⚽ फुटबल

आर्मीको जितमा भरत नायक

पोखरा-आहा रारा पोखरा गोल्डकपमा नवप्रवेशी क्लब राईजिङ स्टार क्लब नवलपरासी त्रिभुवन आर्मीसँग पराजित हुदैं पोखरामा केवल अनुभव साटेर फर्किएको छ । पहिलो हाफको २७ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले निर्णायक गोल गर्दै गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नवप्रवेश टोलीको पोखरा यात्रा सुखद हुन सकेन् । सहारा क्लबको आयोजना पोखरा रंगशालामा भईरहेको २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको बुधबार भएको प्रतिस्पर्धामा आर्मीले राईजिङमाथि प्रतिस्पर्धात्मक जित आत्मसात गर्यो । कमल थापाले मिलाईदिएको पासलाई भरत खवासको उत्कृष्ट हेडर गोलमा परिणत भएपछि आर्मीलाई… पुरा पढौ

आत्मघाती गोलमा अभागी सहारा

पोखरा-दोस्रो हाफमा आत्मघाती गोलले थ्रीस्टारलाई क्वार्टरफाईनल प्रवेश गराउँदा आयोजक सहारा क्लब भने उदघाटन खेलबाट विट मार्यो । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा सहाराले पहिलो हाफमा कमब्याक गर्दै बराबरी गरेर रोमाञ्चक बनायो । तर दोस्रो हाफमा थ्रीस्टारलाई आत्मघाती गोलको उपहार दिँदा २-१ गोलले पराजित हुदै सहारा क्लबको यात्रा उदघाटनबाट अघि बढ्न सकेन् । खेलको ६ औं मिनेटमा गोल गर्दै थ्रीस्टारले सहारालाई दबावमा राख्यो । पहिलो फ्रिकिकलाई सदुपयोग गर्ने क्रममा दिपेश आलेमगरको क्रसपासलाई थ्रीस्टारका कप्तान योगेश गुरुङले सिक्सयार्ड बक्सबाट गोल… पुरा पढौ

सहारा र थ्रीस्टार भिडदै

पोखरा-वर्षदिनको पखाईपछि पोखरा रंगशालामा फुटबलको रौनक शुरु हुदैं छ । सहारा क्लबद्वारा आयोजित २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवात हुदैं छ । सहारा क्लब आफैं उदघाटन खेल खेल्दै गोल्डकपको यात्रा थाल्ने छ । सहारा क्लबले उदघाटन खेलमै थ्रीस्टार क्लबसँग खेल्दै छ । दुवै टोलीले जितको खोजीमा रहने छन् । यद्यपी थ्रीस्टारले उदघाटन खेल जित्दै सहारालाई घरेलु मैदानमा निराश बनाउने लक्ष्यमा हुदाँ आयोजक सहारा क्लबले पनि उत्कृष्ट नजितासँगै क्वार्टरफाईनल खेल्ने अभिलाषा बोकेको छ । क्लबले आफनै एकेडेमीसहित राजधानीका खेलाडीलाई… पुरा पढौ

उदघाटनमै थ्रीस्टारको सामना गर्दै सहारा

पोखरा-सहारा क्लबले उदघाटन खेलमै थ्रीस्टार क्लबसँग खेल्दै २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवात गर्ने छ । दुवै टोलीले जितको खोजीमा रहने छन् । यद्यपी थ्रीस्टारले उदघाटन खेल जित्दै सहारालाई घरेलु मैदानमा निराश बनाउने लक्ष्यमा हुदाँ आयोजक सहारा क्लबले पनि उत्कृष्ट नजितासँगै क्वार्टरफाईनल खेल्ने अभिलाषा बोकेको छ । क्लबले आफनै एकेडेमीसहित राजधानीका खेलाडीलाई टोलीमा समावेश गरेको छ । कप्तान सुशिल लामाले गर्ने छन् । गोलकिपरको भूमिकामा सुदुर पश्चिमका टेकेन्द्र थापा देखिने छन् । अमृत तामाङ, पासाङ(काठमाडौं), आशिष गुरुङ(बुटवल)सहित मुकुन्द… पुरा पढौ

एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष समापन

पोखरा-कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा शुरु भएको एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्षको समापन भएको छ । पहिलो चरणको मंसिर २० गतेदेखि २६ गतेसम्म र दोस्रो चरणको पुस २२ गतेदेखि २६ गतेम्म पोखरा रंगशालामा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणमा विभिन्न जिल्ला र क्लबका गरी २४ जनाको सहभागिता रहेको थियो । दुई चरणको प्रशिक्षणमा प्रमुख प्रशिक्षक(शिक्षा) सन्जित सिंह र प्राविधिक निर्देशक हरि खड्काले प्रशिक्षण दिएका थिए । राष्ट्रिय खेलाडी, डी लाईसेन्स प्राप्त प्रशिक्षकले(कम्युनिटी कोर्ष गरेकोले)… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबले गर्यो आफनो पूर्व क्लब सदस्यलाई सम्मान

