प्रदेश

चौथो टाईगर कप भलिबलबाट साढे १८ लाख बचत

पोखरा-टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाईगर कप अन्तराष्ट्रिय भलिबल प्रतियोगिताबाट १८ लाख ३७ हजार रुपैयाँ जोगाएको छ । गत माघको पहिलो साता आयोजना गरिएको प्रतियोगितामा सम्पूर्ण खर्च कटाउँदै १८ लाख ३७ हजार रुपैयाँ बचत गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थाले मुख्य प्रायोजक सुश्री मिडिया प्रालिबाट १५लाख, मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेश सरकारबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख ९२ हजार,प्रदेश खेलकुद परिषदबाट ५ लाख ७५ हजार, प्रवेश शुल्कबाट… पुरा पढौ

सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई उपाधि

सुर्खेत-प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् । त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३… पुरा पढौ

अर्जुन र सुष्मिता वर्ष खेलाडी

पोखरा-आठौं पोखरा स्पोर्टस अवार्डको पुरुष तर्फ क्रिकेटका अर्जुन कुमाल र महिला तर्फ आईटिएफ तेक्वान्दोकी सुष्मिता थापा मगर वर्ष खेलाडीबाट सम्मानित भएका छन् । उनीहरुले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार भएको सार्वजनिक समारोहमा क्रिकेटका अर्जुन र आईटिएफ तेक्वान्दोकी सुष्मितालाई वर्ष खेलाडीबाट सम्मान गरिएको हो । वर्ष खेलाडी घोषित उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अवार्ड हस्तान्तरण गरेका थिए । यसैगरी उत्कृष्ठ प्रशिक्षक भलिबलका रमेश केसी,उदीयमान खेलाडीको पुरस्कार व्याडमिन्टनकी दिलासा राना घोषित भईन्… पुरा पढौ

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड

पोखरा-भोलि शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्ष खेलाडी पुरस्कार प्रदान गर्ने छ । आवश्यक तयारी पुरा भएको छ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन… पुरा पढौ

डेभिजफल माथि नवआदर्शको सानदार जित

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको बिहीबार दोस्रो दिन नवआर्दश क्लबले जित गर्दा विष्णुपादुका र ढिकुरपोखरी, भ्याली स्पोर्टस र माछापुच्छ्रे त्रिशक्ति युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा विष्णपादुकाले ढिुकरपोखरीसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कुन्जन पौडेलको गोलबाट अग्रता लिएको ढिकुरपोखरीले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउँदै अंक बाँड्यो । विष्णुपादुकाको लागि विधान भुजेलले २९ औं मिनेटमा गोल गर्दै हारबाट जोगाएका थिए । यसैगरी… पुरा पढौ

क्योकुशिन कान कराँतको पेटी परीक्षा

पोखरा- नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत पेटी परीक्षा गरिएको छ । पोखरा रगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको कार्यक्रममा संघका अध्यक्ष एवं ब्रान्च चिफ लक्ष्मण कुँवरको संयोजकत्वमा गरिएको थियो । पोखरा महानगर खेलकुद विaकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको समेत उपस्थिति रहेको थियो । प्रमुख आतिथ्यता भने पूर्व राष्ट्रिय खेलाडी रामकृष्ण भण्डारीले गरेका थिए । पेटी परीक्षा कार्यक्रममा पोखराका विभिन्न डोजो तथा स्याङजाको डोजोसहित झण्डै दुईसय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । खेलाडीहरुलाई प्रदेश प्रशिक्षक सुवास खड्का,… पुरा पढौ

अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था… पुरा पढौ

गोरखाको लक्ष्मीबजारमा टर्फ मैदान निर्माण

पोखरा-गोरखामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण गरिएको छ । द ओसन क्लबले विभिन्न सहयोगी मनहरुबाट संकलित आर्थिक सहयोगबाट एस्ट्रोटर्फ(कृत्रिम घाँसे मैदान) बनाएको हो । कृत्रिम घाँसे मैदान निर्माणसँगै गोरखामा फुटबलका ग्रासरुट कार्यक्रम शुरु गरिएको छ । क्लबले गोरखाको गोरखा नगरपालिका वडा नं ९ स्थित लक्ष्मीबजारमा कृत्रिम घाँसे मैदान निर्माण गरेको हो । ३८ लाख रुपैयाँ नगद तथा १० लाख रुपैयाँ जिन्सी सहयोगमा क्लबले फुटबल मैदान निर्माण गरेको क्लबका अध्यक्ष अमित खत्रीले बताए । ‘क्लबले बनाएको मैदान नेपालकै पहिलो हो भन्ने… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरले सघाउने

पोखरा- आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरले सघाउने छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यही बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने प्रतिबद्धतासहित सम्झौता गरेको छसिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बराल बीच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्री गर्दै आएको छ ।… पुरा पढौ

आठौं पोखरा स्पोर्ट्स अवार्डका मनोनयन सार्वजनिक

पोखरा- ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि सोमबार ४ विधामा मनोनयन सार्वजनिक भएको छ । यही वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्डअन्र्तगत मनोनयनको वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा रहेका छन् । १७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा… पुरा पढौ