⚽ फुटबल

कमब्याक जितले पनि रियल ला लिगा उपाधि विमुख

एजेन्सी-भिल्ला रियललाई पराजित गरेपनि रियल मड्रिडले ३५ औं स्पेनिस ला लिगा जित्नबाट बन्चित भएको छ । एट्लेटिको मड्रिडले रियल भालाडोलिडलाई पराजित गरेपछि उपाधि पक्का बनाउँदा रियलको जितले प्रभावकारी हुन सकेन् । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै संघर्षपूर्ण जित निकालेको रियल अन्तत ८४ अंकसहित दोस्रो स्थानमा रहँदै सिजन २०२०-२०२१ टुग्याएको छ । जितेर पनि उपाधि उचाल्न नपाउँदा निकै निराश बन्न पुगेको थियो । एरेमी पिनोले २० औं मिनेटमा गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । तर अन्तिम पाँच मिनेटमा रियलले नाटकीय… पुरा पढौ

एट्लेटिकोलाई स्पेनिस ला लिगा

एजेन्सी-दोस्रो हाफमा उत्कृष्ट पुनरामन गर्दै एट्लेटिको मड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि उचालेको छ । अन्तिम तथा निर्णायक खेलमा लुईस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई दुई अंकले पछि पार्दै उपाधि आफनो पोल्टामा पारेको थियो । एक समय एट्लेटिको मड्रिडले पछि परेको अवस्थामा उपाधि रियलको नाममा लेखिने सम्भावना देखिएको थियो । यद्यपी दोस्रो हाफमा पुनरागमन गरेको एट्लेटिकोले उपाधि जित्दै ११ पटक ला लिगा आफनो नाममा लेखायो । यस अघि एट्लेटिकोले २०१३-१४ मा मात्रै ला लिगाको उपाधि जितेको थियो । ७… पुरा पढौ

उपाधि निर्णायक खेलको प्रतिक्षा

एजेन्सी-स्पेनिस ला लिगको उपाधि छिनो फानो आज मध्यरातमा हुदैं छ । एट्लेटिको मड्रिड र रियल मड्रिड उपाधिको लागि फरक प्रतिस्पर्धीसँग खेल्दै छन् । हार दुवै टोलीलाई क्षम्य हुदैन् । रियल मड्रिडले भिल्ला रियलसँग घरेलु मैदानमा नेपाली समय अनुसार पौन १० बजे खेल्ने छ । भिल्ला रियल युरोपा लिगको लागि स्थान बनाउन रियललाई जित्नै पर्ने छ । रियल भने ला लिगा जित्न भिल्लारियललाई पराजित गरेर ३ अंक जोड्दै उपाधि आफनो नाममा लेखाउन चाहन्छ । भिल्ला रियल ७ औं स्थानमा छ ।… पुरा पढौ

भारतमा सन २०२२ मा यु-१७ महिला विश्वकप

एजेन्सी-फिफा यु-१७ महिना विश्वकप आगामी वर्ष भारतमा आयोजना हुदैं छ । सन २०२० मा आयोजनाको मिति तय गरेपछि कोरोना भाइरसको महामारीले दुई पटक मिति सारिसकेको छ । फिफाको परिषदले जनाएर अनुसार आगामी वर्ष २०२२ अक्टोबर ११ देखि ३० सम्म हुने छ । फिफाको ७१ औं कँग्रेस बैठकले नयाँ मितिलाई स्वीकृति दिएसँगै आगामी वर्ष भारतमा यु-१७ महिला विश्वकप हुने छ । फिफाको परिषदले २०२२ मा भारतमा यु-१७ महिला विश्वकप, फिफा यु -२० विश्वकप कोष्टरिकामा आयोजना हुने मिति स्वीकृत गरेको हो ।… पुरा पढौ

