खेल संस्था

सामान नहुदाँ हर्डल्सको छनोट इभेण्ट हुनै सकेन

पोखरा-नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता चलिरहँदा एथलेटिक्सका ६ वटा इभेण्टको भने प्रतिस्पर्धा भएन् । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । आवश्यक सामानको अभाव नहुदाँ एथलेटिक्सको हर्डल्स तर्फको प्रतिस्पर्धा हुनै नसकेको कास्की जिल्ला एथलेटिक्स संघले स्वीकारेको छ । एथलेटिक्सको प्रदेशस्तरीय छनोट प्रतिस्पर्धाको इभेण्ट पोखरा रंगशालास्थित ट्रयाक एण्ड फिल्डमा आयोजना गरिएको छ । हर्डल्ससँगै म्याराथन समेत छनोट प्रतिस्पर्धा आयोजना गर्न नसकिएको नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य गजबहादुर गुरुङले… पुरा पढौ

बुद्धिचाल प्रतियोगिताको छनोटमा पुजा र सविन प्रथम

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् । कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् । यसैगरी कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय बने । उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए । यसैगरी बागलुङका लेख बहादुर थापा ४ अंकका साथ तृतिय भए ।… पुरा पढौ

ज्याभलिनमा लमजुङका तामाङलाई स्वर्ण

पोखरा-ट्रयाक एण्ड फिल्ड अन्तर्गत ज्याभलिन थ्रो पुरुषतर्फ लमजुङका तीर्थमान तामाङले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पोखरा रंगशालामा भएको प्रतिस्पर्धामामनाङ्गका विकासबाबु बरामले रजत र लम्जुङका रोनिक तामाङले कास्य पदक हात पारेका छन् । त्यस्तै महिलतर्फ तनहुँकी बिनिता सार्कीले स्वर्ण, कास्कीकी सोनु नेपालीले रजत र स्याङजाकी वितिसा रानाले कास्य पदक प्राप्त गरेकी छन् । पुरा पढौ

व्याडमिन्टनमा छनोट सम्पन्न

पोखरा- प्रतियोगिता अन्तर्गत सम्पन्न व्याडमिन्टनतर्फ आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट हुन सफल भएका छन् । छनोट हुने पुरुषतर्फ कास्कीका विधान अधिकारी, विशाल खड्का, इशान खड्का, शम्भू श्रेष्ठ, भूगोल गुरुङ, सुजन थापा लम्जुङ र क्षितिज खनाल नवलपुर रहेका छन् । वैकल्पिकमा दिपक राना स्याङजा र स्पनन्दन श्रेष्ठ तनहुँ रहेका छन् । त्यस्तै महिलातर्फ दिलाशा राना तनहुँ, तिल मायाँ राना स्याङजा, शितल केसी कास्की, यम कुमारी गुरुङ कास्की र प्रतिमा गुरुङ पर्वत रहेका… पुरा पढौ

फुल कन्ट्याक्ट करातेमा कास्की च्याम्पियन

पोखरा-फुल कन्ट्याक्ट करातेतर्फ कास्की जिल्ला टिम च्याम्पियन भएको छ । फुल कन्ट्याक्टतर्फ सम्पन्न प्रतियोगिता बारे जानकारी दिंदै सुवास खड्काले कास्कीले ८ स्वर्ण, २ रजत र २ कास्य सहित टिम च्याम्पियन भएको बताएका छन् । त्यस्तै स्याङजा १ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ उपविजेता र तनहुँ १ स्वर्ण, २ रजत र २ कास्यसहित तेस्रो हुन सफल भएको छ । सम्पन्न प्रतियोगितात पुरुष ४५ केजीतर्फ नारायण कार्की कास्की, ५० केजी कास्कीकै अनिश वसढा मगर, ५५ केजीतर्फ पासाङ लामा पर्वत,… पुरा पढौ

रग्वी प्रतियोगितामा गोर्खा च्याम्पियन

पोखरा-नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश छनोट अन्तर्गत रग्वी प्रतियोगितामा गोर्खा जिल्ला कास्की जिल्लालाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२–० को स्कोरले पराजित गरी च्याम्पियन भयो । पोखरा–२९, भण्डारढिक स्थित नेपाल आदर्श आवासिय माध्यामिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा तनहुँ जिल्लाले नवलपुर लाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२ स्कोर प्राप्त गरी तृतिय स्थान प्राप्त गर्दा नवलपुरले १ ट्राइ गरी ५ स्कोर गरी स्कोर बिहिन रह्योसेमि फाइनल खेलमा कास्कीले नवलपुरलाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी… पुरा पढौ

