प्रदेश

हकी खेलाडीको बिदाई

पोखरा ३० पुस । पश्चिमाञ्चल हकी टोलीलाई आईतबार विदाई गरिएको छ । राखेप च्याम्पियसिप २०७४ अन्र्तगत हेटौडामा हुने प्रतियोगिताको लागि आईतबार क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदार लगायतले बिदाई गरेका हुन् । १९ औ पुरुष तथा दोश्रो महिला राष्ट्रिय हकी प्रतियोगितामा सहभागी खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पौडेलले सवै खेलमा पश्चिमाञ्चलको प्रर्दशन राम्रो रहेको बताउदै हकीले पनि यस क्षेत्रको इज्जत र प्रतिष्ठा पठाउने गरि खेल प्रर्दशन… पुरा पढौ

कास्की जिल्ला हकी संघमा बस्नेत

पोखरा ३० पुस । कास्की जिल्ला हकी संघको अध्यक्षमा दानबहादुर बस्नेचत चयन भएका छन् । पोखरामा सम्पन्न अधिवेशनले चार वर्षेका लागी नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षत्रयमा ज्ञानु परियार, ममता कार्की, अनिलविक्रम खाँड, महासचिवमा एकराज गिरी, सचिवमा भरत थापा, सहसचिवमा विजय कुमार नेपाल, कोषाध्यक्षमा मनोजकुमार भटराई र सहकोषाध्यक्षमा संजय आले चयन भएका छन् । संघको सदस्यमा विजयकुमार नेपाल, शंकर नेपाली, डेसन गुरुङ र सागर खाँड, सरोज पौडेल चयन भएका छन् । अधिवेशन हंकी संघका केन्द्रीय उपाध्यक्ष हिमाल… पुरा पढौ

१७ औं माछापुच्छ्रे क्योकुशिन बुदोकाई कराँते शुरु

पोखरा, ३० पुस- पोखरा रंगशालामा आईतबारदेखि क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता शुरु भएको छ । ढुंगे साँघुको मेलामा हुने फाईनल खेलको पुर्व सन्ध्यमा आयोजित प्रतियोगितामा एकसय ७० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका छन् । १७ औं माछापुच्छ्रे फुल कन्ट्याक्ट कराँते क्योकुशिन बुदोकाई कराँते अन्तर्गत पुरुष तर्फ ४० केजी तौल समूहमा रोचक सेट्टीले अभिषेक बानियालाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका छन् । उनले बानियालाई नकाउट गरेका हुन् । त्यसैगरी मोहमद अफताप खाँले असिम गोर्खालाई पराजित गरे । फाईनल प्रवेशको लागि सेट्टीले खाँसित… पुरा पढौ

माघ १ गतेदेखि तनहुँमा सर्वाधिक पुरस्कार राशीको भिमाद कप

खेलाडी न्युज,पोखरा, २७ पुस-  माघे संक्रान्तिको अवसरमा तनहुँको भिमादमा क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । युवा क्लब भिमादको आयोजनामा माघ १ गतेदेखि हुने तेस्रो भिमाद कप फुटबल प्रतियोगितामा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । पोखरामा आयोजना हुने आहा रारा गोल्डकप पछिको प्रदेश नं ४ कै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको आवश्यक तयारी पुरा भएको प्रतियोगिता संयोजक एवं क्लबका पुर्व सदस्य विश्व सुवेदीले बताए । प्रतियोगितामा काठमाडौंबाट ब्वाईज युनियन, स्वयंभु क्लब, झापा ११, पोखरा ११, हेमजा(पोखरा), नेपाली सेनाको खैरेनी व्यारेक,… पुरा पढौ

माघ १६ गतेदेखि बाग्लुङमा प्रदेशस्तरीय मेयरकप

बाग्लुङ(खेलाडी न्युज), पुस २५ माघको दोस्रोसातापछि बाग्लुङमा प्रदेशस्तरीय मेयर कप हुने भएको छ । बाग्लुङ नगरपालिकाको आयोजनामा माघको १६ गते शहीद दिवसको दिन पहिलो पटक प्रदेशस्तरीय मेयर कप आयोजना गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिता स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा खेलाइने छ । नगरपालिकाको आयोजनामा सञ्चालन हुने यो सवाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रदेश अन्तर्गत ११ जिल्लाका नगरपालिकाहरुलाई पत्रचार गरिएको बाग्लुङ नगरपालिकाले जनाएको छ । प्रतियोगितामा भाग लिनका लागि ४ नं प्रदेशका सबै नगरपालिकालाई आह्वान गरिएको बाग्लुङ नगरपालिका… पुरा पढौ

बिहीबारदेखि बुद्धिचाल प्रतियोगिता

पोखरा (खेलाडी न्युज) पुस २५ -पोखरामा कास्की जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता हुदैै छ । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरा रंगशालामा बिहीबारदेखि हुने प्रतियोगिता नवौं संस्करण हो । प्रतियोगितामा विजेताले नगद १० हजार र साथमा ट्रफी पाउने छन् । पुष २९ गतेसम्म संचालन हुने प्रतियोगितामा दोश्रो हुनेलाई नगद ७ हजार, तेश्रोलाई ४ हजार चौथोलाई २ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष कर्ण गुरुङले बताए । पाँचौदेखि १० औं स्थानसम्म आउने प्रतियोगीहरुलाई नगद १ हजार र प्रमाणपत्र प्रदान गरिने… पुरा पढौ

बुर्तिबाङमा आईटिएफ, विजेतालाई ५ सय अमेरिकी डलर

पोखरा, २१ पुस/ बाग्लुङको बुर्तिबाङमा आईटिएफ तेक्वान्दो हुने भएको छ । पाँचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता यही पुस २८ र २९ गते हुने छ । बुर्तिबाङमा आयोजना हुने राष्ट्रिय प्रतियोगिता यो तेस्रो  हो । पाँचै विकास क्षेत्र र दुई विभागीय टोली र एक आयोजकसहित गरी ८ टोलीले सहभागिता जनाउने प्रतियोगितामा महिला तर्फ ४७–५३ केजी र पुरुष तर्फ ५७–६७ केजी तौलमा प्रतिस्पर्धा गराईने मुल आयोजक समितिका संयोजक भुपेन्द्र पुनले जानकारी दिए । ढोरपाटन आईटिएफ तेक्वान्दो डोजाङको आयोजना… पुरा पढौ