⚽ फुटबल

कास्की ११ आदर्श कपको फाइनलमा

पोखरा-पेनाल्टी सुटआउटमा आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै कास्की ११ आदर्श कपको फाईनल प्रवेश गरेको छ । आदर्श युवा क्लबको आयोजनामा भण्डारढीक खेल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित र अतिरिक्त समयमा गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा कास्कीले आयोजकलाई ४–३ गोलमा पराजित गर्दै उपाधि निकट पुगेको हो । कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशिष गुरुङ र युनिक तामाङले गोल गरे । भने कास्कीका खेलाडी सरोज तितुङको प्रहारलाई आर्दशका गोल रक्षक दिप कार्कीले उत्कृष्ट… पुरा पढौ

कास्की विजयी

पोखरा-कास्की ११ लेखनाथमा आयोजित २५ औं आदर्श कपको सेमिर्फानल प्रवेश गरेको छ । सोमबार भण्डारढीक खेल मैदानमा भएको प्रतिस्पर्धामा कास्कीले स्याङजको होईजन क्लबलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । आर्दश युवा क्लब भण्डारढीकको आयेजनामा सञ्चालित प्रतियोगितामा अन्तिम क्र्वाटरफाईनल खेल नेपाल प्रहरी र एन्फा गोरखाका बीच हुने छ । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए ।खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड… पुरा पढौ

तनहुँलाई पराजित गर्दै आयोजक सेमिफाईनल प्रवेश

लेखनाथ-आदर्श क्लबले तनहुँ फुटबल संघलाई १—० गोलले पराजित गर्दै २५ औं आदर्श कपको सेमिफाईनल प्रवेश गरेको छ । घरेलु मैदानमा सुखद शुरुवात गराउँदै अन्तिम चारमा स्थान पक्का गर्न सजिन मगरको गोल निर्णायक रह्यो । उनले खेलको ४१ औं मिनेटमा पेनाल्टी बक्स नजिकैबाट हानेको बलले पोष्टभित्र जाली चुमेपछि आदर्श क्लब जितको खुशीसँगै अन्तिम चारमा प्रवेश गर्यो । खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै अग्रता लिएको आदर्श युवा क्लवले खेलको… पुरा पढौ

आयोजक र तनहुँबीच उदघाटन खेल

पोखरा-आयोजक आदर्श युवा क्लबले तनहुँसँग आगामी २२ गते शनिबार भण्डारढीक खेल मैदानमा २५ औंआर्दश कप फुटबल प्रतियोगितामा उदघाटन खेल्दै शुरु गर्ने छ । झण्डै ६ वर्षपछि आदर्श क्लबले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दै फुटबलको शाखलाई जोगाउने प्रयास गरेको हो । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै आवश्यक सम्पूर्णत तयारी पुरा भएको जनाएको छ । क्लबले प्रतियोगिताको लागि आफनो जर्सी समेत सार्वजनिक गरेको छ। दोस्रो दिन विभागीय डर्बी प्रतिस्पर्धा हुने छ । नेपाल आर्मीको सिद्धीदल गणले सशस्त्र प्रहरी बलको गण्डकी मुख्यालयसँग… पुरा पढौ

६ बर्ष पछि फुटवलको लयमा फर्कदै आदर्श युवा क्लव

पोखरा-कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्ष पछि लयमा फर्किएको छ । मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्किने प्रयास गरेको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्श कप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ । प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदै छन्… पुरा पढौ

क्लस्टरस्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई

पोखरा-बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निधारी समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार, ट्रफि, मेडल र… पुरा पढौ

सहभागि टोली सार्वजनिक

पोखरा-आगामी मंसिर २२ गतेदेखि लेखनाथको भण्डारढीक खेलमैदानमा आयोजना हुने २५ औं आदर्श कपमा सहभागिता जनाउने टोली फाइनल भएको छ । तीन विभागीय टोलीले जनाउँदा अन्य पाँच टोली भने जिल्ला फुटबल संघको टोली रहने आयोजक आदर्श क्लबले जनाएको छ । सहभागि हुने टोलीमा आयोजक आदर्श क्लब, स्याङजा फुटबल संघ(होराईजन क्लब), कास्की जिल्ला फुटबल संघ(कास्की ११), तनहुँ जिल्ला फुटबल संघ, गोरखा जिल्ला फुटबल संघ, नेपाल आर्मीको सिद्धिदल गण(पश्चिम पृतना), सशस्त्र प्रहरी बल(गण्डकी मुख्यालय) र नेपाल प्रहरी(गण्डकी प्रदेश)ले सहभागिता जनाउने छ । २५… पुरा पढौ

आदर्श कपमा तीन विभागीय क्लबको निश्चितता

पोखरा-आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने २५ औं आदर्श कप फुटबल प्रतियोगितामा तीन विभागीय टोलीको सहभागिता निश्चित भएको छ । क्लबका अध्यक्ष पदम गुरुङका अनुसार तीन विभागीय टोलीको मात्रै निश्चित भएको हो । तनहुँ, स्याङजा र कास्कीको टोलीको तय भईसकेको छैन् । प्रतियोगितामा ८ टोलीलाई समावेश गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रहेको । दोस्रो पुरस्कार २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्रदान… पुरा पढौ

माघ २२ गतेदेखि आयोजना गर्न एन्फाद्वारा स्वीकृति

पोखरा-पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म हुने मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गोल्डकपको आयोजना गर्ने सहारा क्लबलाई मिति स्वीकृति प्रदान गरेको पत्रले जनाएको छ । एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेको पत्र अनुसार कास्की जिल्ला फुटबल सघमा आवद्ध सहारा क्लबको आयोजनामा मिति २०८१ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ पोखरामा सञ्चालन गर्न देहायका… पुरा पढौ

मंसिर तेस्रो साता २५ औं आदर्श कप

पोखरा-छ वर्षपछि लेखनाथ भण्डारढीकको आदर्श युवा क्लब फुटबल कर्ममा फर्किने तयारीमा छ । सन २०१८ मा २४ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आयोजनापछि सुस्ताएको क्लबले फेरी नकाउट फुटबल प्रतियोगिता आयोजनासँगै सक्रिय बन्दै छ । वर्षेनी महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा नकाउट फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले आगामी मंसिरको तेस्रो सातादेखि २५ औं सस्करणको प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । घोषणासँगै क्लबले आफनै वडा पोखरा २९ लाई पहिलो प्रतियोगिताको पहिलो प्रस्तावना दिदैं शुभकामनासहित आर्शिवाद लिएको छ । क्लब… पुरा पढौ