मुख्य समाचार

बालदिवसमा छात्राछात्र सडक दौड

पोखरा-आगामी मंसिर ४ गते पोखरामा बाल दिवसको अवसरमा छात्राछात्र सडक दौड आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले बाल दिवस मनाउने क्रममा विद्यालयस्तरीय छात्राछात्र सडक दौड आयोजना गरिने जनाएको छ । १६ वर्ष उमेर समूहका छात्रा छात्रहरुले प्रतिस्पर्धा गर्न पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । दौड तीन किलोमिटरको हुने छ । पोखरा–६ खहरेबाट शुरु हुने दौड खपौंदी पुगेर टुंगिने छ । खपौंदीस्थित प्याराग्लाईडिङ ल्याण्डिङ क्षेत्रमा पुगेर दौड पुरा हुने जनाइएको छ । कोभिड–१९ को आक्रान्तसँगै… पुरा पढौ

कास्की यु–१९ क्रिकेट टिम घोषणा

पोखरा-वाई–वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कास्की जिल्ला क्रिकेट संघले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । कात्तिक २२ र २३ गते पोखरा रंगशालामा भएको छनोट क्याम्पबाट दुई बैकल्पिक सहित १६ सदस्यीय टोली घोषणा गरिएको हो । यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो । २४ जनाबाट १६ सदस्यीय टोलीको अन्तिम नामावली निकालेको हो । वाई वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टिम चयन गरिएको हो । किरण पौडेल(उपकप्तान),… पुरा पढौ

तीन सातापछि नेपाल आईटिएफ जुनियर(यु–१८) च्याम्पियनसिप

पोखरा-दुईवर्षपछि पोखराको टेनिस कोर्टमा विदेशी युवा खेलाडी प्रतिस्पर्धाको लागि उत्रिदैं छन् । नोभेम्बरकै आगामी २९ तारिखमा पोखरा रंगशालाको ६ वटै कोर्ट व्यस्त रहने छ । कास्की जिल्ला टेनिस संघको आयोजना र व्यवस्थापनमा नेपाल टेनिस संघको सहयोगमा नोभेम्बर २९ तारिखमा नेपाल आईटिएफ जुनियर(यु–१८) च्याम्पियनसिप हुदैं छ । पहिलो साता सर्किट १ को प्रतिस्पर्धा हुने छ । सर्किट १ सकिए लगत्तै सर्किट २को प्रतिस्पर्धा शुरु हुने छ ।पोखराको कोर्टमा प्रतिस्पर्धा गर्न नेपालसहित भारत,अमेरिका, जर्मन, स्पेन, चीन, थाईल्याण्ड, फिलिपिन्स, मलेसिया, हङकङ लगायत देशका… पुरा पढौ

भारतको पहिलो जित, अफगानिस्तान पराजित

काठमाडौं । उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर-१२ को समूह-२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो । जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे ।भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले… पुरा पढौ

केसी परिवार र सहारा क्लबबीच नयाँ सम्झौता

पोखरा-वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ । क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने छ । बुधबार क्लबका अध्यक्ष हरिराम गुरुङ र स्व.सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै… पुरा पढौ

पोखरा म्याराथनको पुरस्कार राशी शतप्रतिशत बृद्धि

पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्चले लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिसँग तीन वर्ष सम्झौता नविकरण गर्दै पोखरा म्याराथनको पुरस्कार राशीमा बृद्धि गरेको छ । सुजल डेरी प्रालिको उत्पादन सफल दूधले तेस्रो पटक सम्झौता नविकरण गर्दै वि.स.२०८० सालसम्म साथ दिने छ । प्रालिसँग नयाँ सम्झौता गरेपछि नेपाल भुतपुर्व खेलाडी मञ्चले १६ औं सस्ँकरणको पुरस्कार राशीमा शतप्रतिशत बृद्धि गरेको छ । सम्झौता अनुसार प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिने छ । प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठका अनुसार खेल पर्यटन प्रवद्र्धनमा मञ्चमा सहकार्य… पुरा पढौ

अपराजित रहँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडौं । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर-१२ को समूह-२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो । जितका लागि १९० रनको लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० रनको योगदान दिए । ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५… पुरा पढौ

मञ्च र सुजल डेरी प्रालि बीच भोलि तीन वर्षे सम्झौता हुदैं

पोखरा-सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भुतपुर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गर्दै छ । सफल दूधले मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तराष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको छ । प्रालिले पोखरा म्याराथनसँग यसअघि दुई पटक गरेर ६ वर्षसम्म मुख्य प्रायोजन गर्दै आएको थियो । ‘अब हामी भुतपुर्व खेलाडी मञ्चसँग तीन वर्ष सम्झौंता गरेर अगाडि बढ्छौं ।’ सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले भने–‘तीन वर्षे सम्झौतालाई निरन्तरता दिएका हौं ।’ पोखराको खेलकुद प्रवद्र्धन सुजल डेरी प्रालिले महत्वपूर्ण भूमिका खेल्दै… पुरा पढौ

भारतमाथि न्युजिल्यान्डको सानदार जित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा सुपर–१२ को दोस्रो खेलमा न्युजिल्यान्डले भारतमाथि आठ विकेटको सानदार जित निकालेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा पूरा गर्‍यो । न्युजिल्यान्डका लागि डारिल मिचेलले ३५ बल खर्चेर सर्वाधिक ४९ रन बनाए । यस्तै, कप्तान केन विलियमसनले ३३, मार्टिन गुप्टिलले २० तथा डेवोन कोनवेले दुई रन बनाए ।   भारतका लागि जस्प्रित बुमराहले दुई विकेट लिए ।  त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन बनाएको थियो ।… पुरा पढौ

सुखद अन्त्यकाे लक्ष्यका साथ लेबनानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपाल लेबनानसँग भिड्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाल र लेबनान दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । लेबनान पनि नेपाललाई हराएर सुखद अन्त्य चाहन्छ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४-०… पुरा पढौ