फेब्रुअरी २१ देखि सुर्य नेपाल वेष्टर्न ओपन गल्फ
पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित जनवरी महिनाको मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा ३ अण्डर ६६ को स्कोर सहित उपाधि जितेका हुन् । १८ जना सहभागिता जनाएको प्रतियोगितामा इन्जिनियर सन्तोष गुरुङ उपविजेता बने । त्यस्तै ग्रस तर्फको पुरस्कार इन्स्पेक्टर जीवाराम गुरुङले पाए । क्लबमा आगामी शनिबार क्लब च्याम्पियनसिप शुरु हुने छ । त्यसैगरी सुर्य नेपालद्वारा प्रायोजित सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता भने यही फेब्रुअरीको २१ तारिख देखि…
पुरा पढौ
थापालाई डिसेम्बर मन्थ्ली मेडल
पोखरा-हिमालयन गल्फ कोर्षमा आयोजित डिसेम्बरको मन्थ्ली मेडलको उपाधि बलराम थापाले जितेका छन् । उनले पार ६९ को १८ होलको कोर्षमा थापाले दुई अण्डर ३८ को स्कोरसहित उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापको फर्मयाटमा भएको प्रतिस्पर्धा लेभल पार ३६ खेल्दै लिलाजंग गुरुङ उपविजेत ाबने । ग्रस तर्फको पुरस्कार भने प्रज्वल गुरुङले पाए । उनको स्कोर ३१ रह्यो । २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्टले पुरस्कार प्रदान गरेका थिए ।
पुरा पढौ
इन्जिनियर गुरुङलाई गल्फको मन्थ्ली मेडल
पोखरा-पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित नोभेम्बर मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा लेभल पार खेल्दै उपाधि जितेका हुन् । स्टेबल फोर्ड फूल ह्याण्डीक्यापमा शनिबार खेलाइएको प्रतिस्पर्धामा ईन्जिनियर गुरुङले ३६ अंकसहित मन्थ्ली मेडल जितेका हुन् । १८ होलको कोर्षमा क्याप्टेन हरि राई दोस्रो बने । उनले ३५ स्कोर गरेका थिए । तेस्रो स्थानमा भने बलराम थापा आए । उनले कोर्षमा ३४ स्कोर गरेका थिए । प्रतिस्पर्धामा २२ जना गल्फरले सहभागिता जनाएका थिए…
पुरा पढौ
विश्वकै उत्कृष्ट नमूना कोर्षको पाँचौस्थानमा
पोखरा-विश्वमा धेरै गल्फ कोर्ष छन् । नेपालमा चारवटा मात्रै व्यवसायिक गल्फ कोर्ष छन् । पोखराको हिमालयन गल्फ कोर्ष, काठमाडौंको गोकर्ण रिसोर्ट गल्फ कोर्ष, रोयल नेपाल गल्फ कोर्ष र धरानको निर्वाणा गल्फ कोर्ष । ती कोर्षका आफ्नै विशेषता छ । पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै युनिक(नमूना) गल्फ कोर्षभित्र पाँचौस्थानमा पर्छ । गल्फ ड्राइभ्स डटकम वेभसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ । पहिलो नम्बरमा दक्षिण अफ्रिकाको लेजेण्ड गल्फ एण्ड सफारी रिर्सोट भित्रको कोर्ष पर्छ । दोस्रोमा ग्रिन ल्याण्डको…
पुरा पढौ
कास्की र गण्डकी प्रदेश गल्फ संघ गठन
पोखरा-तदर्थ समिति बनेको दशकपछि कास्की जिल्ला गल्फ संघ गठन गरिएको छ । तदर्थ समिति मार्फत नै गल्फका गतिविधि हुदैं आएपनि आधिकारिक रुपमा कास्की जिल्ला गल्फ संघ भने बल्ल गठन भएको छ । प्रथम अधिवेशन एवं वार्षिक साधारण सभाले जीवाराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा भक्तराज गुरुङ,र बालाकाशी गुरुङ छन् । त्यस्तै सचिवमा प्रज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ चयन भएका छन् । सदस्यहरुमा दिपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ रहेका छन् ।…
