मुख्य समाचार

तारादेवी र पुकार गुरुङ्ग स्ट्रङ्गेष्ट खेलाडी घोषित

पोखरा(खेलाडी न्युज)-नेपाल पैहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ्ग नेपाल स्ट्रङ्गेष्ट तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेष्ट्र खेलाडी घोषित भएका छन् । उनीहरुले स्ट्रङ्गुष्टको ब्यानेटका साथै ट्रफी, प्रमाण पत्र र नगद १० हजार प्राप्त गरे । पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा महिला तर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए । उदियमान खेलाडीमा पुरुष तर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित… पुरा पढौ

फुटबल संघमा आवद्धको दुई दशकपछि लिग उपाधि

पोखरा(खेलाडी न्युज)-कास्की लिग फुटबल प्रतियोगिता शुरु भएको पनि १४ वर्ष वित्यो । दोस्रो जनआन्दोलन टुंङ्गिसकेको थियो । कास्की जिल्ला फुटबल संघको नेतृत्व खेमबहादुर गुरुङले लिएका थिए । फुटबल चारैतिर चकमन्नै थियो । उनै गुरुङले कास्की लिग शुरु गरे । फुटबल संघमा आवद्ध भएका क्लबलाई अनिवार्य सहभागित गराई लिगको शुरुवात गरेका थिए । त्यसको वर्षदिनपछि नाम परिवर्तन हुन पुग्यो । तत्कालिन कास्की जिल्ला फुटबल संघका महासचिव बलराम केसीको निधन भएपछि परिवर्तन गरिएको थियो । दोस्रो संस्करणको लिग उदघाटन गरियो । उदघाटनकै… पुरा पढौ

पोखरामा फुटबल एकेडेमीको लहर

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको फुटबल मैदान निर्माणाधिन छ । मैदान निर्माण नभईसकेपनि फुटबलबाट खेल्नबाट बञ्चित छैनन् । तर रंगशालामै फुटबल खेले जस्तो भने कतै गएर खेलेपनि हुदैन् । यतिबेला कास्की जिल्ला फुटबल संघले लिग फुटबल सञ्चालन गरेको छ । क्लबहरु लिग खेलिरहँदा केही क्लब भने आफनो फुटबल एकेडेमी तर्फ ध्यान केन्द्रीत गरेका छन् । व्यावसायिक फुटबल र फुटबलरको विकास गर्ने उद्देश्यसहित कास्की जिल्ला फुटबल संघले नै एकेडेमी आफैंले सञ्चालन गरेको छ । अर्कोतिर विभिन्न क्लबले एकेडेमी शुरु गर्दै फुटबलमा नयाँ आयाम… पुरा पढौ

पोखरामा भदौ १० र ११ गते मिडिया कप हुने

पोखरा(खेलाडी न्युज)-पोखरामा भदौको दोश्रो साता मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । पोखराबाट सञ्चालित जक्सन डटकम र सिक्स्टिन प्रोडक्सनको सहकार्यमा आगामी भदौ १० र ११ गते गण्डकी प्रदेश स्तरिय मिडिया कप फुटसल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखराको गणेशटोलस्थित स्पोर्ट्स क्यासलमा हुने सोमबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । पोखरामा पहिलोपटक गण्डकी प्रदेश स्तरिय फुटसल प्रतियोगिता भएको हो । यसअघी कास्की जिल्ला फुटसल प्रतियोगिता भने भएको थियो । प्रतियोगितामा गण्डकी प्रदेश भित्र रहेका सञ्चार माध्ययमा कार्यरत… पुरा पढौ

चेल्सीमाथि युनाईटेडको सानदार जित

एजेन्सी(खेलाडी न्युज)-प्रिमियर लिगको सिजनकै शुरुवातमा दुई ठूला प्रतिस्पर्धाले निकै रोमाञ्चक बनायो । तर बाजी भने म्यानचेष्टर युनाईटेडले चेल्सीमाथि मार्यो । गएराती भएको प्रतिस्पर्धामा युनाईटेडले चेल्सीलाई ४-० गोलले पराजित गर्यो । नयाँ प्रशिक्षकत्वको जिम्मेवारी लिदैं लिग शुरु गरेका फ्रान्क लाम्पार्डको पहिलो चुनौतिलाई युनाईटेडले फराकिलो अन्तरले पन्छाउँदै गतिलो शुरुवात गर्यो । लिभरपुल, म्यानचेष्टर सिटी र युनाईटेडले भने फराकिलो अन्तरको जितसँगै ३-३ अंक खातामा जोडेका छन् । मार्कस रासफोर्डले पेनाल्टीबाट लिएको अग्रतालाई उनलै व्यक्तिगत दोस्रो गोल समेत गरे । १८ औं मिनेटमा रासफोर्डले… पुरा पढौ

