मुख्य समाचार

१३औं दक्षिण एशियाली खेलकुद, फुटबल प्रशिक्षणस्थल मैदानको स्तरोन्नति,चेन्जिङ रुम निर्माण गरिने

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको फुटबल मैदान समयमै बन्ने निश्चित छैन् । प्राकृतिक र कृत्रिम घाँसे मैदान बीचको विवाद टुंगिएको छ । प्राकृतिक मैदान बनाउने निर्णयसँगै काम तदारुकताको साथ अघि बढेको छ । यद्यपी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल हुनु अघि दुवो फैलिने सम्भावना क्षीण छ । मैदान तयार हुने अपेक्षा गरिरहँदा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको सक्रियतामा महिला फुटबलको लागि सम्भावित प्रशिक्षणस्थलको भने मंगलबार बस्तुस्थिति नियालिएको छ । प्रशिक्षणस्थलको लागि लामाचौरस्थित गोस्ते खेल मैदान र… पुरा पढौ

तेक्वान्दो एकेडेमी निर्माण गर्ने उद्देश्यसहित किनिएको जग्गा २६ वर्षदेखि उपयोगविहीन

पोखरा(खेलाडी न्युज)-२६ वर्ष अघिको समय हो । जतिबेला नेपालमा भर्खरै तेक्वान्दो खेल भित्रिसकेको थियो । कोरियन प्रशिक्षक ‘सिन’ले नेपालमा तेक्वान्दो भित्रयाए । उनै सिनले २६ वर्ष अघि पोखरामा व्यक्तिगत लगानीमा जग्गा किनिदिए । नेपालको हरियाली र पोखराको सौन्दर्यताले सिनलाई छोयो । नेपालमा तेक्वान्दोको विकास र विस्तार गर्ने योजनासहित एकेडेमी स्थापना गर्ने उद्देश्य राखिएको थियो । पोखरा बजार क्षेत्रभन्दा केही परको निर्मलपोखरीमा ३–३–०–१ जग्गा किनियो । जग्गा तेक्वान्दो प्रशिक्षक दिपराज गुरुङ र नारायणबहादुर गुरुङको नाममा पास गरियो । २०५० साल साउन… पुरा पढौ

पोखरामा ह्याण्डबल प्रशिक्षण, शसस्त्र प्रहरीका खेलाडी आउँदै

पोखरा(खेलाडी न्युज)-१३ औं दशिण एशियाली खेलकुद प्रतियोगिताको तयारीको लागि पोखरामा महिला तथा पुरुष राष्ट्रिय टिमको प्रशिक्षण शुरु गरिएको छ । पोखरा रंगशालामा रहेको एउटै ह्याण्डबल कोर्टमा पुरुष र महिला खेलाडीले पालैपाले प्रशिक्षण शुरु गरेका छन् । कोर्ट अभावले पुरुष टिमको प्रशिक्षण सकिएपछि महिला टिमको प्रशिक्षण शुरु गर्ने गरिएको छ । ह्याण्डबलमा प्रशिक्षणमा रहेका रहेका सबै खेलाडीको उपस्थिति भने भईसकेको छैन् । विभागीय टोली शसस्त्र प्रहरीको महिला तथा पुरुष खेलाडी प्रशिक्षणको लागि पोखरा आईपुगेका छैनन् । शसस्त्र प्रहरीबाट ७ पुरुष र… पुरा पढौ

साग तयारी, आर्चरीमा पाहुना खेलाडीलाई अभ्यास स्थलको अभाव

पोखरा(खेलाडी न्युज)-दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाले पोखरामा एकतिर उत्साहको लहर छाउँदा अर्को तिर चुनौतिको पहाड तेर्सिएको छ । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछिको ठूलो खेलकुदको कुम्भ मेला पोखरामा आयोजना गरिदैं छ । त्यसको लागि दौडधुप बढेको छ । १३ औं सागमा सात खेलबाट बढेर आठ खेल पोखरामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर उत्तिकै चुनौतिका रेशाहरु थपिएका छन् । पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । त्यसभन्दा यता राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अवसर पोखराले पाएको छैन्… पुरा पढौ

पोखरा ओपन टेनिसको उपाधि खड्कालाई

राजन पौडेल(खेलाडी न्युज)-पोखरा खुल्ला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । खड्काले पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाईनलमा अनिल शाहीलाई 3–६, ६–०, ६–४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । ख्डकाले सेमिफाईनलमा नविन मगरलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा अनिलले भने सौगात खड्कालाई पराजित गरेका थिए । पोखरामा मासिक रुपमा विभिन्न प्रायोजनमा टेनिस प्रतियोगिता हुदैं आएको छ । प्रतियोगितालाई टेनिसका अग्रज खेलाडी समीर शेचरनले प्रायोजन गरेका थिए । प्रतियोगितामा विभिन्न ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको थिए ।… पुरा पढौ

