⚽ फुटबल

चैत तेस्रो साता आहा रारा गोल्डकप

पोखरा-आहा रारा गोल्डकपको १९ औं सस्करण आगामी चैतको १७ गतेदेखि शुरु हुने मिति तय गरिएको छ । फाईनल २८ गते हुने छ । सहारा क्लबले आन्तरिक तयारीलाई टुग्याउँदै चैतको तेस्रो साता आयोजना गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)सँग मिति मागेको थियो । मागेको मितिलाई एन्फालाई कार्यान्वयन गर्दै क्लबलाई आहा रारा गर्ने स्वीकृति दिएपछि क्लबले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गोल्डकपमा भाग्यमानी दर्शकले मात्रै हेर्ने पाउने छन् । सिट भन्दा आधा दर्शक राखेर प्रतियोगिता सञ्चालन गर्ने निर्णय समेत क्लबले गरेको… पुरा पढौ

महिला लिगः एपिएफको लगातार पाँचौ जित

काठमाडौं- सावित्रा भण्डारीले गोल गर्ने लयलाई शनिबार पनि निरन्तरता दिँदा राजधानीमा जारी महिला राष्ट्रिय लिगमा एपिएफले लगातार पाँचौ जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले मोफसलको टोली वालिङ नगरपालिका स्याङ्जामाथि ३–० को जित निकाल्दैं शनिबार पनि जितको लयलाई निरन्तरता दिएको हो । एपिएफको जितमा सावित्राले दुई गोल गर्दा प्रिति राईले एक गोल आफ्नो नाममा लेखाइन् । विदेसी खेलाडी सहित मैदान उत्रिएको वालिङले एपिएफलाई रोक्ने लक्ष्य राखे पनि असफल रह्यो… पुरा पढौ

हेटौंडा गोल्डकप- हर्दी र दूधौली विजयी

हेटौंडा-हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको खेलमा हर्दी युवा समाज चितवन र दूधौली स्पोर्टस् क्लब सिन्धुली विजयी भएका छन् । हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा भएको खेलमा चितवनले बीरगञ्ज युनाइटेडलाई २–० र सिन्धुलीले बीरगञ्ज युथ एकेडेमीलाई पेनाल्टी सुटआउटमा मा ४–२ गोलअन्तरले पराजित गरेको हो । विजय युथ क्लब हेटौंडाको आयोजनामा जारी प्रतियोगितामा चितवनको जितमा निरज चौधरीले सातौं मिनेटमा र सुरेश कुमालले १३ औं मिनेटमा गोल गरेका थिए । चितवनको सुरेश म्यान अफ दी म्याच घोषित भए । निर्धारित समय १–१ गोलको… पुरा पढौ

चन्द्रपुरमाथि आर्मीको रवाफिलो जित

काठमाडौं- शर्मिला थापा र रश्मी गुरुङले चार-चार गोल गरेपछि महिला राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली चन्द्रपुर नगरपालिका रौतहटमाथि रवाफिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जित निकालेको हो । आर्मीले तेस्रो मिनेटमा विमला चौधरीको गोलबाट खाता खोलेको थियो । १५औं मिनेटमा शर्मिला थापाले पहिलो गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन । बलको लागि संघर्ष गर्दै आर्मी र रौतहटका खेलाडी । मोफसलको… पुरा पढौ

गजराज जोशी कपको उपाधि वडा नं २ लाई

काठमाडौं- वडा नम्वर २ ले टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डंगोलले गोल गर्दै वडा नम्वर २ लाई अग्रता दिलाएको थियो । ६७औं… पुरा पढौ

एपिएफ र वालिङ विजयी

काठमाडौं-सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा दिन बिहीबार एपिएफले जित निकाल्दा अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित दर्ता गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनेको दोस्रो खेलमा एपिएफलाई जित दिलाउँन सावित्रा एक्लैले तीन गोल गरेकी हुन् । पुलिसमाथि सुरुआतबाट नै दबाब सिर्जना गरेको एपिएफका लागि सावित्राले ३२औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यससँगै सावित्राको प्रतियोगितामा तेस्रो ह्याट्रिक गरिन् । लगातार चार खेलमा स्पष्ट जित निकालेको एपिएफको अंक… पुरा पढौ

प्रिमियर लिगः पुछारको शेफिल्डसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

एजेन्सी । शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ ले पराजित भएको हो । पुछारको टिम शेफिल्डका लागि २३ औँ मिनेटमा किन ब्रायन तथा ७४ औँ मिनेटमा ओलिभर बर्कले गोल गरेका हुन् । म्यानचेस्टर युनाइटेडका लागि ६४ औँ मिनेटमा ह्यारी मागुइरीले गोल गरे । हारपछि पनि दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलबाट ४० अंक भएको छ । शीर्ष… पुरा पढौ

मेस्सीको गोलमा बार्सिलोना क्वार्टरफाइनलमा

एजेन्सी, माघ १५ । लियोनल मेस्सीसहितको गोलको सहयोगमा जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गरेको हो । घरेलु टोली भालेकानोका लागि ६३ औँ मिनेटमा गार्सिया टोरेसले गोल गरेर सुरुवाति अग्रता दिलाए । प्रतिबन्ध सकिएपछिको पहिलो खेलमा मेस्सीले ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे । मेस्सीले क्लब खेल जीवनको इतिहासमा पहिलो रातो कार्डका कारण दुई खेलको प्रतिबन्ध भोगेका थिए… पुरा पढौ

महिला लिग फुटबलः विराटनगरको पहिलो जित

काठमाडौं, माघ १४ । कुशुम खतिवडाको ह्याट्रिकको मद्दतमा बुधबार विराटनर महानगरपालिका मोरङले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा बुधबार सुखद नतिजा निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि ५–० को फराकिलो जित निकाल्दा कुशुमले ह्याट्रिक पूरा गर्दा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । कुशुमको अलावा अनु राई र सरिता शेर्पाले एक÷एक गोल गरे । कुशुमको ह्याट्रिक सँगै जारी प्रतियोगितामा पाँचौ ह्याट्रिक भएको छ । एपिएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला… पुरा पढौ

आर्मी एपीएफसँग पराजित

काठमाडौं-त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो । यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो ।- एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफका लागि अञ्जली योनजन र सरुलिम्बुले पहिलो हाफमा गोल गरेका… पुरा पढौ