प्रदेश

राष्ट्रिय फेन्सिङ ईपीमा एपीएफ च्याम्पियन

पोखरा-पोखरामा आयोजित राष्ट्रिय फेन्सिङको ईपी इभेण्ट प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल च्याम्पियन बन्दा जुनियर तर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको राष्ट्रिय फेन्सिङ अन्तर्गत ईपी प्रतिस्पर्धमा महिला तर्फ सशस्त्र प्रहरी बलकी सारदा मल्ल च्याम्पियन भईन् । उनले गण्डकी प्रदेशकी कृपा गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेकी हुन् । सुदुर पश्चिमकी रेस्मा जैसी तेस्रो हुदाँ एपीएफकी अनिता कार्की पनि तेस्रो स्थानमा रहिन् । पुरुष तर्फको प्रतिस्पर्धा सशस्त्र प्रहरीबलका सागर थापा च्यापिम्पयन बने । उनले गण्डकी प्रदेशका प्रशान्त गुरुङलाई पराजित गर्दै… पुरा पढौ

राष्ट्रिय ईपि फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकी प्रदेशले स्वर्ण जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार भएको प्रतियोगितामा जुनियर पुरुष (यू–२०)तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन् । पुरुषतर्फ गण्डकीकै प्रशान्त गुरुङले रजत, गण्डकीका सचिन खत्री र बागमती प्रदेशका राहुल दर्शनले कास्य जिते । महिलातर्फ सुदूरपश्चिम प्रदेशकी रेश्मा जैसीले रजत, प्रदेश १ का शान्त विक र सञ्जिवनी चौधरीले कास्य जिते । शनिबार खुल्लातर्फको प्रतिस्पर्धा हुनेछ… पुरा पढौ

प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषदद्वारा बजेट विनियोजन

पोखरा-प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न गण्डकी खेलकुद परिषदले आवश्यक बजेट छुट्टाएको छ । केही खेल सम्पन्न भईसकेको छ । केही खेल भने आयोजनाका संघारमा छन् । प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको विभिन्न ३५ खेलको लागि बजेट छुट्टाइएको परिषदका उपाध्यक्ष ध्वजकुमाजर गुरुङले बताए । ‘बजेट छुट्टाएपनि प्रदेश र संघका निर्वाचनले आचार संहिता लाग्यो’ उनले भने–‘प्रदेशमा मन्त्रीमण्डल बनेपछि छुट्टाएको खेलकुद बजेटेले धमाधम प्रतियोगिता आयोजना गर्ने तयारी छ।’ परिषदले प्रदेशस्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिताको लागि १०÷१० लाख रुपैयाँ उपलब्ध… पुरा पढौ

पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा

पोखरा-पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित ग¥यो । महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्… पुरा पढौ

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ गते

पोखरा-आगामी बैशाख तेस्रो साता सातौं पोखरा स्पोर्टस अवार्ड गर्ने निर्णय गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार गर्ने निर्णय गरेको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको १९ औं बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरी तयारी शुरु गरिएको मञ्चले जनाएको छ । बैठकले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना… पुरा पढौ

पुरिएको ल्याण्डफिल साईटलाई खेल मैदान बनाउन प्रस्ताव

पोखरा-तीन वर्षपछि नेपालले यु–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने छ । बंगलादेशसँगको सहआयोजनामा (सन २०२६ मा) उमेर समूहको महिला टी–२० विश्वकप आयोजना गर्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले घोषणा गरिसकेको छ । पाएको जिम्मेवारीसँगै मैदान निर्माण तथा स्तरोन्नति गर्नुपर्ने दायित्व नेपाल क्रिकेट संघको छ । त्रिभुवन विश्वविद्यालयको मैदान नै एकमात्र नेपालको अन्तराष्ट्रिय क्रिकेट मैदान हो । पोखराका क्रिकेट प्रेमीले पोखरा रंगशालास्थित ‘होम अफ क्रिकेट ग्राउण्ड’ मा पनि खेलाउनुपर्ने आवाज उठाउन थालेका छन् । पोखरामा भएको क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्ने खाँचो छ… पुरा पढौ

फागुन दोस्रो साता ८औं संगम कप विल स्मृति फुटबल प्रतियोगिता

पोखरा-पोखरामा आयोजना हुदैं आएको नकाउट फुटबल प्रतियोगितामा अर्को फुटबल प्रतियोगिता थपिएको छ । सातौं संस्करणसम्म आयोजनापछि स्थगित भएको संगम कप फुटबल प्रतियोगिताले फेरी गति लिदैं छ । क्लब आठौं संस्करणको संगम कप फुटबल प्रतियोगिता आयोजनाको संघारमा छ । क्लबले आठौं संस्करण पूर्व राष्ट्रिय खेलाडी विल तामाङप्रति समर्पित गरेको छ । ८ औं संगम कप विल स्मृति फुटबल प्रतियोगिता नाम दिएको छ । स्व.तामाङ क्लबका संस्थापक सदस्य हुन् । संगम क्लबले सहभागिता जनाउने फुटबल प्रतियोगितामा स्व. तामाङले कप्तानी जिम्मेवारी निभाउँदै आएका… पुरा पढौ

खेलकुद पूर्वाधारलाई प्रदेश सरकारको बजेट

पोखरा-गण्डकी प्रदेश सरकारले एक स्थानीय एक खेल मैदान निर्माणको अभियानलाई पाँचवर्षमा मूर्त रुप दिन सकेको छैन् । यद्यपी वर्षेनी बजेटमा समेटिदैं आएको छ । पोखरा–३३ पशुपतिघाटको चौरलाई प्रदेशकै गौरवको योजना बनाउँदै अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने सपनासहित यो आर्थिक वर्षमा पनि बजेट छुट्टाएको छ । अघिल्ला वर्षहरुमा पनि बजेट छुट्टाएपनि योजना अघि बढाउन भने प्रदेश सरकारले सकेको छन् । तत्कालिन गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पशुपति घाट क्रिकेट मैदानको लागि २० लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाएको बजेटले के काम… पुरा पढौ

एसओएस बहिनी जिल्लास्तरीय सितेरियो कराँते च्याम्पियन

पोखरा-पोखरामा आयोजित प्रथम रामबहादुर तामाङ स्मृति तथा ३२औं कास्कीजिल्लास्तरीय सितेरियो कराँते च्याम्पियनसिपमा ५ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित एसओएस बहिनी डोजो च्याम्पियन बनेको छ । सितेरियो कराँते संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा दुईदिन सञ्चालित प्रतियोगितामा विरौटा डोजो दोस्रो बन्यो । विरौटा डोजोले ४ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेको छ । तेस्रो स्थानमा मोर्नाक डोजो र फुलबारी डोजो भए । मोर्नाक डोजोले ३ स्वर्ण, दुइ रजत र ३ कास्य पदक जित्दा फुलबारीले भने दुई स्वर्ण, एक… पुरा पढौ

सशस्त्र र गण्डकीलाई तेस्रो टाईगरकप भलिबलको उपाधि

पोखरा-लिगचरणमा व्यहोरेको हारको बदला लिदैैं गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलमाथि रोमाञ्चक एवं प्रतिस्पर्धात्मक फाईनल खेलमा ३–२ को सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको उपाधि रक्षा गरेको छ । गण्डकीले यस अघि पहिलो संस्करणको टाईगरकपका उपाधि उचालेको थियो । महिला तर्फको उपाधि भने सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि आफनो नाममा लेखायो । शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको एरिनामा भएको फाईनलमा पहिलो सर्भिस बाहिर फाल्दै अंक गुमाएको गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलसँग पहिलो… पुरा पढौ