⚽ फुटबल

टर्कीमाथि इटालीको सानदार जित

पोखरा-गएरातीदेखि शुरु भएको युरोकपको उदघाटन खेलमा पूर्व विश्वकप विजेता इटालीले टर्कीलाई ३-० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ । आफनै घरेलु मैदानमा टर्कीमाथि सहज जित दर्ता गर्ने क्रममा उपहार गोलबाट इटाली अघि बढेको थियो । युरोकप युरोपका विभिन्न ११ देशमा आयोजना गरिएको छ । पहिलो हाफ गोलरहित टुंगिएको थियो । तर दोस्रो हाफको दशमिनेट वित्न नपाउँदै आत्मघाती गोलको उपहार इटालीले पाउँदै भाग्यमानी बन्न पुग्यो । पहिलो आत्मघाती गोलले सम्हालिन कठिनाई भएको टर्कीले लगातार थप दुई गोल खाँदै हारसँगै युरोकप… पुरा पढौ

नेपालद्वारा चाइनिज ताइपेई २–० ले पराजित

काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकालेको छ । दशरथ रंगशालामा हुनु पर्ने खेल कोरोना भाइरसकाका कारण तटस्थ स्थल कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा सञ्चाल भएको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको हो । यस अघि पहिलो लेगमा पनि नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २–० को जित निकालेको थियो । बिहीबार पनि नेपालले सोही नतिजा निकाल्न सफल भएको हो । पहिलो… पुरा पढौ

भोलि नेपालले चाईनिज ताईपेइसँगै खेल्ने

पोखरा – भोलि नेपालले चाइनिज ताइपेइको सामना प्रतिस्पर्धा गर्दै छ । नेपालले चाइनिज ताइपेइविरुद्ध खेल्दै कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत शुक्रबार खेल्ने छ । पहिलो लगेमा चाईनिज ताईपेइलाई पराजित गदैए ३अंक जोडेको नेपालले भोलिको खेलमा पनि जित निकाल्ने आत्मविश्वाससहित मैदानमा उत्रिने छ । विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरेर नेपालले हालसम्म एक खेलमा मात्र जित निकालेको छ । चाईनिज ताईपेई फिफा वरियताको १ सय ४१ औ स्थानमा… पुरा पढौ

सिटीलाई हराउँदै चेल्सीले उचाल्यो उपाधि

एजेन्सी । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई स्तब्ध बनाउँदै चेल्सीले युरोपको सबै भन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि उचालेको छ । पोर्तोमा गए राति भएको प्रतिस्पर्धामा चेल्सीले सिटीलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचालेको हो । यो सँगै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने मौका गुमाएको छ भने चेल्सीले दोस्रो पटका च्याम्पियन्स लिगको उपाधि उचालेर इतिहास रेचेको छ । पोर्चुगलस्थित पोर्टोमा चेल्सीलाई उपाधि जिताउन काइ हार्भट्जले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा मासोन माउन्टको पासमा गोल गर्दै… पुरा पढौ

इराकसँग नेपाल पराजित, डेब्यु खेलमा मनिष डाँगीकाे गाेल

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालमाथि इराकले फराकिलो जित दर्ता गरेको छ । शनिबार राति इराकको मैदानमा भएको खेलमा घरेलु टोलीले नेपालमाथि ६–२ गोलको जित दर्ता गरेको हो । इराकस्थित अल बस्रामा खेलको सातौँ मिनेटमा आला अब्दुलले गोल गर्दै इराकलाई सुरुआती अग्रता दिलाएका थिए । आठौँ मिनेटमा साफा हादीले आत्मघाती गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो । २९औँ मिनेटमा आजै सिनियर टिममा डेब्यु गरेका मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलको अग्रता दिलाए । खेलको ३९औँ मिनेटमा इराकका मोहम्मद ओबाइदले… पुरा पढौ

