कर्पोरेट

पुस अन्तिम साता माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल

पोखरा-कास्कीको माछापुच्छ्रे गाँउपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । गाँउपालिकाले आगामी पौष २६ गते देखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०’ गर्ने निर्णय गरेको हो । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकका समन्वय र भलिबल सघ माछापुच्छे«कोे व्यवस्थापनमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सीता… पुरा पढौ

दुई नेपाली धावकले प्रतिस्पर्धा गर्ने

पोखरा-पोखरा ट्रेल रेस सिरिजका विजेता धावकहरु यतिबेला थाईल्याण्डमा आयोजना हुने युटिएमबी विश्व सिरिजमा प्रतिस्पर्धा गर्दै छन् । दुई खेलाडी तथा दुई सहयोगी गरी चारजना खेलाडी दुईदिन अघि मात्रै थाइल्याण्ड पुगेका हुन् । थाईल्याण्डमा हुने ट्रेल रेस अन्तर्गत विश्व सिरिजमा प्रिया राई र वेद सुनुवाले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुको सहयोगीको रुपमा आलोक खड्का, युगेश पौडेल रहेका छन् । प्रियाले ५० किलोमिटरको रेसमा सहभागिता जनाउने छिन् भने सुनुवारले १०० किलोमिटरको दुरीमा प्रतिस्पर्धा गर्ने पोखरा ट्रेल रेस सिरिजका संस्थापक अध्यक्ष विकास गुरुङले… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबले गर्यो आफनो पूर्व क्लब सदस्यलाई सम्मान

पोखरा-गण्डकी स्पोर्टस क्लबले आफना तीन जना पूर्व क्लब सदस्यसदलाई आज विशेष सम्मान गरेको छ । क्लबले गर्दै आएको गतिविधिमा आर्थिक सहयोग जुटाएका क्लबका पुर्व फुटबल खेलाडी पारस कुँवर,सचिन बाटाजू र दिपेश श्रेष्ठलाई विशेष सम्मान गरिएको हो । क्लबका अध्यक्ष उमेश सिकेले खादा लगाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । क्लबले सदस्यहरुलाई पुर्नताजगि बनाई राख्न बनभोज कार्यक्रम समेत गर्यो । बनभोज कार्यक्रममा क्लबले आफनो वार्षिक गतिविधि सहित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । पोखराकै पुरानो मध्येको गण्डकी स्पोर्टस क्लब लामो समय… पुरा पढौ

मधेशलाई टी–२० क्रिकेट उपाधि

पोखरा-त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो । विजेता मधेशले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले २ लाख ५० हजार पायो । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा मधेशको शुरुवात उत्कृष्ट हुन सकेन् । मधेशले पावर प्लेमा ४६… पुरा पढौ

मधेशद्वारा आर्मीलाई जितको लागि १३६ रनको लक्ष्य

पोखरा-मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ गरेको मधेशको शुरुवात उत्कृष्ट हुन सकेन् । । सातौं नम्बरमा आएका विशाल पटेलले इनिङ सम्हाल्दै अविजित ४९ रनको योगदानमा मधेशले ८ विकेट गुमाउँदै १३५ रन बनायो । उनले ३२ बल खेल्दै तीन चौका र तीन छक्का हिर्काए । केपी ओली टी–२० कप क्रिकेट प्रतियोगिताको शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेको मधेशले पावर प्लेमा ४६ रन बनाउँदा दुई विकेट गुमाएको थियो । १७ रन… पुरा पढौ

सशस्त्रलाई पराजित गर्दै मधेश फाईनलमा

पोखरा-केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरी बल ११ रनले परातिज गर्दै फाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको मधेशले पहिलो विकेट कप्तानलाई १० रनमै गुमाएपछि दबावमा रह्यो । अर्का ओपनर अनिल साह र इमरान खानले दोस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी गरे । दुवैले अर्धशतकीय पारी खेल्दै ९२ रनको साझेदारी निभाए । मधेशले ६ विकेटको क्षतिमा १९७ रनको स्कोर तयार पार्यो । साहले ३६ बल खेल्दै ५७ रनको योगदान गरे । उनले २… पुरा पढौ

बागमती प्रदेशलाई हराउँदै आर्मी फाईनलमा

पोखरा-त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।भीम सार्कीले इनिङ सम्हाल्दै जितको हकदार बनाए । ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए । जितको लागि दुई रन आवश्यक हुदाँ सार्की रित गौतमको पहिलो ओभरको तेस्रो बलमा सागर ढकालको हातबाट क्याच भए । सोमपाल कामीले रित गौतमको ओभरको अन्तिम बलमा एक रन लिदैं जित सुनिश्चित गरे । कामीले १४ बल खेल्दै १ छक्कासहित १५ रनमा अविजित रहे । छैटौं नम्बरमा… पुरा पढौ

सेमीफाईनल समीकरण

पोखरा-केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा दुई विभागीय टोलीले दुई प्रदेशसँग फाईनल प्रवेशको लागि बिहीबार प्रतिस्पर्धा गर्ने छन् । पहिलो खेल विभागिय टोली नेपाल आर्मी क्लबले र सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशसँग खेल्ने छ । दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशसँग खेल्ने छ । बुधबार भएको लिगचरणको अन्तिम खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ९ विकेटले पराजित गर्दै कोशी प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सन्त्वना जित आत्मसात गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धामा… पुरा पढौ

सुदुरसँग पुलिस पराजित, मधेश भाग्यमानी

पोखरा-छैटौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदुरपश्चिमले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ । १५९ रनको लक्ष्यलाई पोखरा रंगशाला त्रिकेट मैदानमा मंगलबार सुदुरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । यद्यपी मधेश प्रदेश केपी प्रदेश टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । मधेशले सुदुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो । नेट रनरेटको आधारमा मधेश प्रदेश सेमिफाईनल पुग्ने भाग्यमानी टोली… पुरा पढौ

सुदुरमाथि मधेशको रवाफिलो जित

पोखरा- मधेश प्रदेशले सुदुर पश्चिम प्रदेश माथि ८ विकेटको जित निकालेको छ । सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदुर पश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै पुरा गर्यो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा टस जितेको सुदुर पश्चिमले १५.५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमायो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा डकआउट भए । त्यस्तै गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए ।… पुरा पढौ