मुख्य समाचार

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षकलाई ‘गण्डकी खेलकुद पदक’

पोखरा-गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडी, पशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने निकाय एवं व्यक्तिहरुलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने छ । आईतबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खेलाडी तथा प्रशिक्षक एवं खेलकुदमा योगदान पुर्याउनेलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने उल्लेख गरेका छन् । विगतको नीति तथा कार्यक्रममा झैं प्रदेश सरकारले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण… पुरा पढौ

आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग

पोखरा-ग्ण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्व सन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ । संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो । संघका अध्यक्ष सन्जयकान्त सिग्देल, क्रिकेट प्रशिक्षक जगत टमटा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम तथा प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजूसहितको टोलीले ज्ञापन पत्र पेश गरिएको हो । मागपत्रमा संघले गत वर्ष प्रदेशलाई प्रतिनिधित्व… पुरा पढौ

गण्डकी प्रदेश सरकारले आफ्नै प्रदेशका ओलम्पियनलाई भत्ता दिने

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक भत्ता उपलब्ध गराउने बताएका छन् । पोखरामा आयोजित ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मासिक भत्ता उपलब्ध गराउने उदघोष गरेका हुन् । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका सात ओलम्पियनलाई नगद ५ हजार रुपैयाँ मासिक भत्ता दिने उदघोष गरेका हुन् । भत्ता दिने घोषणा गर्ने गण्डकी प्रदेश सरकार पहिलो हो । ५६ वर्षको ओलम्पिक इतिहासमा सात जना ओलम्पियनले गण्डकी प्रदेशको प्रतिनिधित्व गरे । टिका बोगटी (एथलेटिक्स १९८८… पुरा पढौ

ओलम्पियनलाई पोखरामा सम्मान

पोखरा-पोखरामा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका खेलाडीहरुलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको व्यवस्थापनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले ओलम्पियनहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । शनिबार पोखरामा दोस्रो ओलम्पियन पुर्नमिलन तथा सम्मान समारोहमा उपस्थिति ओलम्पियनलाई स्वागतसहित प्रभातफेरी आयोजना गरियो । बिहान पोखराको हल्लनचोकबाट बाराहीघाटसम्म प्रभातभेरी गर्दै कार्यक्रम शुरु गरिएको थियो । नेपालले ओलम्पिकमा सहभागिता जनाएको ५६ वर्ष पुगेको छ । ५६ वर्षको अवधिमा ९० जना ओलम्पियनले सहभागिता जनाईसकेका छन् । सबैभन्दा… पुरा पढौ

तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई

पोखरा-तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि नेपाल पुलिस क्लब(जुम्ला)का धिरबहादुर बुढाले जितेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा १२ मिनेट १९ सेकेण्डमा पुरा गरेका थिए । त्यसैगरी नेपाल आर्मीकै बेदबहादुर सुनुवार तेस्रो स्थानमा आए । उनले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डको समयमा पुरा गरेका थिए । दौड ४ हजार… पुरा पढौ

जेठ अन्तिम शनिबार ‘लेखनाथ हाफ म्याराथन’

पोखरा-जेठको अन्तिम साता लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुल्ला हाफ म्याराथन आयोजना गरिएको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । हाफ म्याराथनसँगै महिला तथा पुरुष १० किलोमिटर दौड हुने छ । पोखरा महानगर खेलकुद विकास समितिले विद्यालयलाई समेट्न छात्रा तथा छात्र दौड समेत समावेश गरिएको सदस्य सचिवले सुनाए । ‘हाफ म्याराथनको लागि विभागीय क्लबसँगै विभिन्न संघसंस्थालाई पत्रचार गरिसकिएको… पुरा पढौ

बजेटमा हेपिएको पोखरा क्रिकेट मैदान

पोखरा-नेपाली क्रिकेट लयमा छ । लयमा रहेको क्रिकेटलाई जोगाईराख्नुपर्ने चुनौति छ । लय जोगाउन नियमित अन्तराष्ट्रिय, राष्ट्रिय तथा घरेलु प्रतियोगितालाई निरन्तरता दिनुपर्छ । घरेलु प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणको खाँचो छ । क्रिकेट पूर्वाधार बनाउने ध्यानमा सरकारको गम्भीरता खासै देखिएको छैन् । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गरे । बजेटमा केवल त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गर्दै रात्रीकालिन प्रतियोगिताको लागि बत्ती जडान(फ्लड लाईट) गर्ने समेटियो । तर सरकारको ध्यान त्रिभुवन विश्वविद्यालयको मैदान,… पुरा पढौ

महानगर खेलकुद अध्यक्ष गोदारलाई महानगर कप स्क्वासको उपाधि

पोखरा-पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेको गोदारले जोशीमाथि जित निकाल्न निकै संघर्ष गरे । बेष्ट अफ फाईभसम्म पुगेको खेल निकै प्रतिस्पर्र्धात्मक बन्यो । पहिलो सेट ९–११ ले गुमाउँदै पछि परेका गोदारले दोस्रो सेटमा भने कमब्याक गरे । दोस्रो सेट उनले ११–९ ले नै आफनो पक्षमा पारेपछि खेल बराबरीमा पुग्यो… पुरा पढौ

गोदार र आचार्य फाईनल प्रवेशका लागि भिड्ने

पोखरा-स्क्वास खेलाडी सुजन आचार्य र दिपकबहादुर गोदार दोस्रो महानगर कप खुल्ला स्क्वास प्रतियोगितामा सेमिफाईनलमा भिड्ने छन् । शुक्रबार भएको प्रतिस्पर्धामा आचार्यले नवराज श्रेष्ठ ११- ६, ८-११ र अन्तिम सेट ११-७ मा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा शुक्रबार संघको एरिनामा भएको प्रतिस्पर्धामा दिपकबहादुर गोदारले राजु श्रेष्ठलाई ११-६, ११-९ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । प्रतियोगितामा २४ जना खेलाडीको सहभागिता रहेको छ । तीनवटा इभेण्टमा प्रतिस्पर्धा गरिएको… पुरा पढौ

पूर्वाछाने गण्डकी प्रदेशस्तरीय कायाकिङ च्याम्पियन

पोखरा-उदयपुरका डम्बरबहादुर पूर्वाछाने पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला कायाकिङ च्याम्पियन बनेका छन् । पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको दोभानबाट शुरु भएको थियो । ९ किलोमिटरको दुरीलाई पूर्वाछानेले २८ मिनेट ९ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बने । च्याम्पियन पूर्वाछानेले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै च्याम्पियन हुदाँ गोरखाका सुरेन्द्र चेपाङले दोस्रो स्थानमा चित्त बुझाए । उनले दुरीलाई २८ मिनेट २० सेकेण्डमा पुरा गर्दै… पुरा पढौ