पुरा पढौ
ईन्जिनियर सन्तोषलाई गल्फको मन्थ्ली मेडल
पोखरा-हिमालयन गल्फ क्लबको यो सेप्टेम्बर महिनाको मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा ईन्जिनियर गुरुङले ३५ स्कोर बनाउँदै उपाधि आफनो नाममा लेखाए । ३/४ ह्याण्डीक्याप फर्रम्याटमा खेलाईएको प्रतिस्पर्धामा २२ जना पोखरेली गल्फरले प्रतिस्पर्धा गरेका थिए । लेफ्टिेन्टकर्णेल याम राना उपविजेता बने । उनले ३२ स्कोर बनाए । क्याप्टेन हरि राई तेस्रो स्थानमा आए । उनले ३१ स्कोर गरेका थिए । ग्रस तर्फको पुरस्कार भने मेजर मदन गुरुङले जिते । उनले…
पुरा पढौ
श्याम तामाङले रक्षा गरे उपाधि
पोखरा-काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङ विश्वकै उच्च उचाई स्थानको गल्फ कोर्षमा आयोजित ‘दोस्रो मुस्ताङ गल्फ प्रतियोगिता’को व्याकु टु व्याक उपाधि रक्षा गरेका छन् । पार ३६ को ९ होलको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा तामाङले पोखराका गल्फर लिलाजंग गुरुङलाई एक अंकले पछि पार्दैै दोस्रो पटक उपाधि जिते । ४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा भएको प्रतिस्पर्धामा तामाङले ९ होलमा १९ स्कोर बनाए । उनले एक अण्डर खेल्दै उपाधि उचाल्दा पोखराका लिलाजंग भने १८ अंकसहित दोस्रो स्थानमा…
पुरा पढौ
लोमान्थाङको मुस्ताङ गल्फ कोर्षमा ‘दोस्रो गल्फ प्रतियोगिता’
पोखरा-विहानै चारैतिर हिमाल छ्वाङ्ग खुल्छ । त्यही हिमालको फेदमा ठूलो चरन क्षेत्र छ । पहिलाको चरन क्षेत्रको अहिले स्वरुप फेरिएको छ । गल्फ कोर्ष बनेको छ । विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ । अधिकांश समय हिउँले ढाकिन्छ । असारदेखि असोजसम्म मौसम सफा हुन्छ । निलो आकास, चारैतिर हिमाल र हिमालकै फेदमा कोर्षको हरियालीले मनमोहक बनाउँछ । हिमाललाई लक्षित गर्दै आइरन हान्ने चाहना धेरै गल्फरको छ । गल्फरहरुको सपना र चाहनालाई मुस्ताङ गल्फ कोर्षले पुरा…
पुरा पढौ
भदौ अन्तिम शनिबार लोमान्थाङमा गल्फ प्रतियोगिता
पोखरा-लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ । लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ । कोर्ष मर्मत गर्न पोखरास्थित व्यवसायिक गल्फर भूबहादुर गुरुङ एकसाता अघि नै लोमान्थाङ पुग्ने तयारीमा छन् । समुद्रीसहतदेखि ४६४५ मिटर उचाईमा गतवर्ष गल्फ कोर्ष बनाईएको छ । त्यही कोर्षलाई वर्षदिनपछि मर्मत सम्भार गरेर दोस्रो संस्करणको प्रतियोगिता गरिदैं छ । पार ३६ को…
पुरा पढौ
ई. सन्तोषलाई जुलाई मन्थ्ली मेडल गल्फ ट्रफी
पोखरा-हिमालयन गल्फ कोर्षको जुलाई(२०२३)को मन्थ्ली मेडल गल्फ च्याम्पियनसिपको ट्रफी ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा इन्जिनियर सन्तोषले ५ आण्डर ६४ को कार्डसहित ट्रफी उचालेका हुन् । पार ६९ को कोर्षमा सन्तोषले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । उनी हिमालयन गल्फ क्लबको १५ औं ह्याण्डीक्यापका एमेच्योर गल्फर हुन् । नेटतफको प्रतिस्पर्धाको उपविजेता भने क्याप्टेन गणेश गुरुङ बने । ८ ह्याण्डीक्याप रहेको गणेशले २ ओभर ७१ को कार्ड बनाए । त्यसैगरी तेस्रो स्थानमा भने…
पुरा पढौ