⛳ गल्फ

दोस्रो पोखरा एमेच्योर गल्फको उपाधि काठमाडौंका पोखरेललाई

पोखरा-काठमाडौंका दिपक पोखरेलले पोखरामा आयोजित पोखरा एमेच्योर गल्फ प्रतियोगिताको दोस्रो संस्करण उपाधि आफनो नाममा लेखाउनुभएको छ । उहाँले पोखरा १४ मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतियोगितामा गल्फर पोखरेलले ३९ स्कोरसहित उपाधि जित्दै नगद १५ हजार प्राप्त गर्नुभयो । स्ट्रोक प्ले, स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्यापमा खेलाइएको प्रतिस्पर्धामा काठमाडौका पूर्व सिंगापुरे विश्वमोहन गुरुङ हुदाँ तेस्रो स्थानमा भने पोखराका बलराम थापाले प्राप्त गर्नुभयो । नेट तर्फको प्रतिस्पर्धामा उपविजेता तथा तेस्रो स्थान प्राप्त गर्नुहुने गल्फरलाई नगद १० र ५ हजार रुपैयाँ… पुरा पढौ

पुष पहिलो साता दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता

पोखरा-कास्की जिल्ला गल्फ संघको आयोजनामा आगामी पुष ४ र ५ गते दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता हुने छ । पोखरा १४ मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा हुने प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, महोत्तरी, युके तथा सिंगापुरबाट गरी ७० गल्फरले सहभागिता जनाउने छन् । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ । पुरुष टिम इभेण्ट, महिला खुल्ला, सिनियर विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । क्लोजेष्ट टु दि पीन, लङ्गेष्ट ड्राइभ र सर्वाधिक बर्डी हिर्काउने गल्फरलाई समेत नगद पुरस्कार प्रदान गरिने… पुरा पढौ

गीता गुरुङलाई नोभेम्बर गल्फ मन्थ्ली मेडल

पोखरा-नोभेम्बरको मन्थ्ली मडेल गल्फको उपाधि गीता गुरुङले जितेकी छन् । उनले पाँच अण्डर ४१ अंकसहित उपाधि आफनो लेखाईन् ।उपविजेता भने दिप्सन लामा भए । उनले १ अण्डर ३७ को कार्ड बनाएका थिए । स्टेबल फोर्ड फूल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा ग्रस तर्फ इन्स्पेक्र जीवाराम गुरुङ बने । पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धाका विजेतालाई व्रिटिस क्याम्प पोखराका टु वाईसी क्याप्टेन बेलबहादुर गुरुङले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

लामालाई गल्फको अक्टोबर मन्थ्ली मेडल

पोखरा-अक्टोबर मन्थ्ली मेडल गल्फको उपाधि दिप्सन लामाले जितेका छ । हिमालयन गल्फ कोर्ष पोखरा १४ मझेरीपाटनमा भएको प्रतिस्पर्धामा लामाले स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा ७० स्कोर गर्दै उपाधि जितेका हुन् । पार ७० को कोर्षमा लामाले लेभलपार खेल्दै उपाधि आफनो बनाएका हुन् । प्रतिस्पर्धामा एक स्ट्रोकले पछि पर्दै एएसपी भत्तराज गुरुङ भने उपविजेता छन । उनले ७१ स्कोर गर्दै उपविजेतामा चित्त बुझाए । क्याप्टेन हरि राई भने तेस्रो बने । उनले ७८ स्कोर गरे । विजेता गल्फरलाई क्रिष्टिना बानियाले पुरस्कार प्रदान… पुरा पढौ

प्रज्वल र जीवारामलाई गल्फ उपाधि

पोखरा-सेप्टेम्बर मन्थ्ली मेडल अन्तर्गत ग्रस तर्फका उपाधि प्रज्वल गुरुङले जितेका छन् । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा नेट तर्फ इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । क्याप्टेन राजेन्द्र गौचन भने उपविजेता बन्न सफल भए । विजेताहरुलाई ब्रिटिस गोर्खाका मेजर किरण पुनले पुरस्कार प्रदान गरेका थिए । पुनलाई कास्की जिल्ला गल्फ संघ तथा हिमालयन गल्फ कोर्ष तर्फबाट संघका अध्यक्ष जीवाराम गुरुङले स्वागत गरेका थिए । मेजर पुन ब्रिटिस गोर्खाका काठमाडौं क्याम्प दुई वर्षको लागि आएका हुन् । पुरा पढौ

माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फको उपाधि जीवरामलाई

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा मंगलबार आयोजित माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिताको उपाधि ग्रस तर्फ इन्स्पेक्टर जीवराम गुरुङले जित्नुभएको छ । पार ७० को कोर्षमा स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्यापमा खेलिएको प्रतिस्पर्धामा जीवारामले २६ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । इन्जिनियर सन्तोष गुरुङ २४ स्कोरसहित उपविजेतामा चिक्त बुझाउनुभयो । १८ होलको मात्रै प्रतिस्पर्धा गराइएको थियो । नेट तर्फको इभेण्टमा एएसपी भक्तराज गुरुङले जित्न सफल भएका हुन् । गुरुङ आफनो ह्याण्डीक्यापमा ३५ स्कोरसहित उपाधि उचाल्दा एएसपी लिलाजंग गुरुङ भने ३३ स्कोरसहित उपविजेतामा… पुरा पढौ

पोखरेली गल्फर गुरुङलाई टप अफ दि वल्र्ड क्लासिक गल्फ उपाधि

कास्की-हिमालीपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा शनिबार पहिलो पटक एकैदिन गल्फरले १८ होलको प्रतिस्पर्धा गरे । ४६ सय ४५ मिटरको उचाईस्थित लोवाथाङको मुस्ताङ गल्फ कोर्षमा गल्फरले १८ होल पुरा गर्न ६ घण्टा बढी समय लगाए । साहसिक गल्फ प्रतियोगिताको उपाधि पोखरेली गल्फर भक्तराज गुरुङले जितेका छन् । उनले काउण्ट व्याकमा ३५ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी देव पुन उपविजेतामा चित्त बुझाए । ३५ स्कोरसहित टाई हुदाँ उनी काउण्ट व्याकमा पछि पर्दै उपविजेतामा चिक्त बुझाउन बाध्य भए । ग्रस… पुरा पढौ

लोमान्थाङमा चौथो संस्करणको गल्फ प्रतियोगिता शुरु

पोखरा-टी फर क्लाईमेट नारासहित शनिबार लोमान्थाङमा गल्फ प्रतियोगिता शुरु भएको छ । चार व्यवसायिक खेलाडीसहित २२ जना गल्फरले प्रतिस्पर्धा गरेका छन् । १६ जना एमेच्योर र दुई जना महिला गल्फर सहभागि छन् । पोखरा, काठमाडौं, धरान र एनआरएनएका गल्फरको सहभागिता रहेको छ । फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को मुस्ताङ गल्फ कोर्षमा एकैदिनमा टुग्याउने सम्भावना रहेको सहभागि गल्फर भूबहादुर गुरुङले जानकारी दिए । पार थ्रीको १५० यार्डको दुरीको होल नम्बर तीनमा होल ईन वान राखिएको छ ।… पुरा पढौ

आगामी बुधबार माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ

पोखरा-यही सेप्टेम्बर १० मा पोखराको हिमालयन गल्फ कोर्षमा माछापुच्छ्रे आमन्त्रित गल्फ प्रतियोगिता हुदैं छ । पोखरा मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षको आयोजना तथा एनआरएनए स्पोर्टस एण्ड टीएण्ड एस कर्पोरेसनको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न गल्फ क्लब तथा एनआरएन गरी ५० गल्फरले प्रतिस्पर्धा गर्ने छन् । पार ७० को कोर्षमा गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए । स्टेबल ३्र्४ ह्याण्डीक्यापमा हुने प्रतिस्पर्धामा विजेता गल्फरले ट्रफी प्राप्त गर्ने छन् । पोखरा, धरान र काठमाडौंका गल्फरको सहभागिता रहने छ । पुरा पढौ

होल ईन वानलाई घोडा पुरस्कार

पोखरा-होल ईन वान गल्फमा दुलर्भ मानिन्छ । त्यसैले त होल ईन वान गर्ने गल्फरले पाउने पुरस्कार पनि दुर्लभै राखिन्छ ।यही भदौ २८ र २९ गते मुस्ताङको लोमान्थाङस्थित लोवाथाङमा चौथो सँस्करण गल्फ प्रतियोगिता हुदैै छ । टप अफ दि वल्र्ड क्लासिक नाम दिइएको गल्फ प्रतिस्पर्धामा नेपाली र विदेशी गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धामा होल ईन वान हिर्काउने गल्फरले पुरस्कार स्वरुप पाउने छन् घोडा । जुन अनौठो पुरस्कार हो । फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को… पुरा पढौ