कर्पोरेट

पोखरा म्याराथनलाई प्रविधि मैत्री बनाउने मञ्चको योजना

पोखरा-१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यमा जुटेको नेपाल भुतपुर्व खेलाडी मञ्चले जनाएको छ । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे । नेपात्र पत्रकार महासंघ कास्कीका… पुरा पढौ

जितेर पनि बाहिरियो आर्मी

पोखरा-गण्डकी प्रदेशले पुरुष तर्फ चौथो टाईगर कपमा अन्तिम चारमा प्रवेश गर्दा उपाधि दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जितले पनि सेमिफाईनल प्रवेश असम्भव बन्यो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको अन्तिम लिगमा गण्डकी विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गर्दै भाग्यमानी बन्यो । खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो ।… पुरा पढौ

आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड वैशाख २१ गते हुने

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्डको मिति तय भएको छ । मञ्चको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता समेत दिएको उनको भनाई छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष… पुरा पढौ

महिला तर्फ एपीएफ र चन्द्रागिरी न्यु डायमण्ड फाईनलमा

पोखरा-पोखरामा फेरी एकपटक टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधिको लागि सशस्त्र प्रहरी बल(एपीएफ) र चन्द्रगिरी न्यु डायमण्ड बीच हुने छ । उनीहरु दुवैले बिहीबार आफना प्रतिस्पर्धीको चुनौतिलाई पन्छाउँदै उपाधि निकट पुगेका हुन् । शनिबार उपाधि प्रतिस्पर्धा हुने छ । विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीमाथि उत्कृष्ट पुनरागम जित निकाल्दै फाईनल प्रवेश गर्यो । दुई सेट गुमाएर पनि विचलित नबनेको एपीएफले पछिल्लो तीन सेट आफनो पक्षमा पार्दै धैर्यताको नमुना प्रस्तुत गर्यो । पहिलो सेट १९–२५ मा आर्मीलाई सुम्पिएको… पुरा पढौ

बाहिरियो गण्डकी प्रदेशको महिला टोली

पोखरा-गण्डकी प्रदेश भलिबल संघ पोखरामा आयोजित चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगितामा सबैभन्दा कमजोर बनेको छ । घरेलु कोर्टमा भएको प्रतिस्पर्धामा कुनैपनि खेल नजित्दै बाहिरिने टोली बनेको छ । प्रदेशले खेलको एक सेट पनि आफनो पक्षमा पार्न सकेन् । बुधबार भएको डिफेन्डिङ च्याम्पियन एपिएफसँँग सोझो सेटमा पराजित हुदैं बाहिरिने पहिलो टोली बन्यो । पहिलो सेट २५–१६ ले गुमाएको गण्डकीले दोश्रो सेट २५–०९ र तेश्रो सेट २५–१७ ले गुमाउँदै पराजित भयो । गण्डकीले तीन भारतीय खेलाडीलाई… पुरा पढौ

गण्डकी पराजित

पोखरा- टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ मा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिबल टोली पराजित भएको छ ।पोखरा रंगशालामा जारी दोश्रो दिनको खेलमा गण्डकी नेपाल पुलिस क्लबसंग सोझो ३–० को सेटमा पराजित गरेको हो । तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो दुई सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–०९ ले.बुझायो । नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको… पुरा पढौ

अन्तराष्ट्रिय पोखरा म्याराथनको अब नयाँ रुट

पोखरा-अबको एक महिना पछि पोखरामा अन्तराष्ट्रिय पोखरा म्याराथन हुदैं छ । प्रतियोगिताको एक महिना अघि मात्रै नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले म्याराथनको रुटलाई १७ वर्षपछि फेरेको छ । १८ औं संस्करणमा आईपुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदैै म्याराथन पुरा गर्ने छन् । शुरुवात पोखरा रंगशालाबाट हुने छ । समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौर(साईट)मा हुने छ । म्याराथन आगामी फागुन ५ गते शनिबार हुने छ । भुतपूर्व खेलाडी मञ्चले एक महिना अघि मात्रै नयाँ रुटका खोजीमा अध्ययन शुरु… पुरा पढौ

पुलिस माथि एपिएफको रोमाञ्चक जित

पोखरा- डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल‌ एपिएफ क्लबले महिलातर्फको सुखद सुरुवात गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकाल्दै सुखद सुरुवात गर्यो। चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ । पहिलो सेट २५–१८ र… पुरा पढौ

दुई पुलिस क्लब बीचको उदघाटन प्रतिस्पर्धा

पोखरा-दुई विभागीय पुलिस बीचको प्रतिस्पर्धासँगै चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० शुरु सोमबारदेखि हुदैं छ । पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतिस्पर्धामा महिला तथा पुरुषको उदघाटन प्रतिस्पर्धा दुई पुलिस बीच हुने छ । सशस्त्र प्रहरी बल(एपीएफ)ले नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिता शुरु हुने छ । महिला तर्फ विहान एपीएफले नेपाल पुलिससँगै खेल्दै भलिबलको रौनकता दिने छ । दोस्रो खेलको रुपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । पुरुष… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी डिस्ट्रीक ३२९२ को प्रायोजन

पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ ले प्रायोजन गर्ने सम्झौता गरकेो छ । दुई संस्था बीच प्रायोजनको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बीच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक… पुरा पढौ