मुख्य समाचार

अगष्ट १८ देखि सहारा अष्ट्रेलिया कप

पोखरा(खेलाडी न्युज)-सहारा क्लब अष्ट्र्ेलियाले आउँदो अगष्ट १८ देखि सहारा अष्ट्रेलिया कप २०१९ गर्ने भएको छ । १६ टोलीको सहभागिता रहने प्रतियोगिता प्रत्येक साताको आईतबार खेलाईने छ । ५ हप्ता सञ्चालन हुने छ । फाईनल भने १५ सेप्टेम्बरमा हुने छ । प्रतियोगिता सिड्नीस्थित राईट एण्ड एशोसियट रकडेलमा आयोजित पत्रकार सम्मेलनमा क्लबले १६ टोलीलाई दुई समूहमा विभाजन गरी नकाउटको आधारमा सञ्चालन गर्ने जनाएको छ । खेलहरु सिड्नीको फाईभ स्पोर्टस करिङबाहमा र फाईनल फ्रेजर पार्क एफसीको मैदानमा आयोजना गर्ने तय गरिएको छ ।… पुरा पढौ

नाडालमाथि फेडेररको जित

पोखरा(खेलाडी न्युज)-टेनिसका भेट्रान खेलाडी ३७ वर्षिय रोजर फेडेररले स्पेनका राफाल नाडाललाई पराजित गर्दै १२ औं पटक विम्वल्डनको उपाधि निकट पुगेका छन् । दोस्रो बरियताका नाडाल केही महिना अघि मात्रै फेडेररलाई पराजित गर्दै फाईनल सुरक्षित गरेका थिए । उनले १२ औं फ्रेन्च ओपन जित्ने क्रममा फेडेररको चुनौतिलाई पन्छाउँदै फाईनल तय गरेका थिए । पहिलो सेट प्रतिस्धर्पात्मक रुपमा टाईब्रेकरमा लिदैं फेडेररले सुखद शुरुवात गरे । ग्राण्डस्लामको १९ औं उपाधिको होडमा रहेका फेडेररले पहिलो सेट ७-६(७-३) ले पराजित गर्दै सुखद नजिता आत्मसात गर्ने… पुरा पढौ

राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

पोखरा(खेलाडी न्युज)-स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीको मुहारमा आज बेग्लै चमक थियो । नहोस पनि कसरी । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सामूहिक रुपमा गण्डकी प्रदेशले पहिलो पटक नगदसहित सम्मान गरिएको छ । शुक्रबार पोखरा रंगशालामा आयोजित समारोहमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । सम्मान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन लगायतले गरेका हुन् । गण्डकी प्रदेश सरकारले गण्डकीबाट… पुरा पढौ

पोखरा फुटबल स्टेडियम निर्माणकार्य कार्तिक १५ भित्र सकेर हस्तान्तरण निर्देशन

पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कार्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले शुक्रबार निर्माणाधिन प्यारापिटसहितको फुटबल मैदान निरिक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कार्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए । ‘कार्तिक १५ गतेसम्मको मिति दिन्छु । त्यो दिनसम्म काम सम्पन्न गर्नुहोस । यो राष्ट्रिय गौरवको योजना हो त्यसैले ढिला गर्नुहुदैन् ।’ सदस्य सचिव सिलवालले भने–‘पेमेन्टले रोकिदैन् । कहाँ अडकियो त्यो भन्नोस ।’… पुरा पढौ

राष्ट्रपति रनिङशिल्ड, कराँतेमा गोरखा टिम च्याम्पियन, पुरुष भलिबल स्थगित

पोखरा(खेलाडी न्युज)-बिहीबारदेखि पोखरा रंगशालामा आयोजित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत कराँते तर्फ गोरखा च्याम्पियन बनेको छ । गोरखाले ३ स्वर्ण पदक जित्दै टिम च्याम्पियन हुदाँ कास्की दुई स्वर्ण, तीन रजत र दुई कास्यसहित दोस्रो र म्याग्दी एक स्वर्ण, एक रजत र एक कास्य पदकसहित तेस्रो स्थानमा रह्यो । गोरखाका बमिन श्रेष्ठका एकल कातामा , ४० केजी महिला तर्फ भूमिका बस्नेतले स्वर्ण पदक जिते । ४५ केजीमा सुदिक्ष बुढामगर म्याग्दीले स्वर्ण पदक जितिन् । ५० केजीमा अनिता घले गोरखाले स्वर्ण,… पुरा पढौ

