⚽ फुटबल

इटालीको लगातार दोस्रो जित, अन्तिम १६ मा प्रवेश

एजेन्सी । युराेकप २०२० मा उपाधि दाबेदार इटाली लगातार दाेस्राे जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई ३-० ले पराजित गरेकाे हाे । ओलम्पिक स्टेडियममा म्यानुएल लोकाटेलीको दुई गोल तथा सिरो इम्मोबिलेको एक गोल गरेका थिए । १९ औं मिनेटमा कप्तान जर्जियो किएलिनीले गोल गरेका थिए । गाेलकाे खुसियाली मनाएपनि भीएआरले उक्त गोललाई मान्यता दिएन । लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएका थिए । उक्त बल नियन्त्रण गर्नेक्रममा उनको… पुरा पढौ

टर्कीविरूद्ध वेल्सको शानदार जित

एजेन्सी । जारी युरोकप २०२० फुटबलमा वेल्सले मा पहिलो जित दर्ता गरेको छ । बुधबार राति समूह ‘ए’ अन्तर्गत भएको खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो । वेल्सले आफ्नाे पहिलाे खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । दुवै गाेलकाे लागि भने माैका कप्तान ग्यारेथ बेलले जुराइदिएका थिए । २४ औं मिनेटमा बेलकै पासमा राम्सीले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएकाे… पुरा पढौ

रसियासँग फिनल्याण्ड स्तब्ध

सेन्ट पिट्सबर्ग (एजेन्सी)– अघिल्लो खेलमा डेनमार्कलाई पराजित गरेर उत्साहित बनेको फिनल्याण्ड रसियासँग स्तब्ध बनेको छ । पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक बन्दा रसियाले फिनल्यान्डलाई हराउँदै युरोकप २०२० मा पहिलो जित निकालेको छ । सेन्ट पिट्सबर्गमा भएको प्रतिस्पर्धामा रसियालाई १–० ले रोक्दै जारी प्रतियोगितामा पहिलो सफलता पाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता लिनु पूर्व दुबै टोलीले गोलका लागि केही अवसर सिर्जना गरेका थिए । केही अवसरमा स्ट्राइकर चुके भने केही राम्रा प्रहारलाई दुबै टोलीका गोलकिपरले उत्कृष्ट… पुरा पढौ

नेपाललाई एशियन कप खेल्ने मौका

पोखरा- एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचा अनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ । एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको… पुरा पढौ

स्लोभाकियाले विजयी सुरुवात गर्दा स्पेन स्विडेनसँग बराबरीमा रोकियो

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटवलमा स्लोभाकिया विजयी सुरुवात गर्दा स्पेन स्विडेनसँग बरावरीमा रोकिएको छ । स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी प्रतियाेगितामा सुखद सुरुवात गरेको छ  । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो  । तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो… पुरा पढौ

अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियाे

एजेन्सी ।  ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना चिलीसंग बराबरीमा रोकिएको छ । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै लिएको अग्रता जोगाउन नसक्दाँ अर्जेन्टिना पहिलो खेलमानै अंक बाढ्न बाध्य भयो। खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १-१ गोलको बराबरीमा फर्काए  । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् । यस बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक एक… पुरा पढौ

चेक रिपब्लिकले जित निकाल्दा प्याट्रिक नायक

एजेन्सी- प्याट्रिक शिक चम्किएपछि चेक रिपब्लिकले युरोकप–२०२० मा सोमबार स्कटल्यान्डविरुद्ध २–० को रोमाञ्चक जित निकालेको छ । सन् १९९८ पछि पहिलो पटक युरोकप फुटबल खेलेको घरेलु टोली स्कटल्यान्डमाथि २–० को रोमाञ्चक जित निकाल्दै चेक रिपब्लिकले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।ह्याम्पडेन पािर्कमा भएको खेलमा चेक रिपब्लिकले पहिलो हाफमा पहिलो र दोस्रो हाफमा दोस्रो गोल गरेको हो । सन १९९८ पछि स्कटल्यान्ड युरो कप २०२० मार्फत प्रमुख प्रतियोगितामा पुनरागमन गरे पनि सुरुआत राम्रो हुन सकेन । १९९८ मा स्कटल्यान्ड फ्रान्समा भएको… पुरा पढौ

ईग्ल्याण्डको जितमा स्ट्रलिङको निर्णयक गोल

पोखरा-म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङको निर्णायक गोलमा युरो कप अन्तर्गत ईग्ल्याण्डले क्रोएसियामाथि १-० गोलको नजिता निकाल्दै सुखद शुरुवात गरेको छ ।पहिलो हाफमै इग्ल्याण्डको क्रसबारमा लागेर रिवाउण्ड हुदाँ स्पष्ट अग्रता लिनबाट बन्चित भएपछि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ५७ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै अग्रता दिलाए । जुन गोल अन्तत इग्ल्याण्डको लागि निर्णायक गोल बन्न पुग्यो । काल्भिन फिलिप्सले डिबक्सभित्र दिएको छोटो पासलाई स्ट्रलिङले गोल गर्दै घरेलु मैदानमा अग्रता दिलाएका हुन् । ६१ औं मिनेटमा पनि इग्ल्याण्डले महत्वपूर्ण… पुरा पढौ

रसियामाथि बेल्जियमको सहज जित

पोखरा-रोमेलु लुकाकुको प्रेरणादायी खेलमा गएराती बेल्जियमले युरोकपको पहिलो खेलमा रसियालाई ३-० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा छ । पहिलो हाफमै दुई गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित बनाएको थियो । दशौं मिनेटमा लुकाकुले बेल्जियमका लागि अग्रता दिलाए । बायाँ खुट्टाको प्रहार सिधै पोष्टभित्र बल छिरेपछि बेल्जियमको लागि युरोकपको पहिलो गोलको खुशी मनायो । त्यसभन्दा अघि बेल्जियमले फ्रिकको अवसरलाई गुमाएको थियो । पहिलो गोलसँगै रसियाले पनि गोलको अवसर सृजना गर्यो । तर बलले पोष्टको दिशा लिन… पुरा पढौ

बेल्स र स्वीटजरल्याण्ड बराबरी

पोखरा-युरोकप अन्तगर्त शनिबार साँझ वेल्सले स्वीट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । गारेथ बेलको नेतृत्वमा रहेको वेल्सले कमब्याक गोल गर्दै बराबरी खेल्न पुग्यो । पहिलो हाफ दुवै गोलरहित खेले । तर दोस्रो हाफ शुरु भए लगत्तै स्वीट्जरल्याण्डले गोलको खडेरी तोड्दै अग्रता लियो । हेरिस सेफेरोभिचको पासमा ब्रिल एम्बोलोले ४९ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा बेल्सले गोल फर्काउँदै बराबरीमा ल्यायो । बराबरीले खेल निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो । जोय मोरेलको कर्नर पासमाा… पुरा पढौ