⛳ गल्फ

भक्तराजलाई फेब्रुअरीको मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित फेब्रुअरी महिनाको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा उनले ३२ अंक जोड्दै उपाधि जिते । स्टेबल फोर्डको आधारमा खेलाईएको प्रतिस्पर्धामा उनले २१ गल्फरलाई पछाडी पार्दै उपाधिमा नाम लेखाए । पार ६९ को कोर्षको प्रतिस्पर्धामा ३१ अंक सहित एएसपी लिलाजंग गुरुङले उपविजेताको पुरस्कार थापे । ग्रस तर्फको पुरस्कार भने इन्जिनियर सन्तोष गुरुङले जिते । पुरा पढौ

सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

पोखरा-सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो(एमको उपाधि प्रोफेसनल सञ्जीब बहादुर नेपालीको टिमले जितेको छ।पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीबले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे। प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर गर्दा एमेच्योरहरू १३ वर्षका… पुरा पढौ

रेकर्ड स्कोरमा भुवनलाई करियरको‌ ११औं उपाधि

पोखरा-पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन। ५४ होलको प्रतियोगिता १०(अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९(अन्डरको रेकर्ड तोडेका हुन। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। हिजो उनले ७(अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए। पोखरास्थित पार(६९ को हिमालयन गल्फ कोर्समा… पुरा पढौ

चैत पहिलो साता एनसेल बाह्रखरी गल्फ

पोखरा-आगामी चैतको पहिलो साता पोखरामा बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता हुदैं छ । बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको यो दोस्रो पटक हो । यस अघि पनि पोखरामै कर्पोरेट गल्फ आयोजना गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको छ ।चैत १ गतदेखि ३ गतेसम्म विभिन्न कार्यक्रमसँगै कर्पोरेट गल्फ आयोजना गर्ने बाह्रखरी मिििडयाले जनाएको छ । एनसेलले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजक बीवाईडी रहेको छ । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ ।… पुरा पढौ

हिमालयन गल्फ कोर्षमा भुवन नगरकोटीको कीर्तिमान

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा बिहीबार व्यवसायिक गल्फर भुवन नगरकोटीले कीर्तिमान बनाएका छन् । उनले सुर्य नेपाल वेष्र्टन ओपन गल्फको बिहीबार ७ अण्डर ६२ को कार्ड बनाउँदै कोर्षमा नयाँ कीर्तिमान बनाएका हुन् । यस अघि सन २०१७ पार ७० को कोर्ष हुदाँ शिवराम श्रेष्ठले ६ अण्डर ६४ खेल्दै कोर्ष रेकर्ड बनाएका थिए । नगरकोटीले त्यतिमात्रै नभई शिवराम श्रेष्ठले कुल ९ अण्डर २०१ को कीर्तिमानलाई समेत तोडेका छन् । नगरकोटीले दोस्रो दिन ३६ होल समाप्ती हुदाँ १० अण्डर १२८ को कार्ड बनाउँदै… पुरा पढौ

भुवनको नगरकोटीलाई पछ्याउँदै एमेच्योर सदभाव

पोखरा-भुवन नगरकोटीले सुर्य नेपाल वेष्र्टन ओपनको पहिलो दिन बुधबार शीर्षता कायम गरेका छन् । उनले एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु भएको सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटीले ३ अण्डर ६६ को कार्ड बनाउँदै अग्रता लिएका हुन् । उनले फ्रष्ट नाईनमा एक अण्डर ३३ र व्याक नाईनमा दुई अण्डर ३३ को कार्ड बनाए । उनले दोस्रो होलमा हानेको बर्डी नै पहिलो बर्डी थियो । अन्य होलमा भने उनले लेभल पार खेल्दै… पुरा पढौ

बुधबारदेखि सुर्य नेपाल वेष्टर्न ओपन

पोखरा-सुर्य नेपालको सिजनको चौथो प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदंै छ । गत महिना मात्रै सुर्य नेपालको इष्टर्न ओपन च्याम्पियनसिप सकिएको थियो । सिजनको चौथो प्रतियोगिता वेष्टर्न ओपनमा ३५ जना व्यवसायिक गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । उपाधिको लागि सेन्ट्रल ओपन विजेता सदभाव आचार्य सहितका गल्फरले प्रतिस्पर्धा गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो नेपाल व्यवसायिक गल्फर संघका महासचिव दिपक आचार्यका अनुसार प्रतियोगितामा ३५ जना व्यवसायिक र १५ जना एमेच्योर… पुरा पढौ

इन्जिनियर सन्तोष हिमालयन गल्फ क्बल च्याम्पियन

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित वर्षको क्लब गल्फ च्याम्पियनको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा ग्रस तर्फ ७ ओभर ७६ खेल्दै उपाधि जिते । उनको ह्याण्डी क्याप ९ हो । प्रतियोगिता स्ट्रोक प्लेको आधारमा खेलाईएको थियो । नेट तर्फको उपाधि क्याप्टेन हरि राईले जिते । उनले ४ अण्डर ६५ को स्कोर बनाउँदै उपाधि जिते । उपविजेता भने इन्सपेक्टर जीवाराम गुरुङ भए । उनले ७१ को कार्ड बनाए । तेस्रो स्थानमा क्याप्टेन बद्री राई भए ।… पुरा पढौ

फेब्रुअरी २१ देखि सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित जनवरी महिनाको मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा ३ अण्डर ६६ को स्कोर सहित उपाधि जितेका हुन् । १८ जना सहभागिता जनाएको प्रतियोगितामा इन्जिनियर सन्तोष गुरुङ उपविजेता बने । त्यस्तै ग्रस तर्फको पुरस्कार इन्स्पेक्टर जीवाराम गुरुङले पाए । क्लबमा आगामी शनिबार क्लब च्याम्पियनसिप शुरु हुने छ । त्यसैगरी सुर्य नेपालद्वारा प्रायोजित सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता भने यही फेब्रुअरीको २१ तारिख देखि… पुरा पढौ

थापालाई डिसेम्बर मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ कोर्षमा आयोजित डिसेम्बरको मन्थ्ली मेडलको उपाधि बलराम थापाले जितेका छन् । उनले पार ६९ को १८ होलको कोर्षमा थापाले दुई अण्डर ३८ को स्कोरसहित उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापको फर्मयाटमा भएको प्रतिस्पर्धा लेभल पार ३६ खेल्दै लिलाजंग गुरुङ उपविजेत ाबने । ग्रस तर्फको पुरस्कार भने प्रज्वल गुरुङले पाए । उनको स्कोर ३१ रह्यो । २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्टले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