⛳ गल्फ

जुलाई मन्थ्ली मेडल गल्फ लिलाजंगलाई

पोखरा-जुलाईको गल्फ मन्थ्ली मेडलको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । पार ६९ को पोखरा मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा उनी च्याम्पियन बने । स्ट्रोक प्ले फुल ह्याण्डी क्यापमा भएको प्रतिस्पर्धामा उपविजेता क्याप्टेन हरि राई भए । त्यस्तै ग्रस तर्फको उपाधि भने क्याप्टेन गणेशकुमार गुरुङले जितेका छन् । उनीहरुलाई प्रमुख अतिथि क्रिष्टिना बानियाले पुरस्कार प्रदान गरेकी हुन् । पुरा पढौ

लिलाजंगलाई जूनको मन्थ्ली मेडल

पोखरा-जून महिनाको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । शनिबार पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ३६ स्कोरसहित उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३्४ ह्याण्डकीक्यापमा खेलाईएको प्रतिस्पर्धामा क्याप्टेन बद्री राईले रनरअपको पुरस्कार प्राप्त गरे । उनले २८ स्कोर गरे । काउण्ट ब्याकमा उनले रनरअफको पुरस्कार थापे । विश्व गुरुङले पनि २८ स्कोर गरेका थिए । तर उनले तेस्रो पुरस्कार थापे ।ग्रस तर्फको पुरस्कार भने क्याप्टेन गणेशकुमार गुरुङले प्राप्त गरे । उनले २४ स्कोर गरेका… पुरा पढौ

मे महिनाको मन्थ्ली मेडल एएसपी भक्तराजलाई

पोखरा-हिमालयन गल्फ क्लबमा शनिबार आयोजित मे महिनाको मन्थ्ली मेडलको उपाधि गल्फर एएसपी भक्तराज गुरुङले जितेका छन् । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाइएको प्रतिस्पर्धामा उनले ३४ स्कोरसहित उपाधि जित्न सफल भए । एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनी काउण्ट ब्याकमा ३१ स्कोरसहित उपविजेतामा चित्त बुझाएका हुन् । पोखरा मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा क्लब सदस्य गल्फरहरुको सहभागिता रहेको थियो । विजेता तथा उपविजेतालाई गोर्खा वेलफेयर सोसाईटी लमजुङका अफिसर सुवास घलेले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

अप्रिल मन्थ्ली मेडल गल्फ एएसपी लिलाजंगलाई

पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा सञ्चालित अप्रिलको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । उनको लगातार यो तेस्रो उपाधि हो । मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा उनले ६८ को कार्ड बनाए । इन्स्पेटक्टर जीवराम गुरुङले भने ६९ को कार्ड बनाउँदै उपविजेतामा चित्त बुझाए । तेस्रो स्थानमा भने क्याप्टेन लालबहादुर गुरुङ आए । उनले ७२ को कार्ड बनाएका थिए । ग्रस तर्फृको उपाधि भने ७३ स्कोरको कार्ड बनाएका प्रज्वल गुरुङले पाए । लामो दुरी हिर्काउँदै क्याप्टेन बद्री… पुरा पढौ

क्याडी गल्फ प्रतियोगिता गरेर जन्मदिन मनाए गुरुङले

पोखरा-कलाकार बुद्धिमान गुरुङले आफनो जन्मदिन क्याडी गल्फरसँग मनाएका छन् । उनले आफनो ७० औं जन्मदिनको अवसरमा पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा मनाए । उनले क्याडी बीच गल्फ प्रतियोगिता आयोजना गरेर मनाए । २५ जना क्याडी गल्फरले प्रतिस्पर्धा गरेका थिए । यु १४ तर्फको प्रतिस्पर्धामा अभिषेक विकले ५९ स्कोर गर्दै पुरस्कार थापे । विशाल विक भने ७२ स्कोरसहित उपविजेतामा रहे । त्यस्तै यु १६ तफृको प्रतिस्पर्धामा आशिष विकले ९६ स्कोरसहित प्रथमस्थान हासिल गरे । रोहिल विक भने ११० स्कोरसहित उपविजेता बने… पुरा पढौ