पोखरा-गण्डकी स्पोर्टस क्लबले आफना तीन जना पूर्व क्लब सदस्यसदलाई आज विशेष सम्मान गरेको छ । क्लबले गर्दै आएको गतिविधिमा आर्थिक सहयोग जुटाएका क्लबका पुर्व फुटबल खेलाडी पारस कुँवर,सचिन बाटाजू र दिपेश श्रेष्ठलाई विशेष सम्मान गरिएको हो । क्लबका अध्यक्ष उमेश सिकेले खादा लगाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । क्लबले सदस्यहरुलाई पुर्नताजगि बनाई राख्न बनभोज कार्यक्रम समेत गर्यो । बनभोज कार्यक्रममा क्लबले आफनो वार्षिक गतिविधि सहित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । पोखराकै पुरानो मध्येको गण्डकी स्पोर्टस क्लब लामो समय… पुरा पढौ

पोखरामा फुटबलको सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु

पोखरा-कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा बुधबारदेखि पोखरामा सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु भएको छ । कोचिङ कोर्ष एन्फाको वर्षेनी कार्यक्रम अन्तर्गत हो । एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई जिम्मेवारी दिएपनि एएफसीबाट स्वीकृति नहुदाँ कोचिङ कोर्ष कार्यान्वयनमा आउन सकेको थिएन् । एन्फाकै अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि कोचिङ कोर्ष अन्यौलमा परेको थियो । केही दिन अघि मात्रै हेटौडामा सम्पन्न भएको विशेष अधिवेशनले एन्फा अध्यक्ष नेम्वाङको पक्षमा विश्वासको मत प्राप्त भएपछि कोचिङ… पुरा पढौ

एलजी एसोसिएसनलाई लामाचौर कपको उपाधि

पोखरा-पोखराको लामाचौरमा आयोजित प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को उपाधि एलजी एसोसिएसनले जितेको छ । एलसी ब्रदर्स युनाइटेड आयोजनामा लामाचौरस्थित गोस्ते खेल मैदानमा भएको फाईनलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा पराजित गदैै उपाधि जित्यो । च्याम्पियन बनेको एलजीले नगद २ लाख रुपैयाँसहित ट्रफी उचाल्यो । उपविजेता एन टुले १ लाख रुपैयाँ प्राप्त गर्यो । निर्धारित समयमा १–१ को गोलको बराबरीमा रोकियो । खेलको निर्णय टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडनडेथमा गयो । सडन डेथमा… पुरा पढौ

सी लाईसेन्स कोचिङ कोर्ष आगामी मंसिर २० गतेदेखि

पोखरा-कास्की जिल्ला फुटबल संघले आगामी मंसिर २० गते सी लाईसेन्स प्रशिक्षक कोर्ष गर्ने तयारी गरेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यक्रम अन्तर्गत सी लाईसेन्स प्रशिक्षक कोर्ष आयोजनाको जिम्मेवारी कास्की जिल्ला फुटबल संघले पाएको हो । यस अघि एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई प्रशिक्षक कोर्षको जिम्मेवारी थमाएको थियो । एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई जिम्मेवारी दिएपनि एएफसीबाट स्वीकृति नहुदाँ कोर्ष कार्यान्वयनमा आउन सकेको थिएन् । एन्फाकै अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रशिक्षक कोर्ष अन्यौलमा परेको थियो ।… पुरा पढौ

फुटबलका महारथी श्याम थापाद्वारा सहारा एकेडेमी भ्रमण

पोखरा-श्याम थापा । दक्षिण एशियली फुटबलका महारथी । उनै फुटबलका दिग्गज श्याम थापाले पोखराको सहारा एकेडेमी भ्रमण गरेका छन् । आईतबार पोखरा–१७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् । अवलोकनपछि थापाले एकेडेमीका रहेको बालकहरुलाई फुटबलर बन्न प्रेरित गरे । उनले राष्ट्रिय फुटबल खेलाडी बन्न उत्प्रेरणा दिए । थापाले सहारा क्लबले खेलाउने गोल्डकपमा शसक्त टिम सहभागि गराउने प्रतिबद्धता समेत जनाए । एकेडेमी व्यवस्थापन उपसमिति संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमीको उद्देश्यमाथि प्रकाश पारेका… पुरा पढौ