महिला फुटबलसँगै साग महिला क्रिकेट पनि पोखरामा

पोखरा(खेलाडी न्युज)-पोखरामा साग महिला क्रिकेट प्रतियोगिता गर्ने प्रारम्भिक तयारी गरिएको छ । कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरिक्षणपछि राष्ट्रिय खेलुकद परिषदले महिला क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा आयोजना गर्ने सम्भावना बढेको हो । पोखरामा आयोजना गर्ने सम्भावना बढेपछि आवश्यक पुर्वाधार समेत मैदान मर्मत सम्भारको गृहकार्य शुरु गरिएको छ । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमटाले मैदान निरिक्षण गर्दै प्रारम्भिक चरणमा गर्न सकिने कामको मात्रै शुरु गर्नुपर्ने बताए । ‘चरणबद्ध काम गर्नुपर्छ । सागको तयारीमा छौं । सबै काम साग अघि भ्याउँदैनौ ।’… पुरा पढौ

१७ औं आहा राराको बचत १ लाख ४९ हजार

पोखरा(खेलाडी न्युज)-फुटबलको पर्याय बनेको सहारा क्लबले १७ औं सस्करणको फुटबल प्रतियोगिताबाट सबैभन्दा कम रकम बचत गरेको छ । २०५९ सालदेखि शुरु भएको आहा रारा गोल्डकपको इतिहासमै क्लबले केवल १ लाख ४९ हजार रुपैयाँ मात्रै फुटबल प्रतियोगिताबाट जोगाएको छ । यो सहाराले आयोजना गर्दैै आएको गोल्डकपमै कम रकम हो । हिमश्री फुड्सको मुख्य प्रायोजन तथा विभिन्न संघसंस्थाहरुको सह प्रायोजक, उपप्रायोजन र प्रायोजन, राष्ट्रिय खेलकुद परिषद, क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिको सहयोग, पोखरा महानगरपालिकाको संयोजनमा गत फागुन ९… पुरा पढौ

‘खेलाडीले राजनीति गर्ने होईन’

पोखरा(खेलाडी न्युज)-खेलकुद मोजमस्ती गर्ने अखडा बन्दै गएको आरोप लगाउँदै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदको विकासमा राज्यको स्पष्ट नीति हुनुपर्नेमा जोड दिएका छन् । राज्यको आफनो स्पष्ट नीति नहुदाँ के र कसका लागि खेलकुद भन्ने नै अन्यौल बन्दै गएको जिकिर गरे । ‘खेलकुदको विकासमा राज्यले नीति बनाउनुपर्छ ।’उनले भने–‘ तर हामी अहिले हेर्दा त्यो अवस्थामा छैनौं । खेलकुदको कखराको अवस्थामा पनि छैनौं ।’ उनले अन्तराष्ट्रिय खेलकुद निकायसँग समन्वयकारी भूमिकाको लागि पनि राज्यले आफनो स्पष्ट ‘पोलिसी’ बनाउनुपर्ने धारणा राखे ।… पुरा पढौ

प्रादेशिक क्रिकेट संघमा प्रजु

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए । उपाध्यक्षमा दिपक पोखरेल(स्याङजा), सचिवमा सुमनराज कार्की(तनहुँ), कोषाध्यक्षमा प्रकाश पौडेल (नवलपुर) रहेका छन् । यसैगरी सदस्यमा दिवाकर थापा (स्याङजा) अर्जुनकुमार श्रेष्ठ (तनहुँ) विमलमान गुभाजू(कास्की) र ईन्द्र सिग्देल (नवलपुर), ऋषिराम गौतम(कास्की), सन्जयकान्त सिग्देल(कास्की), सुमन पण्डित(नवलपुर), अतिशकुमार खड्क (तनहँु) र अजुर्नकुमार थापा (स्याङजा) रहेका छन् । शुक्रबार पोखरामा आयोजित प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभालाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा… पुरा पढौ

जिल्ला खेलकुदको चारवर्षे कार्यकालमा १३ लाख ४१ हजार बचत

पोखरा(खेलाडी न्युज)-जिल्ला खेलकुद विकास समितिको अध्यक्षसहित जिम्मेवारी पाएको कार्यसमितिले आफनो कार्यकालको सुखद विदाई लिएका छन् । कार्यसमितिले आर्थिक वर्ष २०७५÷७६ को आयव्यय सार्वजनिक गर्दै आफनो चारवर्षे कार्यकालबाट बिदा लिएका हुन् । आर्थिक वर्षभित्रमा जिल्ला खेलकुद विकास समितिले पोखरा महानगरपालिकासँगै चार गाँउपालिकामा खेलकुदको पुर्वाधारमा ४ करोड १८ लाख ५०हजार रुपैयाँ खर्च गरेको छ । राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त रकमबाट समितिले विभिन्न क्षेत्रमा खेल मैदान निर्माणमा उक्त रकम परिचालन गरेको हो । ‘केही ठूला योजनाहरुलाई शुरुवात र साना योजनाहरुलाई पुरा गरिएको छ… पुरा पढौ