खेल संस्था

मनाङ मस्र्याङ्दी सेमिफाईनल उक्लिदाँ पुलिसको यात्रा रोकियो

पोखरा-नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकप सेमिफाईनल प्रवेश गरेको छ । आईतबार पोखरा रंगशाला फुटबल मैदान भएको प्रतिस्पर्धामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसमाथि २–० गोलको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । पुलिस भने आहा यो संस्करणको दोस्रो खेलबाट बिदा लिन पुग्यो । दुवै टोली आहा राराको समान उपाधि च्याम्पियन हुन् । दुवैले ६–६ पटक उपाधि उचालेका छन् । दुईवर्ष अघि मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबलाई फाईनलमा पराजित गर्दै उपाधि उचाल्दै पुलिससँगको उपाधि… पुरा पढौ

कास्की क्रिकेट संघको अध्यक्षमा पुन सिग्देल

पोखरा-कास्की जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशनबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्रप्रताप चन्द, सचिव विनोद श्रेष्ठ, कोषाध्यक्षमा विरेन पुन सर्वसम्मत भएका हुन् । सदस्यहरुमा गोविन्द प्रधान, दुर्गा चन्द, ऋषिकेश शर्मा, अरुण पौडेल, पूर्णचन्द्र न्यौपाने, कमल थापा र दिलिप अग्रहरी, जयप्रकाश थापा, भावना देवकोटा, रमेशसिंह यादव र भोजराज बराल चयन भएका छन् । निर्वाचन अधिकृत अधिवक्ता विष्णुप्रसाद शर्मा मरासिनीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । सचिव दिपेन्द्रपताप चन्दले सचिवको प्रतिवेदन प्रस्तुत… पुरा पढौ

गण्डकी प्रदेश सेमिफाईनल प्रवेश

पोखरा-चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामो गण्डकी प्रदेश सेमिफाईनल प्रवेश गरेको छ । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशसँग गोलरहित बरारबीमा टुंगिएको थियो । बिीरगन्जमा आयोजित प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २-० गोलले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । गण्डकी प्रदेशको जितमा कमलदेवी पुनले गरिन् । उनले पेनाल्टी कर्नरलाई सदुपयोग गर्दै गोल गरिन् । उनको गोलसँगै अग्रता लिएको गण्डकीले दोस्रो गोल गर्दै जित पक्का बनायो । दोस्रो गोल कप्तान नानु गुरुङले गरेकी थिईन् ।… पुरा पढौ

सुखद शुरुवात गर्ने तयारीमा सहारा र एपीएफ

पोखरा-बिहीबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा २० औं संस्करणको आहा रारा गोल्डकप शुरु हुदैं छ । आयोजक सहारा क्लबले शसस्त्र प्रहरी बल(एपीएफ क्लब)सँग उदघाटन खेल खेल्ने छ । आहा रारा गोल्डकपमा सहाराले गतवर्षको हारलाई विर्साउँदै सुखद अनुभूति गर्ने लक्ष्यमा रहने छ । एपीएफले भने मोफसलको उत्कृष्ट फुटबल प्रतियोगितामा जितको श्रृंखला दोहोर्याउने अभियानमा केन्द्रीत हुने छ । जित्ने टोलीले अमेरिकन टोली भुटानिज युथ सोसाईटी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । कोभिड–१९ को तेस्रो लहर उत्कर्षमा पुग्दै छ । यद्यपी जिल्ला प्रशासन कार्यालय कास्कीले… पुरा पढौ

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

पोखरा-लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतलाई चेक हस्तान्तरण गरे । बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै… पुरा पढौ

चौथो सहाना प्रधान स्मृति हक्कीमा सहभागि गण्डकीको बिदाई

पोखरा-बीरगञ्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाई गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले खादा लगाई बिदाई गरे । कोरोना महामारीकै बीचमा १८ सदस्यीय टोली सोमबार बीरगञ्ज प्रस्थान गरेको हो । नानु गुरुङ(कप्तान), कमला पुन, सविना पुन, सोनु बराल, शिल्पा चौधरी, मनिला मगर,प्रिती मगर, लक्ष्मी गुरुङ, पुजा पुन, अंकिता अधिकारी, दिपशिखा पौडेल, सृजना नेपाली, सुमिना सुनार,… पुरा पढौ

कुमालद्वय कराँते च्याम्पियन

पोखरा-२१ औं राष्ट्रिय माछापुच्छ्रे फुल–कन्ट्याक्ट कराँते तथा तेश्रो क्योकुशिन कान कराँते प्रतियोगितामा पुरुष तर्फ मोसेस कुमाल र महिला तर्फ सरगम कुमाल च्याम्पियन बनेका छन् ।पुरुषतर्फ खुल्ला तौल समूहमा मोसेसले कपिल कुमाललाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । तेस्रोस्थानमा सुमित सिग्देल र अनिल बराम आएका छन् । नेपाल क्योकुसिन कान कराँते संघ कास्कीले पोखरा रंगशालामा आयेजना गरेको फाईनल प्रतिस्पर्धामा महिला तर्फ राष्ट्रिय खेलकुदमा स्वर्ण पदकविजेता सरगम कुमालले धनी रानामगरलाई पराजित गर्दैै च्याम्पियन बनेकी हुन् । पुरुष तर्फ ५५ केजी तौल समूहमा… पुरा पढौ

आर्मी र शसस्त्रलाई दोस्रो टाईगर कप भलिबल उपाधि

पोखरा-लिगचरणमा हार व्यहोरेको नेपाल आर्मीले टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई फाईनलमा पराजित गर्र्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि जित्न सफल भएको छ । शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको फाईनलमा हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै आर्मीले पुरुष तर्फको उपाधि उचाल्यो । महिला तर्फ भने आर्मीलाई पराजित गर्दै शसस्त्र प्रहरी बलले उपाधि रक्षा गरेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा आर्मीले हेल्प नेपाललाई लिगचरणमा व्यहोरको हारको बदला लिदैं उपाधि उचाल्यो । पहिलो सेटमा १४–६ ले अग्रता लिएको आर्मीले २५–१८… पुरा पढौ

हेल्प नेपाल र त्रिभुवन आर्मी उपाधिको लागि भिड्ने

पोखरा-हेल्प नेपालले गण्डकी प्रदेशलाई र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि फाईनल प्रवेश गरेका छन् । हेल्प नेपाल १० अंकसहित फाईनल प्रवेश गर्दा त्रिभुवन आर्मी ९ अंकसहित उपाधि निकट पुगेको हो । हेल्प नेपालले शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने छ । राउण्ड रोविन लिगमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको थियो । शुक्रबारसम्म आईपुग्दा हेल्प नेपाल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई फाईनल प्रवेशको… पुरा पढौ

महिला तर्फ आर्मी र शसस्त्र फाईनलमा

पोखरा-टाईगर ग्रुप अफ पोखराको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल प्रतिस्पर्धा दुई विभागीय डर्बी बीच हुने छ । महिला तर्फ उपाधिको लागि त्रिभुवन आर्मीले शसस्त्र प्रहरी बलसँग खेल्ने छ । महिला तर्फ शुक्रबार त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पन्छाउँदै फाईनल प्रवेश गरेको छ । आर्मीले २१–२५, २५–१८, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । यसैगरी टाईगर ग्रुपलाई शसस्त्र प्रहरी बलले पराजित गरेको छ । शसस्त्र प्रहरीले २५–१४, २५–२०, २३–२५ र २८–२६ को सेटमा पराजित… पुरा पढौ