पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र साजसज्जा, सडक पुर्वधार एवं पार्किङसँगै अन्य पुर्वाधारको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरेको छ । खेलकुद पुर्वाधार निर्माणसँगै मर्मत सम्भार गर्नुपर्ने बजेट आईपुगेको छैन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि पार्किङ, सडक कालोपत्रेसँगै अन्य विभिन्न प्रयोजनको लागि क्षेत्रीय खेलकुद विकास समितिले ८ करोड ५८ लाख रुपैयाँको बजेट माग गरेको छ । व्याडमिन्टन अफिस, मिनि हल तथा जिमहलको छानामा रंगरोगन र अन्य विभिन्न हल तथा भवनमा रंगरोगन गरिने छ ।…
पुरा पढौ