शनिबार इराकसँगै मैत्रीपूर्ण खेल खेल्दै नेपाल

पोखरा-तीन दिन अघि इराक पुगेको नेपाली फुटबलको राष्ट्रिय टोली शनिबार मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसको लागि टोलीले प्रशिक्षण गर्दै आन्तरिक तयारीको रणनीति बुन्न व्यस्त छ । विश्वकप र एएफसी एशियन कपको छनोटको लक्ष्यसहित नेपाली टोली इराक प्रस्थान गरेको हो । नेपालले शनिबार १०३ स्थान माथि रहेको इराकसँग खेल्दै अनुभव सँगाल्ने छ । आशा र विश्वास एकैसाथ छ । इराकसँगको खेलमा उत्कृष्ट नतिजा आत्मसात गर्ने छ । त्यसपछि विश्वकप र एशियन कपको छनोटको लागि कुवेत जाने छ । टोलीमा अधिकांश… पुरा पढौ

युनाईटेडलाई हराउँदै भिल्लारियाल च्याम्पियन

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडलाई हराउँदै स्पेनिस क्लब भिल्लारियालले युरोपा लिगको उपाधि उचालेको छ । सडेन डेथमा युनाइटेडलाई ११–१० ले स्तब्ध बनाउँदै भिल्लारियालले उपाधि उचालेको हो । रोमाञ्चक जित निकालेको भिल्लारियालले क्लबको इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि उचाल्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरित्त समय तिर धकेलिएको खेलमा कुनै गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा दुवै टोलीका सुरुवाती १०–१० प्रहार गोलमा परिणता भएका थिए । त्यसपछि… पुरा पढौ

नेपाली टोली इराक प्रस्थान

काठमाडौ-इराकसँगको मैत्रिपूर्ण खेल र विश्व कप तथा एएफसी एसियन कपको छनोट खेल खेल्नका लागि नेपाली राष्ट्रिय टोली आज इराक तर्फ प्रस्थान गरेको छ । इराकसँग मैत्रिपूर्ण खेल खेलेर कुवेतामा हुने छनोट खेल खेल्न ३५ सदस्यीय नेपाली टोली आज इराक जान लागेको हो । कतार एयरवेजमार्फत जाने नेपाली टोली आजै राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ । कुवेतका प्रशिक्षकको प्रशिक्षणबाट नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गर्न लागेको हो । अन्र्तराष्ट्रिय तालिका अनुसार जेठ १५ गते इराकसँग… पुरा पढौ

लुका मोडरिचको सम्झौता लम्बियो

एजेन्सी- रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचले स्पेनिस क्लब रियाल मड्रिडको बसाईका लागि मंगलबार सम्झौता लम्बाएका छन् । ३५ वर्षिय क्रोएसियका अन्तर्राष्ट्रिय खेलाडी मोडरिचले आगामी सिजन सम्मका लागि मंगलबार सम्झौता नविकरण गरेका हुन् । मोडरिचले क्लब बसाईलाई लम्बाएको मंगलबार रियाल मड्रिडले जनाएको हो । २०१८ को बालोन डि‘ओर उपाधि जितेका मिडफिल्डर मोडरिचले रियाल मड्रिडका लागि ३ सय ९१ खेल खेलेका छन् । मोडरिच २०१२ मा प्रिमियर लिग क्लब टोटेनह्यामबाट रियालमा अनुबन्ध भएका थिए । २००६ देखी क्रोएसियाको राष्ट्रिय टोलीबाट खेलेका मोडरिच… पुरा पढौ

समूह एफमा तीन पूर्व च्याम्पियनसहित हंगेरी

पोखरा-युरोकप नजिकिदै गएको छ । युरोकपपको मिति नजिकिदैं गर्दा समूह सार्वजनिक भईसकेको छ । सार्वजनिक गरिएको समूह एफ भने ग्रुप अफ डेथ जस्तै छ । समूह एफमा तीन युरोकप च्याम्पिन देशहरु परेका छन् । फ्रान्स, जर्मनी र पोर्चुगल छन् । उनीहरुसँगै हगेरी छ । शीर्ष दुई क्वाटरफाईनल प्रवेश गर्दा अर्को एक टोलीले भने अन्तिममा क्लालिफाईको लागि खेल्ने छ । युरोपमा चल्ने ईग्ल्याण्डको प्रिमियर लिग स्पेनिस ला लिगा, जर्मनको बुण्डेसा लिगा, फ्रान्सको लिगा वान, इटालीको इटालियन सिरी ए टुंगिने अवस्थामा छन्… पुरा पढौ