पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित हिमालयन गल्फ क्लब मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । शनिबार १८ होलको पार ६९ कोर्षमा भक्तराजले ४४ अंकसहित मे महिनाको मन्थ्ली मेडल आफनो नाममा लेखाए । उनले लगातार दोस्रो पटक मन्थ्ली मेडलको उपाधि आफनो नाममा लेखाएका हुन् । फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा सन्देश सिग्देल उपविजेता बने । उनले ३७ स्कोर गरेका थिए । ग्रस तर्फको उपाधि इन्सपेक्टर जीवाराम गुरुङले जिते । विजेताहरुलाई व्रिटिस क्याम्प पोखराका मेजर डेविड कार्टरले पुरस्कार प्रदान…
पुरा पढौ