फुटबल प्रशिक्षक विल तामाङको निधन

पोखरा-फुटबलको एकेडेमी(टेर्निङ सेन्टर) खोल्ने सपना सधैंको लागि अधुरो रह्यो । हङकङबाट डेढमहिना अघि मात्रै स्वदेश फर्किएका फुटबलर एवं प्रशिक्षक विल तामाङले मंगलबार मानवचोलाबाट विश्राम लिए । स्वास्थ्यमा समस्या आएपछि गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको थियो । कोभिड संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि तामाङ गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको सहारा क्लब पोखराले जनाएको छ । उनकै सक्रियतामा सहारा क्लब हङकङ समेत गठन गरिएको थियो ।उनको निधनले फुटबल क्षेत्रमा अपुरणीय क्षति पुगेको छ… पुरा पढौ

एटलेटिको जितमा स्वारेजको निर्णायक गोल

एजेन्सी-खेल सकिन अन्तिम आठ मिनेटमा नाटकीय रुपमा दुई गोल गर्दै एटलेटिको मड्रिडले स्पेनिस ला लिगा उपाधिको सम्भावना प्रबल बनाएको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मड्रिडले ओसासुनालाई २-१ ले पराजित गर्दै उपाधि सम्भावना बलियो बनाएको हो । अन्टे बुडिमिरले ७५ औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाउँदै मड्रिडमाथि दबाव शुरु गर्यो । तर खेलमा फर्किने कोशिसमा जुटेको मड्रिडले ८२ औं मिनेटमा रेनन लोडीको गोलसँगै मड्रिड खेलमा फर्कियो । निकै प्रतिस्पर्धात्मक खेलमा लुईस स्वारेज भने निर्णायक बने । उनको… पुरा पढौ

सेल्टिकसँगको हारसँगै बार्सिलोना ला लिगा उपाधि होडबाट बाहिरियो

एजेन्सी-बार्सिलोना सेल्टिक भिगोसँग पराजित हुदैं स्पेनिस ला लिगा च्याम्पियन बन्ने सपना अधुरै रहेको छ । जित्नै पर्ने दबावमा रहेको बार्सिलोना सेल्टा भिगोसँग २-१ गोलमा पराजित भएपछि उपाधि सपना यो वर्ष अधुरै रहन पुग्यो । उपाधि यात्रामा रहेको बार्सिलोना अघिल्लो खेलमा समेत बराबरीले केही आत्मविश्वासी देखिएपनि सेल्टिकसँग पराजित हुदाँ आईतबार राती स्पेनिस ला लिगाबाट टाढा रह्यो । अन्तिम खेलको समीकरण बाँकी हुदाँ बार्सिलोना ७ अंकले पछि परेको छ । शीर्षस्थानको एट्लेटिको मड्रिड ८३ अंकसहित उपाधि होडमा छ । उसलाई रियल मड्रिडले… पुरा पढौ

काठमाडौं रेजर्स नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं । काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।निकै रोमाञ्चक बनेको खेलमा शनिबार धनगढी एफसीलाई १–० ले पराजित गर्न विदेशी खेलाडी मेसौके ओलोमोउकोले गरेको गोल निर्णायक रह्यो । मेसौकेले खेलको २२ औं… पुरा पढौ

काठमाडौं फाइनलमा, उपाधिका लागि धनगढीसँग खेल्ने

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो । अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन् । यस्तै स्टेफेन बिनोङले काठमाडौं रेजर्सका… पुरा पढौ

च्याम्पियन्स लिगको फाइनल खेल स्थल परिवर्तन

पेरिस, वैशाख ३० (एएफपी)– प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटी र चेल्सीबीच हुने च्याम्प्यिन्स लिगको फाइनलको खेल स्थल इस्तानबुलबाट पोर्तोमा सरेको आयोजक युईएफएले बिहीबार बताएको छ । मे २९ तारिखका दिन तय भएको प्रतियोगितामा ब्रिटेन सरकार र टर्कीको सरकारले गरेको कोरोना भाइरसको कारण बन्द गरेको आवत जावत बन्दको कारण प्रतियोगिताको स्थल परिवर्तन भएको हो । जारी सिजन २०२०–२१ अन्तर्गत युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको राजधानी इस्ताबुलबाट पोर्चगलको पोर्तोमा सारिएको आयोजकले जनाएको हो । ‘हामीले व्रिटेन सरकारको निर्णयलाई मानेका छौं… पुरा पढौ