खेल संस्था

पुलिसद्वारा आर्मीमाथि चार विकेटको जित

काठमाडौं-कीर्तिपुर मैदानमा नै भएको मंगलबारको पहिलो खेलमा अर्को विभागीय टोली पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीमाथि ४ विकेटले जित निकाल्दै अपराजित यात्रालाई दोस्रो खेलमा पनि निरन्तरता दियो । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको पुलिसले मंगलबार उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेतामाथि सहज जित निकालेको हो । आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि कुशल भुर्तेलले २२ बलमा ३५ रन जोड्दा रासिद खानले १९ बलमा २८ रन बटुले ।… पुरा पढौ

नेपाल पुलिस र एपीएफको लगातार दोस्रो जित

काठमाडौं- विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा कर्णालीले प्रदेश र प्रदेश नम्बर २ ले पहिलो जित निकालेका छन् । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विभागीय टोली एपिएफका लागि लोकेस बलमे विस्फोटक अर्धसतकीय इनिङ्स खेले । लोकेसको उत्कृष्ट ब्याटिङको सहयोगमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । जितसँगै एपिएफ समूह ‘बी’ को शीर्ष… पुरा पढौ

त्रिभुवन आर्मीसँग शसस्त्रको दुवै टोली पराजित

पोखरा-टाईगर कप दोस्रो आमन्त्रित महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीको महिला तथा पुरुष टोलीले जित आत्मसात गरेको छ । विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीले शसस्त्र प्रहरी बलको टोलीलाई पराजित गरेको थियो । आर्मीको महिला तथा पुरुष दुवै टोलीले जित निकाल्ने क्रममा चार सेट खेलेका थिए । नेपाल पुलिस क्लब दोस्रो जितसँगै टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि निकट पुग्दा शसस्त्र प्रहरी बल दोस्रो हारसँगै दोस्रो टाईगर कप क्लब च्याम्पियनसिपको उपाधिबाट लगभग बाहिरिएको अवस्था छ । विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीसँग… पुरा पढौ

डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशको सुखद शुरुवात

पोखरा-दोस्रो टाईगर कप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ । सोमरबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना भएको खेलमा पुरुष तर्फ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि सोझो सेटको जित निकाल्दै उपाधि रक्षा यात्रा प्रारम्भ गरेको छ । पहिलो सेट २५–१७,२५–२२ र २५–१७ को सेटमा पराजित गर्दै सुखद शुरुवात गर्यो । अर्को खेलमा हेल्प नेपाल स्पोर्टस क्लबलाई नेपाल पुलिस क्लबले भने पाँचौ सेट खेल्दै कमब्याक जित आत्मसात गर्यो । पहिलो सेट २५–१६… पुरा पढौ

ए डिभिजनको लक्ष्यमा सहारा क्लब

पोखरा-मोफसलकै अग्रणी क्लब सहाराले सी डिभिजन लिग खेल्दै ए डिभिजनको यात्रा तय गर्ने अभियानमा छ । मोफसलकै क्लबलाई ए डिभिजन सिधै नदिने भन्दै क्लबले ए डिभिजनको लागि सी डिभिजनबाट अघि बढ्ने सहारा क्लबले जनाएको छ । ‘ए डिभिजन खेल्न सी डिभिजनबाटै अघि बढ्छौं ।’ सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । क्लबले एक दशक अघि नै बी डिभिजन खेल्ने क्रममा सहारा क्लबलाई रोक लगाएको थियो । बी डिभिजनमा उत्कृष्ट नजिता आत्मसात गर्दै ए डिभिजनमा उक्लिने सम्भावना… पुरा पढौ

गण्डकी प्रदेश तेक्वान्दो संघमा जगन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

पोखरा-गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद अवस्था अझै लघु अवस्थामा रहेको उल्लेख गर्दै सरकारको दृष्टिकोण अझै नपुगेको बताएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्र्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिए । ‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिनेकाम राज्यले दिनुपर्छ ।’ आईतबार संघको अधिवेशनमा बोल्दै प्रदेश प्रमुख गुरुङले भने–‘खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवद्र्धन हुन सक्छ ।’ सरकार चलाउने दलका नेताहरु… पुरा पढौ

ओलावालेको ह्याट्रिक,मनाङलाई घरेलु मैदानमा शत प्रतिशत नतिजा

पोखरा-अफिज ओलावालेको ह्याट्रिक गरेपछि मनाङमस्र्याङ्दी क्लवले घरेलु मैदानमा शत प्रतिशत नतिजा निकालेको छ । घरेलु मैदानमा उनको पहिलो ह्याट्रिक हो । घरेलु मैदानमा शनिबार भएको तेश्रो तथा अन्तिम खेलमा मनाङले च्यासल युथ क्लवलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै तीन अंक जोड्यो । मनाङले घरेलु मैदानमा ९ अंक जोड्दै घरेलु मैदानको भरपुर उपयोग गर्यो । कतार एयरवेज सहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबल प्रतियोगितामा पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङमस्र्याङ्दी क्लवले पोखरामा भएको तीनवटै खेल जितेर शत प्रतिशत नतिजा निकालेको… पुरा पढौ

टिशा र प्रारम्भले जिते यु १६ उपाधी

काठमाडौं-टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु १६ तर्फ बिजयी भएका छन् । नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा भएको प्रतियोगिताको २०० मिटर दौड, ४०० मिटर पौडी र १०० मिटर दौडको दुरी महिला तर्फ २४ मिनट ५६ सेकेन्डका साथ टिशाले र पुरुष तर्फ २३ मिनट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् । महिला तर्फ आजमी श्रेष्ठले २६ मिनट ३९ सेकेन्डका साथ दोश्रो र रोशा न्यौपानेले ३१ मिनट २६ सेकेन्डका साथ तेश्रो… पुरा पढौ

गण्डकी प्रदेश र शसस्त्र प्रहरी बलबीच उदघाटन खेल

पोखरा-डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलसँग उदघाटन खेल खेल्दै दोस्रो संस्करणको टाईगर कप आमन्त्रित क्लब महिला तथा पुरुष क्लब च्याम्पियनसिप शुरु गर्दै छ । सोमबारदेखि शुरु हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले उपाधि रक्षाको यात्रा शुरु गर्दा शसस्त्रले सुखद शुरुवात गर्ने अभियानमा हुने छ । महिला तर्फ भने त्रिभुवन आर्मीले न्यु डायमण्ड स्पोर्टस क्लबसँगै उदघाटन खेल्दै प्रतियोगिताको थालनी गर्ने छ । दोस्रो खेलमा दुई विभागीय क्लब बीच विभागीय डर्बी प्रतिस्पर्धा हुदैं अंक जोड्ने प्रयासमा रहने छन् । शसस्त्र प्रहरी… पुरा पढौ

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन

पोखरा-पहिलो पटक आयोजना गरिएको गण्डकीप्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जितेका छन् । स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा ¥याङकिङ राउण्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका उनले फाईनलमा आफनै म्याग्दीकै उमेश तिलिजालाई ६–२ सेट प्वाइन्ट अन्तरमा पराजित गर्दै नगद २५ हजार राशीसहित स्वर्ण पदक प्राप्त गरे । तिलिजा दोस्रो हुदैं नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । पूर्व आर्चरी खेलाडी कृष्ण तुलाचन(हाल बेलायत)ले प्रायोजन गरेको एक लाख रुपैयाँ बराबरको रिकर्भ बो सेट च्याम्पियन बनेका सुजन पुनले… पुरा पढौ