नर्विच सिटमाथि लिभरपुलको जितसँगै प्रिमियर लिग शुरु

एजेन्सी(खेलाडी न्युज)-बी डिभिजनबाट प्रिमियर लिगमा उक्लिएको नर्विच सिटीलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगको सिजन २०१९/२० सुखत शुरुवात गरेको छ । शुक्रबार रातीदेखि शुरुभएको प्रिमियर लिगमा लिभरपुलले नर्विच सिटीलाई ४-१ गोलले पराजित गर्दै सिजन शुरु गरेको हो । ७ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको लिभरपुलले नर्विचमाथि लगातार दबाव बनाईराख्यो । प्रिमियर लिगमै उदघाटन खेल खेलेको नर्विचले पनि लिभरपुलको चुनौतिलाई पन्छाउन नसकेपछि कडा चुनौति भने तेस्र्याएको थियो । ७ औं मिनेटमा ग्रान्ट हान्लेले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो ।… पुरा पढौ

मिसन–१३ औं साग, बजेट अभावले पुर्वाधार तयारीमा समस्या

पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलको पुर्वाधार अझै तयारी भईसकेको छैन् । पुर्वाधार छन्, व्यवस्थित छैनन् । व्यवस्थित बनाउन बजेट छैन् । फाष्ट ट्रयाकबाट काम गरेपनि टुग्याउने समय अभाव हुने सम्भावना छ । बजेट कहिले आउँछ टुंगो छैन् । बजेटले नै पुर्वाधार निर्माणमा अडकिएको छ । रंगशालाभित्रको पुर्वाधारदेखि बाहिरका बनाउनुपर्ने पुर्वाधार बजेट नआउँदा काम गर्न नसकिएको स्वयं सम्बन्धीत खेलका पदाधिकारीहरु बताउँछन् । बजेटकै अभावमा पुर्वाधार तयार नहुनेमा शंका उत्पन्न हुन थालिसकेको छ । त्यसको… पुरा पढौ

कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रवार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो । संघको उपाध्यक्ष राजु कायस्थ, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा थमनबहादुर थापा, सहसचिवमा राजु केसी, सहकोषाध्यक्षमा सोमबहादुर साही रहेका छन् । त्यसैगरी सदस्यहरु एनशोभा गुरुङ विनोद गुरुङ, रविन्द्र तझ्या, अर्जुन गुरुङ, जितबहादुर गुरुङ, शंकर विश्वकर्मा र माधव गुरुङ रहेका छन् । अध्यक्ष योगेन्द्र गुरुङले सुस्ताएको जिम्न्याष्टिकका गतिविधिलाई चलायमान बनाउने… पुरा पढौ

साम्भवीले जितिन दोहोरो उपाधी

पोखरा (खेलाडी न्युज) -ब्रिटिष स्कुलकी साम्भवी पाल्लक काठमाण्डौ ब्याडमिन्टन च्याम्पियनसिप (स्कुलस्तर) २०१९ मा दोहोरो उपाधी हात पार्न सफल भएकी छिन् । पाल्लकले छात्रा यु – १२ र यु – १४ दुवै तर्फ जित हात पार्दै दोहोरो उपाधी चुमेकी हुने । पाल्लकले यु–१२ मा ग्यालेक्सी स्कुलकी शेरा जे. शेर्पालाई २१ – २, २१ – ७ ले तथा यु – १४ मा ग्यालेक्सीकै निमा यान्जी शेर्पालाई २१ – १०, २१ – ४ ले पराजित गरेकी हुन् । काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा… पुरा पढौ

पोखरा रंगशाला फुटबल मैदान- घाँस कलकत्ताबाट, सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर फ्रान्सबाट आउँदै

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्रको फुटबल मैदानको घाँस अक्टोबर र प्यारापिटका सिट नोभेम्बरको पहिलोसातासम्ममा आईपुग्ने छ । डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा निर्माणाधिन फुटबल मैदानमा महिला साग फुटबल प्रतियोगिता शुरु हुने छ । महिला फुटबल बाहेक अन्य सात खेल पोखरामा खेलाईने छ । ‘मैदानलाई आवश्यक पर्ने घाँसको चपरीलाई ‘स्प्रीङरोल’ गरेर कलकत्ताबाट ल्याउँछौंं ।’ निर्माणाधिन कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजर(व्यवस्थापक) हरिबावु न्यौपानले भने–‘चपरी दशैंकै मेसोमा… पुरा पढौ