लिलाजंगलाई मार्चको मन्थ्ली मेडल उपाधि

पोखरा-पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मार्चको मन्थ्ली मेडल गल्फको उपाधि नेट तर्फ एएसपी लिलाजंग गुरुङ ले जितेका छन् । पार ६९ को कोर्षमा ३र४ फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा लिलाजंगले ३४ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । यसैगरी भक्तराज गुरुङ भने उपविजेता बने । उनले ३३ स्कोर गरे । उनले काउण्ट व्याकमा उपाधि आफनो नाममा लेखाए । ३३ स्कोर गरेका ज्ञानकाजी गुरुङ भने तेस्रोस्थानमा चित्त बुझाए । त्यस्तै ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेशकुमार गुरुङ ले जिते । उनले… पुरा पढौ

ज्ञानकाजीलाई फेब्रुअरीको मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधी ज्ञानकाजी गुरुङले जितेका छन् । पोखरा मझेरीपाटनस्थित पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा गुरुङले ३८ को कार्ड बनाउँदै मन्थ्ली मेडल आफनो नाममा लेखाएका हुन् । प्रतिस्पर्धामा एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनले ३२ को कार्ड बनाए । ग्रस तर्फको प्रतिस्पर्धामा भने मेजर लछिमीप्रसाद गुरुङले पुरस्कार जित्न सफल भए । गुरुङले २३ स्कोरसहित पुरस्कार जित्न सफल भएका हुन् । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा २३ जना गल्फरको… पुरा पढौ

एएसपी भक्तराज ओभरअल विजेता

पोखरा-मेजर लक्ष्मीप्रसाद गुरुङ ले जनवरी महिनाको मन्थ्ली मेडल गल्फको पुरस्कार जित्दा ओभरअल मन्थ्ली मेडलको उपाधि भने एएसपी भक्तराज गुरुङ ले जितेका छन् । गुरुङ ले २५ स्कोरसहित ओभरअल वार्षिक उपाधि आफनो नाममा लेखाए । जनवरी महिनको मन्थ्ली मेडलको उपविजेता भने सन्देश श्रेष्ठ भए । पोखरा मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित प्रतिस्पर्धामा ग्रस तर्फ क्लब च्याम्पियन भने मेजर मदनकुमार गुरुङ भए । उनले ८० स्कोर गरे । उपविजेता भने क्याप्टेन बद्री राई भए । राईले ८२ स्कोर… पुरा पढौ

जितेको पुरस्कार कास्की गल्फ एकेडेमीलाई हस्तान्तरण

पोखरा-पोखरा रंगाशालाभित्र गल्फ एकेडेमी छ । एकेडेमी अहिले निर्माणको प्रारम्भिक चरणमा छ । अब माटो सम्याएर ल्याण्डस्केप गर्ने योजना कास्की जिल्ला गल्फ संघले गरेको छ । पोखरामा गल्फको विकास गर्ने एक मात्र ध्येय संघको छ । एकेडेमी निर्माणमा जुटेको संघले केही दिन अघि मात्रै पोखरामा पहिलो पटक एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्यो । आयोजनाले धेरै एमेच्योर गल्फर पोखरा गल्फ खेल्न आईपुगे । प्रतियोगिता खेल्न आएका गल्फरले प्रतियोगितामा प्राप्त पुरस्कारलाई एकेडेमी निर्माण सहयोगार्थ भन्दै संघलाई पुरस्कार राशी हस्तान्तरण गरेर फर्किए ।… पुरा पढौ

प्रज्वललाई ग्रस र थमेशलाई नेट तर्फको उपाधि

पोखरा-चौथो होलमा होल ईन वान गरेका कास्कीका एमेच्योर गल्फर प्रज्वल गुरुङले ग्रस तर्फको उपाधि जितेका छन् । नेट तर्फका उपाधि भने थमेश राईले जितेका छन् । कास्की जिल्ला गल्फ संघको आयोजनामा पार ६९को पोखरा १४ स्थित हिमालयन गल्फ क्लबमा शनिबार प्रतिस्पर्धामा पुरुष खुल्ला तर्फ प्रज्वलले दुई ओभर ३४ स्कोरसहित उपाधिसहित नगद पुरस्कार प्राप्त गरे । उनले नगद पुरस्कार स्वरुप २० हजार प्राप्त गर्दा होल ईन वान हिर्काउँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे । ग्रस तर्फ काठमाडौं गोकर्ण गल्फ क्लबका… पुरा पढौ