फरक फरक जर्सीमा कास्की कबड्डीका खेलाडी प्रतिस्पर्धा गर्न एरिनामा

पोखरा-खेलकुदमा जर्सी खेलाडीको एउटै रंगको हुनुपर्छ । नियमले पनि त्यही भन्छ । तर विडम्बना गण्डकी प्रदेशस्तरीय छनोट खेलमै खेलाडीले रंगी विरंगी जर्सी लगाएर एरिनामा उत्रिएका छन् । रंगीविरंगी जर्सी लगाउने अन्य जिल्लाका भने होईनन् । स्वंय कास्की जिल्लाका खेलाडीले लगाउँदै एरिनामा उत्रिएका थिए । खेल खेलाउने निर्णायकले त्यो पनि हेक्का राख्न सकेनन् । प्रशिक्षक र सम्बन्धित जिल्लाका पदाधिकारीले पनि त्यसलाई ख्याल राखेनन् । जर्सी पाएर खेलाडीले नलगाई खेल्नु अर्को दुर्भाग्य हो । प्रतिस्पर्धी टोलीले पनि त्यसलाई सहर्ष स्वीकार गरेर खेल्न… पुरा पढौ

मैत्रीपूर्ण खेल खेल्न वर्षेनी आउँछ भारतबाट खेलाडीहरु

पोखरा-भारतबाट वर्षेनी पर्यटकहरु नेपाल भित्रिने गरेका छन् । कोही गर्मी छल्न पोखरा आईपुग्छन् । कोही भने खेलकुदको माध्यमबाट पोखरा आउने गर्छन् । पछिल्लो समय घुम्ने पर्यटकसँगै खेल पर्यटकको आगमन पनि उत्साहप्रद नै देखिन्छ । वर्षेनी विभिन्न खेलको लागि भारतका विभिन्न शहरबाट मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि खेलाडीहरु पोखरामा आउने गरेका छन् । विशेष गरी क्रिकेट, भलिबल, कबड्डी, व्याडमिन्टन, बक्सिङ लगायतको खेलको लागि पोखरा आउने गरेका छन् । इण्डो नेपाल मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि भारतीय विभिन्न संघसंस्थाले पोखरा ल्याउने गरेको छ । केहीदिन अघि… पुरा पढौ

राष्ट्रिय खेलकुद प्रतियोगितालाई छुट्टाइएको ६० करोड रुपैयाँ खोई–मन्त्री गुरुङ

पोखरा-पर्याप्त बजेट नपाएसम्म गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न नसकिने स्पष्ट पारेको छ । बजेटकै अभावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदाँ आफुहरु फस्ने सम्भावना भएको उल्लेख गर्दै ठगी मुुद्धा खेप्नजानुपर्ने देखिएको स्पष्ट पारेको छ । ‘नवौं राष्ट्रिय खेलकुदको लागि ७ करोड मागेका हौं । तर साढे तीन करोड मात्रै मन्त्रालयले दिएको छ ।’ बुधबार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राजीव गुरुङले भने–‘थप बजेट भएन भने गेम गर्न… पुरा पढौ

न्यूू डायमण्डलाई स्तब्ध पार्दै पुलिसले जित्यो उपाधि

पोखरा-न्यूू डायमण्ड युुथ क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । बुुधबार भएको फाइनल खेलमा पुुलिसले डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।नव आदर्श सामुदायिक विकास समाज लामाचौरले तीज महोत्सवको अवसरमा आयोजना गरेको महिला भलिबलमा दर्शकको साथ भरपुर पाएको न्यू डायमण्ड खेलमा चम्कन सकेन् । पहिलो सेटमा पुलिसले डाइमण्डलाई २५–१५ को स्कोरमा पराजित ग¥यो । पहिलो सेटमा पराजित भएपछि दोस्रो सेटमा डायमण्डका खेलाडीले झनै खराब प्रर्दशन गर्दा… पुरा पढौ