगामी २१ गते शनिबार चौथो संस्करणको अन्नपूर्ण म्याराथन हुदैं छ । साहसिक खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले वर्षेनी जुन ३ तारिखमा अन्नपूर्ण म्याराथन गर्दै आएको छ । समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङका अनुसार विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण… पुरा पढौ

जिभिपि युके लण्डनलाई क्लबस्तरीय भलिबलको उपाधि

पोखराः नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो । जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो । उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्‍यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।यस्तै प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घ… पुरा पढौ

प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले… पुरा पढौ

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए । प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको… पुरा पढौ