मुख्य समाचार

गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा आयोजित राष्ट्रिय बक्सिङ प्रतियोगितामा पुरुष तर्फ फ्लाई वेट(५१ केजी)मा बागमती प्रदेशका लालप्रसा उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णाली प्रदेशका लक्ष्मण राईलाई पराजित गरेका त्यसैगरी फेदरवेट(५७ केजी) समूहको प्रतिस्पर्धामा लुम्बिनी प्रदेशका अनिल पुन मगरले गण्डकी प्रदेशका चन्द्र मगरलाई पराजित गर्दै च्याम्पियन बने । त्यस्तै लाईटवेट(६० केजी) समूहमा गण्डकीका शिव सिलवालले सुदुर पश्चिममा रामबहादुर थापालाई पराजित गर्दै च्याम्पियन बने । लाईट वेल्टर(६३.५ केजी) तौल समूहमा भने गण्डकीका निश्चिल गुरुङले… पुरा पढौ

पोखरा बक्सिङ च्याम्पियनसिप भोलि, सम्पूर्ण तयारी पुरा

पोखरा-पोखरामा शुक्रबार सञ्चालन हुन लागेको ‘पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ को सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार पूर्वान्ह ११ बजेदेखि सञ्चालन गरिने प्रतियोगितामा ३० जना महिला तथा पुरुष बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । जसमा १२ जना महिला तथा १८ पुरुष गरि ३० जनाको सहभागिता रहने कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार… पुरा पढौ

खेलकुदको बजेट ३ अर्ब ५०करोड

पोखरा-आर्थिक वर्ष २०८१/८२ लागि अर्थमन्त्री वर्षमान पुनले बजेट बक्तव्य सार्वजनिक गर्दै खेलकुदका लागि ३ अर्ब ५० करोड विनियोजन गरेका छन् । मंगलबार बजेट भाषणलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गरिने उल्लेख गरे । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि उनले लागि ६० करोड विनियोजन गरेको सुनाए । काठमाडौंको मुलपानी क्रिकेट रंगशाला,विराटनगरको गिरिजाप्रसाद कोईराला रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा निर्माणा गरिने जनाए । कीर्तिपुर क्रिकेट… पुरा पढौ

आर्मी च्याम्पियन, गण्डकी उपविजेता

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिकोे आयोजना तथा कास्की जिल्ला फेन्सिङ स)घको व्यवस्थापनमा पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय जुनियर तथा खुल्ला महिला तथा पुरुष ईपी फेन्सिङ च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आर्मीले ३ स्वर्ण र दुई कास्य पदक जित्द च्याम्पियन बन्यो । त्यसैगरी गण्डकी प्रदेश दुई स्वर्ण, पाँच रजत र तीन कास्यसहित दोस्रो स्थानमा रह्यो । बागमती प्रदेश भने तेस्रो स्थानमा आयो । बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य पदक जित्यो । विभागीय… पुरा पढौ

भक्तराजलाई व्याक टु ब्याक गल्फ मन्थ्ली मेडल

पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित हिमालयन गल्फ क्लब मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । शनिबार १८ होलको पार ६९ कोर्षमा भक्तराजले ४४ अंकसहित मे महिनाको मन्थ्ली मेडल आफनो नाममा लेखाए । उनले लगातार दोस्रो पटक मन्थ्ली मेडलको उपाधि आफनो नाममा लेखाएका हुन् । फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा सन्देश सिग्देल उपविजेता बने । उनले ३७ स्कोर गरेका थिए । ग्रस तर्फको उपाधि इन्सपेक्टर जीवाराम गुरुङले जिते । विजेताहरुलाई व्रिटिस क्याम्प पोखराका मेजर डेविड कार्टरले पुरस्कार प्रदान… पुरा पढौ

‘अभाव र दबावले बक्सिङ छोडियो’

धन बस्नेत/पोखरा-चाहना र रहरले मात्रै हुदैन् । तर पारिवारिक जिम्मेवारीले थिचेपछि खेललाई चटक्कै छोडे । अभाव र दबाव उस्तै थियो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिएको थियो । २०४० सालमा आयोजना भएको खेलकुद प्रतियोगितामा बक्सिङ रिङमा नकाउट भएपछि उनको जीवनबाट बक्सिङ पनि सधैंलाई नकाउट नै हुन पुग्यो ।४१ वर्षपछि फेरी बक्सिङमा फर्किएका छन् । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि नछिरेका बक्सर दिलिपकुमार श्रेष्ठ(दिलिप दोषी–६५) चारदशकपछि पोखरा रंगशाला छिरेका छन् । खेलाडी जीवनबाट टाढिएका बक्सर दोषी अहिले महानगर बक्सिङ संघमा… पुरा पढौ

१७ वर्षपछि पोखरामा ‘पोखरा बक्सिङ च्याम्पियनसिप’

पोखरा-पोखरा रंगशाला बक्सिङ रिङमा १७ वर्षपछि राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता हुदैै छ । पोखरामा पहिलो पटक भर्सेस फाईटयुक्त राष्ट्रियस्तरको पोखरा बक्सिङ च्याम्पियनसिप आयोजना हुदैं छ । यही जेठ १८ गते पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा एक दिने प्रतियोगिता आयोजना गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता नवौं राष्ट्रिय प्रतियोगिता बाहेक संघले १७ वर्षपछि आयोजना गरेको हो । प्रतियोगितामा ३० जना महिला तथा पुरुष बक्सरले आफनो… पुरा पढौ

आगामी २१ गते चौथो अन्नपूर्ण म्याराथन

पोखरा-आगामी २१ गते शनिबार चौथो संस्करणको अन्नपूर्ण म्याराथन हुदैं छ । साहसिक खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले वर्षेनी जुन ३ तारिखमा अन्नपूर्ण म्याराथन गर्दै आएको छ । समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङका अनुसार विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण… पुरा पढौ

जिभिपि युके लण्डनलाई क्लबस्तरीय भलिबलको उपाधि

पोखराः नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो । जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो । उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्‍यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।यस्तै प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घ… पुरा पढौ

प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले… पुरा पढौ