मुख्य समाचार

पाउँदुरकोट युवा क्लबले सी डिभिजन लिग खेल्दै

पोखरा-कास्कीको ढिकुरपोखरी पोखराको बजार देखि २५किलोमिटर टाढा पर्छ । टाढा भएपनि फुटबलमा आफनो यात्रा सी डिभिजनबाट शुरु गर्ने योजना बनाएको छ । अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन् । आफनो क्षमता र बलबुताले भ्याएसम्म खेलाडीले तयारी गरेका छन् । दुरदराजको क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको हो । प्रशिक्षण गर्दै पाउँदुरकोट युवा क्लब ढिकुरपोखरीका खेलाडीहरु । गाँउपालिकामा पोखरामा जस्तो फुटबल मैदान छैन् । माछापुच्छ्रे शिक्षा… पुरा पढौ

छानविन समितिले सदस्य सचिवलाई प्रतिवेदन बुझायो

काठमाडौं -राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “ बिवाद समाधान छानविन समितीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको बर्तमान अवस्थामा संघ भित्र भएको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयानुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम… पुरा पढौ

भारतसँग खेल्न २५ खेलाडीको सूची, अभिषेक टोली बाहिर

काठमाडौंं-भारतसँग हुने मैत्रीपुर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची तयार पर्दा स्ट्राइकर अभिषेक रिजाल टोलीबाट बाहिरिएका छन् । पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट स्ट्राइकर अभिशेख रिजाल, गोलकिपर अर्पण कार्की सहित शिशिर लेखीलाई टोलीबाहिर राखेर प्रशिक्षकले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन । दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको स्वर्ण दिलाउँदा उत्कृष्ट खेल प्रदर्शन गरेका अभिशेख टोलीबाट बाहिरिएका हुन । भदौ १७ र भदौ २० गते नेपालले भारतसँगको मैत्रीपुर्ण खेल काठमाडौंमा खेल्दै छ… पुरा पढौ

महिला राष्ट्रिय टोलीको घोषणा

काठमाडौं-उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेका हुन । घोषणा भएको टोलीमा अमिशा कार्की, अञ्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा टोलीबाट बाहिरिएका छन् । यस्तै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले मौका बनाएका छन् । नयाँ अनुहारमा मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी… पुरा पढौ

सिरिज खेल्न नेपाल ओमान प्रस्थान

काठमाडौं-आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (विहान) ओमान प्रस्थान गरेको छ । सेप्टेम्बरमा हुन आइसिसि विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली आज सलाम एयरबाट ओमान प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजकै लागि गत शनिबार घोषणा गरेको १७ सदस्यी खेलाडी र छ अफिसियल्सलाई आईएमई ट्राभल्स प्राइभेट लिमिटेडले विदाई गरेको हो । टोलीलाई आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले विदाई… पुरा पढौ

हाम्रो लक्ष्य नै फाईनल हो–अल्मुताईरी

पोखरा-नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य नै फाईनल भएको बताएका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोने दावी गरे । ‘तार्गेट नै फाईनल हो । फाईनल पुगेर इतिहास बनाउन चाहन्छौं ’ उनले संक्षिप्त कुराकानीमा भने–‘फाईनल पुग्नु नै पहिलो लक्ष्य हुने छ ।’ नेपाली राष्ट्रिय टोली यतिबेला पोखरामा प्रशिक्षणरत छ । केहीदिनपछि राजधानी काठमाडौं फर्किने छ । काठमाडौंमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय भईसकेको छ । साफ च्याम्पियनसिपमा बंगलादेश,… पुरा पढौ

छानविनसमितिले प्रतिवेदन बुधबार बुझाउने

काठमाडौं । पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ बीचको विवाद छानविन गर्न गठन भएको समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको समितिले सबै १४ जनासँग बयानको काम सकिएको र प्रतिवेदन अन्तिम चरणमा पुगेको भन्दै प्रतिवेदन बुधबार सम्म बुझाउने तयारी भएको समितिकी प्रवक्ता सुवर्ण केशरीले जानकारी दिइन् । ‘विवाद समाधान गर्न गठन भएको समितिले १४ जनासँगको बयान लिने काम सकिसकेको छ । सबैले उपस्थित… पुरा पढौ

महिला टोलीको वरियतामा नेगेटिभ सर्किट

काठमाडौं । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले जारी गरेको महिला फुटबलको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । अगस्ट महिनाका लागि फिफाले जारी गरेको तालिका अनुसार नेपालको वरियता एक स्थान खस्किँदा समग्रमा १००औं बाट १ सय १औं स्थानमा पुगेको हो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औं स्थानमा रहेको छ । एसियाली राष्ट्र मध्येबाट उत्तर कोरिया सबै भन्दा माथि नवौं स्थानमा रहेको छ । अस्ट्रेलिया ११औं, जापान १३औं, चीन १७औं, दक्षिण कोरिया १८औं स्थानमा अटाएका छन् ।… पुरा पढौ

नेपालको पहिलो प्रतिद्वन्द्वी आयोजक

काठमाडौं- १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै सुरुआत गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आज १३ औं संस्करणमा ५ देशलाई सहभागि बनाई जारी गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो । वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहने निश्चित भएको हो । यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ । यस अघि भुटानले सहभागिता जनाउन सक्ने संकते दिएको थियो… पुरा पढौ

एएफसी महिला एसियन कप–२०२२ छनोटः पहिलो खेल फिलिपिन्ससँग

काठमाडौं- तटस्थ स्थल उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।अखिल नेपाल फुटबल संघ ९एन्फा० ले एएफसी महिला एसियन कप छनोट अन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो । भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूह एफमा रहको छ । छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ र दोस्रो खेलमा सेप्टेम्बर २१ मा खेल्नेछ भने सोही समूहको अर्को खेलमा फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा आमने सामनो हुनछन् ।… पुरा पढौ