मुख्य समाचार

डर्बी प्रतिस्पर्धामा शसस्त्र प्रहरीलाई उपाधि

नेपालगन्ज-पोखरामा आयोजित टाईगर कपमा हारको बदला लिदैं शसस्त्र प्रहरी बलले नेपालगन्जमा आयोजित सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि उचालेको छ । पोखरामा एक महिना अघि आयोजित टाईगर कपमा नेपाल पुलिस क्लबसँग हारसँगै उपाधिविहीन भएको शसस्त्र प्रहरीले भने नेपालगन्जमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि चुम्यो । शसस्त्रले उपाधि चुम्न नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । पोखरामा घाईते भएकी शसस्त्र प्रहरी बलकी स्पाईकर सरस्वती चौधरीको प्रेरणादायी खेलमा पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले पराजित गर्दै उपाधि आफनो पोल्टामा पार्यो… पुरा पढौ

मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता हुने

काठमाडौं- ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ । टी–२० संरचनामा हुने प्रतियोगितामा ललितपुर… पुरा पढौ

भगवती र कुमारीको बी डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं- सहिद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लब र श्री कुमारी क्लबले सुखद अन्त्य गरेका छन् ।अखिल नेपाल फुटबल संघको मुख्यालय मैदानमा सम्पन्न खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दा अर्को खेलमा कुमारीले टुसाल युथ क्लबलाई ४–० ले पराजित गर्दै लिगमा सुखद अन्त्य गरेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे । ब्वाइजका टंक बहादुर स्याङतानले सान्तोवना गोल… पुरा पढौ

बागमतीलाई पहिलो सफलता

काठमाडौ-सोनु देवकोटाको कसिलो बलिङको मद्दतमा बागमती प्रदेशले राजधानीमा जारी मेयर्सकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले एपिएफलाई २७ रनले पराजित गरेर जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । बाग्मतीले प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपिएफले ४४।५ ओभरमा सबै विकेट गुमाउदै २ सय ६ रन मात्र जोड्न सक्यो । एपिएफका ओपनर आसिफ शेखले सर्वाधिक ५० रन जोड्दा शंकर रानाले २९,अमरसिंह रौटेलाले २७ र सन्दिप जोराले २५… पुरा पढौ

उपाधीका लागि एपीएफ र पुलिस भिड्ने

नेपालगञ्ज- सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि भिंड्ने भएका छन् । नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमवार एपीएफले होंगान्जी न्यु डायमन्ड क्लबलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो । त्यसपछि लगातार एपीएफले जीत निकाल्यो । एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित ग¥यो । पहिलो सेटमा राम्रो खेलेपनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो । खेलमा प्लेयर अफ द म्याच… पुरा पढौ

चितवन र जनकपुर उपाधिको लागि भिड्ने

पोखरा-सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन क्रिकेट संघ र जनकपुर क्रिकेट क्लब बीच भिड्ने छन् । के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनामा पोखरा रंगशालामा आयोजित प्रतिस्पर्धामा सोमबार चितवनले तनहुँको पेलिकन्स क्रिकेट क्लबलाई पराजित गर्दै फाईनल तय गर्दा जनकपुर क्रिकेट क्लबले सुपर जनरल पोखरा –११ लाई १० विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । सोमबारको पहिलो खेल चितवनले टस जित्दै साकार ढकालको अर्धशतकीय पारीमा ११९ रनको योगफल तयार पार्यो । ओपनिङ आएका ढकालले ४७… पुरा पढौ

पोखरामा पहिलो पटक मुआथाई च्याम्पियनसिप र सेमिनार

पोखरा-आगामी चैत अन्तिम साता पोखरामा मुआथाईको अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । पोखरामा पहिलो पटक आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा अन्तराष्ट्रिय मुआथाई महासंघका प्रतिनिधि एवं प्रशिक्षकहरुको उपस्थिति रहने छ । अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालका मुआथाई खेलाडी तथा अफिसियललाई निर्णायक एवं रेफ्री कोर्ष बारे प्रशिक्षण दिने नेपाल मुआथाई संघका केन्द्रीय महासचिव सुदिप पण्डितले जानकारी दिए । उनका अनुसार सेमिनारमा प्रशिक्षण दिन थाईल्याण्डबाट मुआथाईका अन्तर्राष्ट्रिय निर्णायकहरु आउने छन् । सेमिनारसँगै पोखरामै राष्ट्रिय मुआथाई च्याम्पियनसिप हुने छ । आगामी चैत २४ गतेदेखि ३१ गतेसम्म हुने… पुरा पढौ

म्यानचेष्टर डर्बीमा युनाईटेडको महत्वपूर्ण जित

एजेन्सी-ईग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको म्यानचेष्टर डर्बीमा युनाईटेडले जित निकाल्दै लिग लिगर सिटीसँगको दुरी कम गरेको छ । म्यानचेष्टर डर्बी म्याचमा पराजित भएपनि सिटी ११ अंकले अघि छ । युनाईटेड ५४ अंकमा दोस्रो स्थानमा रहदाँ सिटी भने ६५ अंकसहित शीर्षस्थानमा यथावत छ । सिटीको घरेलु मैदानमा युनाईटेडले महत्वपूर्ण जित निकाल्दै तीन अंक जोड्यो । इत्तिहाड स्टेडियममा दोस्रो मिनेटमै सिटी आफनै मैदानमा पछि परेको थियो । दोस्रो मिनेटमै ब्रुनो फर्नाण्डेजले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । पहिलो हाफ एक… पुरा पढौ

मड्रिड डर्बी बराबरीमा अंक बाँडे

एजेन्सी-खेल सकिन दुई मिनेट बाँकी रहँदा करिम बेन्जेमाले गोल गरेपछि मड्रिड डर्बीमा रियल एथलेटिको अंक बाँडेकोे छ । वान्दा मेट्रो पोलिटिनो मैदानमा ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियलका लागि बेन्जेमाले ८८ औं मिनेटमा बराबरी गोल गर्दै डर्बी म्याचमा हारबाट जोगाएका थिए । बार्सिलोनासँग अंक बराबरी गर्ने अवसरलाई गुमाएको छ । बार्सिलोना ५६ अंकसहित दोस्रो स्थानमा रहँदा रियल ५४ अंक सहित तेस्रो स्थानमा छ । लिग लिगर एथलेटिका मड्रिड भने ५९ अंक छ । खेलको १५ औं मिनेटमा लुईज स्वारेजले… पुरा पढौ

एपीएफ र न्यू डायमण्ड विजयी

नेपालगञ्ज – सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा आइतवार लगातार दोस्रो जित निकाल्दा होंगान्जी न्यू डायमण्ड एकेडेमीले पहिलो खेल जितेको छ । आइतवार भएको पहिलो खेलमा एपीएफ क्लबले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो भने दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराएको हो । नेपालगन्ज रंगशाला परिसरमा रहेको कभर्डहलमा एपीएफले लुम्बिनीलाई सोझो सेटमा पराजित गरेको छ । एपीएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सेटमा पराजित गरेको हो । खेलमा… पुरा पढौ