मुख्य समाचार

प्रतिभालाई पोखरा कप क्रिकेटको उपाधि

पोखरा-एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ ।बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा… पुरा पढौ

सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

पोखरा-सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो(एमको उपाधि प्रोफेसनल सञ्जीब बहादुर नेपालीको टिमले जितेको छ।पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीबले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे। प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर गर्दा एमेच्योरहरू १३ वर्षका… पुरा पढौ

हिमालयन गल्फ कोर्षमा भुवन नगरकोटीको कीर्तिमान

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा बिहीबार व्यवसायिक गल्फर भुवन नगरकोटीले कीर्तिमान बनाएका छन् । उनले सुर्य नेपाल वेष्र्टन ओपन गल्फको बिहीबार ७ अण्डर ६२ को कार्ड बनाउँदै कोर्षमा नयाँ कीर्तिमान बनाएका हुन् । यस अघि सन २०१७ पार ७० को कोर्ष हुदाँ शिवराम श्रेष्ठले ६ अण्डर ६४ खेल्दै कोर्ष रेकर्ड बनाएका थिए । नगरकोटीले त्यतिमात्रै नभई शिवराम श्रेष्ठले कुल ९ अण्डर २०१ को कीर्तिमानलाई समेत तोडेका छन् । नगरकोटीले दोस्रो दिन ३६ होल समाप्ती हुदाँ १० अण्डर १२८ को कार्ड बनाउँदै… पुरा पढौ

भुवनको नगरकोटीलाई पछ्याउँदै एमेच्योर सदभाव

पोखरा-भुवन नगरकोटीले सुर्य नेपाल वेष्र्टन ओपनको पहिलो दिन बुधबार शीर्षता कायम गरेका छन् । उनले एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु भएको सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटीले ३ अण्डर ६६ को कार्ड बनाउँदै अग्रता लिएका हुन् । उनले फ्रष्ट नाईनमा एक अण्डर ३३ र व्याक नाईनमा दुई अण्डर ३३ को कार्ड बनाए । उनले दोस्रो होलमा हानेको बर्डी नै पहिलो बर्डी थियो । अन्य होलमा भने उनले लेभल पार खेल्दै… पुरा पढौ

बुधबारदेखि सुर्य नेपाल वेष्टर्न ओपन

पोखरा-सुर्य नेपालको सिजनको चौथो प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदंै छ । गत महिना मात्रै सुर्य नेपालको इष्टर्न ओपन च्याम्पियनसिप सकिएको थियो । सिजनको चौथो प्रतियोगिता वेष्टर्न ओपनमा ३५ जना व्यवसायिक गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । उपाधिको लागि सेन्ट्रल ओपन विजेता सदभाव आचार्य सहितका गल्फरले प्रतिस्पर्धा गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो नेपाल व्यवसायिक गल्फर संघका महासचिव दिपक आचार्यका अनुसार प्रतियोगितामा ३५ जना व्यवसायिक र १५ जना एमेच्योर… पुरा पढौ

मधेश प्रदेश मनमोहन स्मृति यु १६ क्रिकेट च्याम्पियन

पोखरा-पोखरामा आयोजित मनमोहन स्मृति यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा टस जितेर व्याटिङ रोजेको सुुदुरपश्चिम केवल ८६ रनमा अलआउट हुन पुग्यो । २०.२ ओभर मात्रै खेलेको सुदुरपश्चिमले २८ रनमा पहिलो विकेट गुमायो । पहिलो विकेट झरेपछि लग गुमाएको सुदुरका लागि अन्य व्याटरको उल्लेख्य योगदान भने देखिएन । मध्य क्रमका व्याटर सस्तैमा आउट भएपछि मधेशले जितको लागि सामान्य लक्ष्य पाएको थियो । ओपनर सचिन साउदले १४, विशाल विष्टले… पुरा पढौ

इन्जिनियर सन्तोष हिमालयन गल्फ क्बल च्याम्पियन

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित वर्षको क्लब गल्फ च्याम्पियनको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा ग्रस तर्फ ७ ओभर ७६ खेल्दै उपाधि जिते । उनको ह्याण्डी क्याप ९ हो । प्रतियोगिता स्ट्रोक प्लेको आधारमा खेलाईएको थियो । नेट तर्फको उपाधि क्याप्टेन हरि राईले जिते । उनले ४ अण्डर ६५ को स्कोर बनाउँदै उपाधि जिते । उपविजेता भने इन्सपेक्टर जीवाराम गुरुङ भए । उनले ७१ को कार्ड बनाए । तेस्रो स्थानमा क्याप्टेन बद्री राई भए ।… पुरा पढौ

विदेशी धावकको सहभागितासँगै म्याराथनको पुरस्कार विदेशियो

पोखरा-पोखरा म्याराथनमा विदेशी धावकहरुको सहभागितासँगै उपाधि पनि विदेशिन थालेको छ । पछिल्लो तीन संस्करणमा विदेशी धावकले उपाधि उचाल्दै पोखरा म्याराथनको पुरस्कार विदेशीको हातमा परेको हो । जापानीज धावकले एक पटक उपाधि लैजादाँ दुई पटक केन्याली धावकले लगेका छन् । शनिबार आयोजित १८ औ सस्करणको पोखरा म्याराथनको उपाधि पनि केन्याली धावकको नाममा रह्यो । उपाधि मात्रै नभई शीर्ष तीनको उपाधि नै केन्याली धावकको नाममा लेखियो । चौथो स्थानमा मात्रै नेपाली धावकले प्राप्त गे । केन्याली धावक जुलियस मुरियाली वाहोमले निर्धारित ४२.१९५… पुरा पढौ

१३ राष्ट्रका ५० विदेशीको सहभागिता

पोखरा-पछिल्लो संस्करणमा पोखरा म्याराथनमा विदेशी घावकहरुको सहभागिता बढ्दै गएको छ । आगामी शनिबार हुने १८ औं संस्करणको पोखरा म्याराथनमा १३ देशका धावकहरुले सहभागिता जनाएका छन् । यो पोखरा म्याराथनको इतिहासमै सर्वाधिक देशका धावकको सहभागिता रहेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार आयोजित पत्रकार सम्मेलनमा १३ देशका ५० धावकको सहभागिता रहेको छ । यद्यपी म्याराथनमा १ सय ८ धावकले प्रतिस्पर्धा गर्ने छन् । महिला हाफ म्याराथनमा १७, १० किलोमिटरमा पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को… पुरा पढौ

लुम्बिनी बाहिरियो, सुदूरपश्चिम र गण्डकी विजयी

नेपालगन्ज-बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गर्यो। दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो। बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५।४ ओभरमा २ विकेट गुमाएर भेटायो। सुदूरपश्चिमको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित सावित्री धामीले सर्वाधिक ४७ रन योगदान दिईन्। अविजित रहँदै धामीले ४२ बलमा ५ चौका प्रहार… पुरा पढौ