मुख्य समाचार

परिषदका नवनियुक्त सदस्य सचिव शर्माले गरे पद बहाली

पोखरा- प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सोमबार पद बहाली गरेका छन् ।शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको गत बैशाख २८ गतेको निर्णयले उनलाई रिक्त सदस्य सचिव पदमा नियुक्त गरेको हो । सदस्य सचिव शर्मालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले पद बहाली गराएका थिए । सो अवसरमा बोल्दै नवनियुक्त सदस्य सचिव शर्माले आफूले संधै अनुशासनमा रही खेलकुद विकासलाई अघि बढाउने बताए । उनले भने–“प्रदेश सरकारले मलाई जुन जिम्मेवारी दिएको छ त्यसका… पुरा पढौ

पोखराको मैत्री पाठशालाले जित्यो उपाधि

पोखरा-पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ । साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो । मैत्री पाठशालाले एक स्वर्ण र एक कास्य पदकसहित च्याम्पियन बनेको हो । पोखरा महानगरपालिका खेलकुद विकास समिति र मोहन भुगोल व्याडमिन्टन फाउण्डेसनको संयुक्त आयोजनामा पोखरा रगंशालाको व्याडमिन्टन हल सम्पन्न प्रतियोगितामा निमावि छात्रा एकल तर्फ पोखराको मैत्री पाठशालाकी निभा राईले फाइनलमा बिद्या बिकासकी आस्ना श्रेष्ठलाई २१—१४, २१—१४ को सेटमा पराजित… पुरा पढौ

पोखरामा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु

पोखरा-पोखरामा बुधबारदेखि विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा दोस्रो संस्करणको मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको हो । ट्रेकिङको इकुपमेन्ट विक्री वितरण गर्दै आएको भाउदे नेपालको मुख्य प्रायोजनमा बुधबार हलको तीनवटा कोर्टमा भएको प्रतिस्पर्धा राउण्ड ३२ सम्मका खेलहरु टुंगिएका छन् । लोअर सेकेण्डरी छात्र तर्फको प्रतिस्पर्धामा खैरेनीटार मावि तनहुँका सन्देश कार्कीले विद्या ज्योतिका हिमाल थापालाई २१—१४, २१—१८ को सोझो… पुरा पढौ

बुधबारदेखि पोखरा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता

पोखरा-आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहको व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंशगालास्थित व्याडमिन्टन हलमा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोतिगता शुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितामा विभिन्न ९ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय विद्यालयस्तरीय लोअर सेकेण्डरी लेभल छात्र तथा छात्रा(कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेको हुनुपर्ने)मा प्रतिस्पर्धा गराईने छ… पुरा पढौ

क्रिकेटर करण र फुटबलर सावित्रा वर्ष खेलाडी

पोखरा-क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रममा वर्ष उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सर्वोत्कृष्ट ठहरिए । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारें । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारें । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको… पुरा पढौ

प्याराग्लाईडिङका निसिमलाई कीर्तिशेष सम्मान, ह्याण्डबल उत्कृष्ट संघ

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाईडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष(मरणोपरान्त)बाट सम्मानित गर्ने निर्णय गरेको छ । आगामी शनिबार पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्ड कार्यक्रममा प्याराग्लाईडिङ खेलमा पुर्याएको योगदानको कदर गर्दै थापा मगरलाई कीर्तिशेषबाट सम्मानित गरिने निर्णय गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए । बिहीबार अवार्ड बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ खेलाडी थापाको प्रतिस्पर्धाको दोस्रोदिन… पुरा पढौ

अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

पोखरा-मंगलबार नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एशिया कपको लागि छनोट भएको छ । त्रिभुवन विश्वविद्यालयस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा संयुक्त अरब ईमिरेट्स(युएई)लाई सात विकेटले पराजित गर्दै २१ वर्षपछि एशिया कपमा छनोट भएको हो । कमजोर पूर्वाधार बीच नेपाली क्रिकेटले पाएको यो सबैभन्दा ठूलो उपलब्धी हो । अघिल्लो महिना मात्रै यु—१९ क्रिकेट टिम विश्वकप छनोट भएसँगै क्रिकेटमा नयाँ उत्साह थपिएको छ । पूर्वाधार निर्माण गर्नुपर्ने दबाव सरकारलाई परेको छ । इतिहास कोरेको नेपाली क्रिकेटले भने गतिलो पूर्वाधार पाउन अझै सकेको छैन्… पुरा पढौ

लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई

पोखरा-सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । उपसमितिको सिफारिसलाई मञ्चको तेइसौं बैठकले अनुमोदन गरेको थियो । कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराईले यो विधा अन्तरगतको पुरस्कार… पुरा पढौ

अप्रिलको मन्थ्ली मेडल गल्फ गणेश गुरुङलाई

पोखरा-अप्रिल महिनाको गल्फ मन्थ्ली मेडलको उपाधि गणेश गुरुङले जितेका छन् । स्ट्रोक प्ले फम्र्याटमा खेलिएको प्रतिस्पर्धामा नेट तर्फ उनले उपाधि जितेका हुन् । शनिबार पोखराको छिनेडाडास्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा गुरुङले तीन अण्डर ६६ को कार्ड बनाउँदै उपाधि जित्दा सन्तोष गुरुङ उपविजेता बने । सन्तोषले कोर्षमा एक अण्डर ६८ को कार्ड बनाए । यसैगरी ग्रस तर्फको पुरस्कार भने राजेन्द्र गौचनले हात पारे । उनले ८१ स्कोर जोडे । पाहुना तर्फको नेट प्रतिस्पर्धामा भने तीन ओभर ७२… पुरा पढौ

सुपरमादी हाईड्रोपावरद्वारा लाईफ टाईम अचिभमेन्ट अवार्डको प्रायोजन

पोखरा-कास्कीको मादी गाँउपालिकामा रहेको सुपर मादी हाईड्रोपावर लिमिटेड खेलकुद पत्रकार मञ्च गण्डकीसँगको सहकार्यमा जोडिएको छ । मञ्चले आगामी बैशाख २३ गते शनिबार आयोजना गर्ने सातौं पोखरा स्पोर्टस अवार्डलाई हाईड्रोपावरले लाईफ टाईम अचिभमेन्ट अवार्डलाई प्रायोजन गर्दै सहकार्य गरेको हो । सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र मञ्चका अध्यक्ष दीननाथ बराल बीच शुक्रबार सहमति भएको मञ्चले उल्लेख गरेको छ । सुपरमादी कास्कीकै ठूलो जलविद्युत परियोजना हो । निजी क्षेत्रबाट उत्पादिन विद्युत परियोजना समेत ठूलो हो । सुपरमादी ४४ मेगावाटको हो… पुरा पढौ