⚽ फुटबल

कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप हुने

पोखरा-पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप २०८० हुने भएको छ । कश्यप कालिका युवा क्लबको आयोजनामा आगामी कार्तिक १ र २ गते हुने उक्त प्रतियोगीतामा पोखरा महानगरपालिका वडा नं। २४, १८ र २३ का खेलाडीहरुमात्र सहभागी हुन पाउने क्लबले जनाएको छ । संस्थाका अध्यक्ष तिर्थ अधिकारीले सेभेन ए साइड फुटबल र खुल्ला दौड प्रतियोगीताबाहेक मुख्य आकर्षणको रुपमा प्रथम कश्यप कालिका भेन्ट्रान्स कप रहेको जानकारी दिए । फुटबल तर्फका विजेताले ५५ हजार ५ सय… पुरा पढौ

बिश्व च्याम्पियनसिपमा सहभागी हुने फुटसल टोलीलाई बिदाई

काठमाडौं-सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप फुटसल २०२३ मा सहभागी हुने नेपाली टोलीलाई निमित्त सदस्य सचिव प्रकास कुमार कुसारी ‘सम्राट’ ले राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार शुभकामना सहित नेपालको झण्डा प्रदान गरेर बिदाई गरे । नेपाल स्कुल स्पोर्टस् महासंघका महासचिव राजकुमार कार्कीको नेतृत्वमा सर्विया जाने टोलीमा प्रशिक्षकमा अंकित श्रेष्ठ रहेका छन् भने खेलाडीहरुमा सैदीप दाहाल, सारांश पुरी, सुगत श्रेष्ठ, स्यामिर श्रेष्ठ, स्यायुम श्रेष्ठ, रजत श्रेष्ठ र तेन्जिङ्ग दावा लामा रहेका छन् ।प्रतियोगिता अशोज २१ गते देखि ३० गते सम्म… पुरा पढौ

गोल्डकपलाई लिगकम नकाउट स्वरुपमा सञ्चालन गर्ने विषयमा छलफल

पोखरा-सहारा क्लब पोखरा १३ औं अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने संघारमा छ । आफनो २५ वर्षे यात्राको शनिबार रजत जयन्ती मनाईरहेको क्लबले गोल्डकपलाई लिगकम नकाउटमा लैजाने उद्देश्य लिएको छ । आफनै पोखरा–१७ दोविल्लास्थित सहारा एकेडेमीमा आयोजित अधिवेशनको मुख्य छलफलको विषय नै गोल्डकपलाई लिगकम नकाउट सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने जनाएको छ ।‘क्लब आगामी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने तयारीमा छ । गोल्डकप प्रतियोगिता सञ्चालन लिगकम नकाउट स्वरुपमा सञ्चालन गर्ने अध्ययन गरिने छ’ सहारा क्लबका… पुरा पढौ

कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण

पोखरा-कास्की जिल्ला फटुबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चार क्लबलाई फुटबल हस्तान्तरण गरेको छ । क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ । सोमबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले क्लबहरुलाई बल हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु भदौरे, एपेक्स, सहारा र संगम क्लबलाई पाँच पाँच थान फुटबल हस्तान्तरण गरिएको हो । सहारा र संगमलाई भने संघले एकेडेमी सञ्चालन गरेको भन्दै बल हस्तान्तरण गरिएको हो… पुरा पढौ

कास्कीबाट यु-१९ का ६४ खेलाडी छनोट

पोखरा-कास्की जिल्ला फुटबल संघले यु -१९ का ६४ जना खेलाडी छनोट गरेको छ । छनोट भएका खेलाडीले अब प्रदेश छनोटमा सहभागि हुने छन् । गएको विहीबार र शुक्रबार दुईदिन गरी खेलाडी छनोट गरेको हो । संयोजक विष्णुप्रसाद गुरुङका अनुसार झण्डै दुईसय खेलाडीबाट ६४ जना छनोट गरिएको हो । मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ, प्रशिक्षकहरुमा शम्भु केसी, दिपेन्द्र तामाङ, अमन गुरुङ तथा नरेस केसी रहेका थिए । कास्की जिल्ला फुटबल संघले एकसाता अघि मात्रै यु-१६ का खेलाडी छनोट गरेको कास्की जिल्ला फुटबल… पुरा पढौ

साफ च्याम्पियसिपको लागि यु–१९ छनोट शुरु

पोखरा-कास्की जिल्ला फुटबल संघले यु–१९ छनोट प्रक्रिया शुरु गरेको छ । अखिल नेपाल फुटबल संघको निर्देशन अनुसार कास्कीले विहीबारदेखि यु–१९ खेलाडी छनोट प्रक्रिया शुरु गरेको हो । संघले केहीदिन अघि मात्रै यु–१६ को छनोट प्रक्रिया टुग्याईसकेको छ । संघले यु–१६को २२ जना खेलाडी छनोट गरेर प्रदेश छनोटमा पठाएको थियो । बिहीबारदेखि शुरु भएको छनोट प्रक्रियामा १ सय ५० भन्दा बढी खेलाडीहरु सहभागिता रहेको कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष एवं छनोट संयोजक विष्णु गुरुङले जानकारी दिए । उनले बिहीबार र शुक्रबार… पुरा पढौ

मदरल्याण्ड माविद्धारा महिला फुटबलर सावित्रा सम्मानित

पोखरा-पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी (सम्बा) लाई नगद सहित सम्मान गरेको छ । भण्डारीलाई नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराल लगायतले सम्मान गरेका हुन् । फुटबलर भण्डारीलाई नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरिएको हो । सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा… पुरा पढौ

वडा नं १४ च्याम्पियन

पोखरा-झरीले ढिलो गरी शुरुभएको पोखरा महानगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगर वडा नं १४ ले जितेको छ । बिहीबार पोखरा रंगशालामा भएको फाईनल खेलमा एकपक्षीय देखिएको खेलमा पोखरा वडा नं १५ माथि ४—० को फराकिलो गोल अन्तरले पन्छाउँदै वडा नं १४ च्याम्पियन बन्यो । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको खेलमा वडा नं १४ ले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्दै एकपक्षीय नजिता निकाल्दै च्याम्पियन बन्न सफल भयो… पुरा पढौ

वडा नं १४ र १५ बीच उपाधिका लागि भिड्ने

पोखरा-पोखरा महानगरपालिका वडा नं १५ र पोखरा महानगरपालिका वडा नं १४ बीच वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि भिड्ने छन् । बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं १५ ले वडा नं ३० लाई २–१ गेल अन्तरले पराजित गर्दै उपाधि निकट पुगेको हो । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको सेमिफाईनलमा वडा नं १५ को लागि विशाल गुरुङ र श्रृजन रन्जितले गोल गरेपछि फाईनल पुग्न पर्याप्त रह्यो । पहिलो हाफको… पुरा पढौ

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

पोखरा-फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ। ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टको बजारीकरणमा सहयोग गर्नेछन। श्रेष्ठ र थिंक स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पहिलो चरणमा एकवर्षका लाथि थिंक स्मार्ट र श्रेष्ठबीच सम्झौता भएको थिंक स्मार्टका प्रबन्ध निर्देशक देवबहादुर क्षेत्रीले बताए। ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टका लागि स्वदेश र विदेशमा हुने कुनैपनि प्रवद्र्धनात्मक गतिविधिमा सघाउने क्षेत्रीले बताए। थिंक… पुरा पढौ