खेल संस्था

आर्मी विजयी

पोखरा-नवौं राष्ट्रिय खेलकुदतर्फ महिला हक्कीको आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मीले ८–० को गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा आर्मीकातर्फबाट सीतामाया बलले गोल गर्न सफल भएकी थिइन् । खेलको सुरुआतीको ५ मिनेटमै बलले गोल गरेकी थिइन् । त्यस्तै खेलको ७ मिनेटमा आर्मीकैतर्फबाट सीमा खड्काले गोल गरेकी थिइन् । खेलको दोस्रो क्वाटरमा सीतामाया बलले पुन एक गोल गरिन् । १८ औं मिनेटमा उनले… पुरा पढौ

फेन्सिङमा आर्मी टिम च्याम्पियन

पोखरा-फेन्सिङको पुरुष ईपी टिम इभेण्टमा सशस्त्र प्रहरीलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको छ । शुक्रबार व्याडमिन्टन कोर्टमा भएको ईपी फाईनलमा विभागीय प्रतिस्पर्धामा आर्मीले सशसस्त्रलाई ४५–२८ स्कोरमा पराजित गर्दै स्वर्ण जितेको हो । बागमती र गण्डकीले कास्य पदकमा चित्त बुझाएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतफेन्सिङमा आर्मीले ५ स्वर्णसहित टिम च्याम्पियन बन्यो । बागमतीले ४ स्वर्णसहित दोस्रो स्थानमा, सशस्त्र प्रहरीबल दुई स्वर्ण सहित तेस्रो र एक स्वर्णसहित सुदुरपश्चिम चौथो स्थानमा रहेको छ । पुरा पढौ

सुदुरमाथि गण्डकीको सोझो सेटमा जित

पोखरा- म्याग्दीको बेनीमा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा गण्डकीले सुदुर पश्चिमलाई २५–१८, २५–८ र २५–२२ को सेटमा पराजित गरेको थियो । बिहीबार उदघाटनसँगै एक खेल मात्रै आयोजना गरिएको थियो । प्रतियोगिताको उदघाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गरेका थिए ।शुक्रबार तीन खेल हुने छ । पुरा पढौ

प्रदेश १ माथि गण्डकीको फराकिलो जित

पोखरा-ढिलो गरी शुरु भएको महिला हक्कीमा गण्डकी प्रदेशले प्रदेश नं १ लाई ७–० गोल अन्तरले पराजित गरेको छ । कमला पुनको ह्याट्रिक प्रेरिक गण्डकीले उदघाटन खेलमा सहज जित दर्ता गर्यो ।पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा शुरु भएको प्रतिस्पर्धामा सोनु बरालको गोलबाट अग्रता लिएको थियो । उनले १३ औं मिनेटमा पहिलो गोल गरिन् । सविना पुन राना मगरले १५ मिनेटमा , १७ औं मिनेटमा कमला पुनले गरिन् । कमलाले २६ र ४२ औं मा गोल गर्दै ह्याट्रिक गरिन् ।… पुरा पढौ

एनआरएनको विजयी शुरुवात

पोखरा–१९ लामाचौरस्थित गोस्ते खेलमैदानमा बिहीबारदेखि फुटबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरेको प्रतियोगितामा गैर आवासिय नेपाली(एनआरएन)ले प्रदेश नं १लाई पराजित गर्दै सुखद शुरुवात गरेको छ । एनआरएनले प्रदेश १ लाई २–० को कठिन जित निकाल्यो । एनआरएनका लागि सन्जोग राईले खेलको ९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा एनआरएनले दोस्रो हाफमा दोस्रो गोल गर्दै जित पक्का बनायो । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै जित सुनिश्चित… पुरा पढौ

उदघाटन खेलमा गण्डकी आर्मीसँग पराजित

पोखरा-नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा ढिलो गरी पुरुष हक्कीको खेल शुरु भएको छ । गण्डकी प्रदेशले उदघाटन खेल त्रिभुवन आमीलाई ४–० गोल अन्तरले पराजित भएको छ । ९ औं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल पनि उनलै गरे । २८ औं मिनेटमा कार्कीले दोस्रो थप्दै अग्रता दोब्बर बनाए । ३७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरेपछि आर्मी ३–०ले अगाडि बढ्यो । अन्तिम गोल भने खेलको ४२ औं मिनेटमा रोमन… पुरा पढौ

फेन्सिङ टिम इभेण्टमा गण्डकीलाई बिहीबार दुई कास्य

पोखरा-गण्डकी प्रदेशले फेन्सिङमा बिहीबार टिम इभेण्टमा दुई पदक पक्का भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला टिम फोयल इभेण्ट र पुरुषको सबेर टिम इभेण्टमा गण्डकीले कास्य पदक पक्का गरेको हो । पोखरा रंगशाला व्याडमिन्टन कोर्टमा आयोजित प्रतिस्पर्धाको बिहीबारको सेमिफाईनलमा सशस्त्र प्रहरीले गण्डकी प्रदेशलाई (४५–१५ स्कोर)मा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । स्वर्ण पदकको लागि बागमतीले सशस्त्र प्रहरी बलसँग खेल्ने छ । नेपाली सेनाको त्रिभुवन आर्मीलाई (४५–४१ स्कोरमा) पराजित गर्दै बागमती फाईनल प्रवेश गरेको छ । गण्डकी र… पुरा पढौ

मैदान तयारी नहुदाँ र खेल पोशाक नपाउँदा हक्कीको उदघाटन खेल सर्यो

पोखरा-खेल मैदान पूर्ण रुपमा तयारी नहुदाँ र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ । बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो । महिलाको पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम थियो । गौरीशंकर खेलमैदानमा अझै घाँस काटेर नसकिदाँ उदघाटन खेल केही ढिलो हुने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । उनले उदघाटनसँगै उदघाटनमा सहभागि प्रदेशले समेत खेल सामान(जर्सी)… पुरा पढौ

गण्डकी र त्रिभुवन आर्मी सेमिफाईलनमा

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ । यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन् । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडे । लिगको अन्तिम खेल खेलका दुवै टोलीले यस अघि समान ३÷३ खेलमा जित दर्ता गरेका थिए । गोलको आधारमा गण्डकी प्रदेश समूहको विजेता बन्दै सेमिफाईनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो । पुरा पढौ

सेमिफाईनलमा प्रवेश गर्ने सशस्त्र दोस्रो टोली

पोखरा-सशस्त्र प्रहरीको महिला क्रिकेट टोलीले दोस्रो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो । गण्डकीले तीन खेलमा पराजित हुदैं समूह एको अन्तिमस्थानमा छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबारटस जितेर व्याटिङ रोजेको गण्डकी केवल २६ रनमा समेटियो । चार व्याटर शून्यमै आउट भए । पहिलो, दोस्रो र तेस्रो नम्बरमा आएका व्याटरले समान ३/३ रन जोडे । कप्तान श्रृष्टि जैसीले सर्वाधिक ५ रन बनाईन् ।… पुरा पढौ