कर्पोरेट

बागमती र आयोजक एकेडेमी बीच उदघाटन खेल

पोखरा - मंसिर ७ गतेदेखि पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो… पुरा पढौ

आगामी बिहीबार पोखरामा माउन्टेन बाइक रेस, ११ देशका ५५ प्रतिस्पर्धी

पोखरा-आगामी बिहीबारदेखि पोखरामा शुरु हुने पोखरा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ११ देशका साईक्लिष्टले सहभागिता जनाउने छन् । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतिस्पर्धा गर्ने छन् । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागि जनाउने छन् । ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को ठाउँमा प्रतियोगिताको मिति… पुरा पढौ

एलजी एसोसिएसनलाई लामाचौर कपको उपाधि

पोखरा-पोखराको लामाचौरमा आयोजित प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को उपाधि एलजी एसोसिएसनले जितेको छ । एलसी ब्रदर्स युनाइटेड आयोजनामा लामाचौरस्थित गोस्ते खेल मैदानमा भएको फाईनलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा पराजित गदैै उपाधि जित्यो । च्याम्पियन बनेको एलजीले नगद २ लाख रुपैयाँसहित ट्रफी उचाल्यो । उपविजेता एन टुले १ लाख रुपैयाँ प्राप्त गर्यो । निर्धारित समयमा १–१ को गोलको बराबरीमा रोकियो । खेलको निर्णय टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडनडेथमा गयो । सडन डेथमा… पुरा पढौ

विश्वकै उत्कृष्ट नमूना कोर्षको पाँचौस्थानमा

पोखरा-विश्वमा धेरै गल्फ कोर्ष छन् । नेपालमा चारवटा मात्रै व्यवसायिक गल्फ कोर्ष छन् । पोखराको हिमालयन गल्फ कोर्ष, काठमाडौंको गोकर्ण रिसोर्ट गल्फ कोर्ष, रोयल नेपाल गल्फ कोर्ष र धरानको निर्वाणा गल्फ कोर्ष । ती कोर्षका आफ्नै विशेषता छ । पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै युनिक(नमूना) गल्फ कोर्षभित्र पाँचौस्थानमा पर्छ । गल्फ ड्राइभ्स डटकम वेभसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ । पहिलो नम्बरमा दक्षिण अफ्रिकाको लेजेण्ड गल्फ एण्ड सफारी रिर्सोट भित्रको कोर्ष पर्छ । दोस्रोमा ग्रिन ल्याण्डको… पुरा पढौ

फिष्टेल रेसिङ कपको ट्रयाक ले–आउट तयार

पोखरा-मंसिरको दोस्रो साता पोखरा रंगशालामा आयोजना हुने फिष्टेल रेसिङ कपको ट्रयाक ले–आउट तयार भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिको आयोजना हुने रेसिङ कपको ट्रयाक ले आउट तयार गरिएको हो । ट्रयाक ले–आउट १ दशमलव ३ किलोमिटरको हुने छ । तयार गरिएको ले–आउट अनुसार बायाँ तीन घुम्ती र दायाँ दश घुम्ती रहेको भिआर–४६ मोटर स्पोर्टस प्रालिले उल्लेख गरेको छ । फिष्टेल रेसिङ नेपालकै लामो ट्रयाक भएको बाईक रेस हो । एकदशमलव ३ किलोमिटरको… पुरा पढौ

उपाधि सुनुवार र राईलाई

पोखरा-पोखरा ट्रेल रेस सिरिजले आयोजना गरेको ५५ किलोमिटरको पन्चासे ट्रेल रेसको उपाधि पुरुष तर्फ बेदबहादुर सुनुवारले जितेका छन् । महिला तर्फको उपाधि प्रिया राईले जित्न सफल भईन् । सुनुवारले ५ घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जिते । राईले पनि उपाधि जित्न ७ घण्टा १२ मिनेटको समय लगाएकी थिईन् । पुरुष तर्फ ६ घण्टा १३ मिनेटमा पुरा गर्दै धिरजबहादुर बुढा दोस्रो स्थानमा आए । ६ घण्टा २७ मिनेटमा दौड पुरा गरेका मोहनदेव जोशी तेस्रो बने । मन्जु रावत दोस्रो स्थानमा… पुरा पढौ

मंसिर दोस्रो साता प्रथम पोखरा एन्डुरो अन्तराष्ट्रिय माउण्टेन बाईक प्रतियोगिता

पोखरा-पोखरामा आगामी मंसिर दोस्रो साता ‘प्रथम पोखरा एन्डुरो अन्तराष्ट्रिय माउण्टेन बाईक’ प्रतियोगिता हुने भएको छ । माउण्टेन बाईक कम्पनी डन टिल डस्कको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघको सहयोग र व्यवस्थापनमा आगामी मंसिर ७ देखि ९ गतेसम्म हुने छ । माउण्टेन बाईक प्रतियोगिता पोखरा महानगरपालिका वडा नं १३स्थित आर्वाविजयको डाँडामा हुने छ । झण्डै १४ सय मिटरको उचाईबाट डाउनहिल शैलीको पोखरा एन्डुरो हुने डन टिल डस्कका संस्थापक सुनिलचन्द्र शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पोखराको आर्वामा आयोजना गरिएको… पुरा पढौ

मंसिर ९ गते नवौं धारा नेपालगन्ज म्याराथन

नेपालगन्ज– आगामी मंसिर ९ गते शनिबार आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । यसबर्ष म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता शुरु गरिएको छ । नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।… पुरा पढौ

विधान अधिवेशन मार्फत कार्यकाल दुई वर्षे बनाउने निर्णय

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ साधारण सभा तथा विधान अधिवेशनले कार्यसमितिको कार्यकाल तीनवर्षबाट घटाई दुई वर्षे बनाउने निर्णय गरेको छ । मञ्चको विधान अधिवेशनमा तीन वर्षे कार्यकाल लामो भएको जनाउँदै दुई वर्षे बनाउने निर्णयलाई सर्वसम्मत पारित गरिएको छ । आगामी नयाँ कार्यसमितिको कार्यकाल अब दुईवर्षको हुने छ । मञ्चमा ७४ जना सदस्य छन् । विधान संशोधन समितिका संयोजक रञ्जन अधिकारी क्षेत्रीले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र मापदण्डलाई व्यापक छलफल गरेर पारित गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।… पुरा पढौ

मंसिर दोस्रो साता पोखरामा ‘फिस्टेल रेसिङ कप’

पोखरा–पोखरा रंगशालामा दोस्रो पटक मोटरबाईक रेस हुने भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले आगामी मंसिर दोस्रो साता आयोजना गर्ने ‘फिस्टेल रेसिङ कप २०२३’ नेपालकै बृहत हुने दावी गरेको छ ।‘लामो ट्रयाक भएको बाईक रेस हो । त्यसैले हामीले नेपालकै बृहत भएको अनुमान गरेका छौं’ भिआर–४६ मोटर स्पोर्टसका प्रवन्ध निर्देशक माइकल थापाले भने–‘पहिला रंगशालाभित्रकै कालोपत्रेको पनि आधा बाटोलाई ट्रयाकको रुपमा प्रयोग गरेका थियौं । अहिले त्यसको दोब्बर हुन्छ ।’ पोखरालाई साहसिहक खेलकुदको उत्कृष्ट… पुरा पढौ