नेपाललाई एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

पोखरा(खेलाडी न्युज)- उमेर समूहमा निकै बलियो मानिदैं आएको नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ । सागर ढकाल र पवन सर्राफको उत्कृष्ट प्रदर्शनमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि उचाल्यो । उपाधिसँगै नेपाल एसिया कपमा छनोट भएको छ । ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६।१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । नेपालका पवन सर्राफले सर्वाधिक ३९ रनको इन्ंिगस खेले । ३६ बलको सामना गरेका पवनले मोहम्मद हसनको बलमा एलबिडब्लु शिकार हुनुअघि ५ चौका र १ छक्का… पुरा पढौ

११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड गौरीशंकर माविलाई

पोखरा(खेलाडी न्युज)-११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि गौरीशंकर मावि हेमजा ले जितेको छ । विद्यालयले ९ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । ७ स्वर्ण पदक जितेको टप्स मावि भने दोस्रो स्थानमा चित्त बुझाएको छ । कुमुदिनीहोम्स भने ३ स्वर्णसहित तेस्रोस्थानमा रह्यो । मंगलबार भएको प्रतिस्पर्धामा छात्रा भलिबल तर्फका उपाधि टप्सले उचाल्यो । छोरेपाटन मावि दोस्रो र निष्पक्ष मावि तेस्रो स्थानमा रह्यो । छात्र तर्फको प्रतिस्पर्धामा भने मेश्रम बराह मावि घान्द्रुकले स्वर्ण पदक जित्दा… पुरा पढौ

११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड,मनिषा र सागरलाई ३÷३ स्वर्ण

पोखरा(खेलाडी न्युज) -चार गाँउपालिका र पोखरा महानगरपालिकाबाट छनोट भएका विद्यालयले पोखरा रंगशालामा सोमबारदेखि ११ औं सस्करणको राष्ट्रपति रनिङ शिल्डको लागि प्रतिस्पर्धामा गरिरहेका छन् । सोमबार शुरुभएको प्रतियोगितामा छात्र तर्फ कबड्डी प्रतिस्पर्धामा कास्की मोर्डनाईज्डले स्वर्ण, महेन्द्र माविले रजत र माछापुच्छ«े माविले कास्य पदक जितेका छन् । त्यसैगरी छात्रा तर्फको प्रतिस्पर्धामा भने शान्तिदिप बोर्डिङले स्वर्ण पदक जित्दा कास्की मोर्डनाईज्डले रजत र माछापुच्छ«े मावि (माछापुच्छ«े गाँउपालिका) कास्य पदकमा चित्त बुझाएको छ । भलिबल छात्रा तर्फ निष्पक्ष माविले तेस्रो स्थानमा रहदाँ स्वर्ण पदकको लागि… पुरा पढौ

सिलवाल राखेपको सदस्य सचिव नियुक्त

पोखरा(खेलाडी न्युज)- राष्ट्रिय खेलकुद परिषदको सस्दय सचिवमा रमेश सिलवाललाई नियुक्त गरिएको छ । परिषदका तत्कालिन सदस्य सचिव केशवकुमार विष्टको विदाई भएको झण्डै दुई सातापछि सिलवाललाई नियुक्त गरिएको हो । विष्ट नै दोहोरिने सम्भावना प्रवल रहेको सार्वजनिक भईरहदाँ सिलवाललाई नियुक्त गरिएको हो । केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार… पुरा पढौ

विमला थाइल्याण्डमा हुने कराँते च्याम्पियनसिप सहभागिता जनाउने

पोखरा(खेलाडी न्युज)-थाइल्याण्डमा आयोजना हुने खुल्ला कराँते च्याम्पियनसिपमा सहभागिता जनाउने पोखराकी सितेरियो कराँते खेलाडी विमला नेपालीलाई बिदाई गरिएको छ । उनलाई पोखरा रंगशालामा सोमबार विहान सितेरियो कराँते संघका अध्यक्ष एवं प्रशिक्षक सुरेन्द्र गुरुङ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदार लगायतले खादा लगाई शुभकामना दिदैं विदाई गरेका हुन् । । विमलाले एकल कातामा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष गुरुङले जानकारी दिए । खेलाडीको प्रोत्साहन गर्न जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत रहेका गोदारले नगद ५ हजार तथा संघले १० हजार… पुरा पढौ