खेल संस्था

एपीएफसँग गण्डकी दुईरनले पराजित

काठमाडौं-प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा लुम्बिनीले प्रदेश नम्बर २ माथि ४२ रन तथा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेका हुन । एपीएफले आफ्नो तेस्रो खेलमा गण्डकी प्रदेशलाई जितका लागि ९३ रनको कमजोर लक्ष्य दिए पनि बलरको उत्कृष्ट प्रदर्शनमा एपीएफ लगातार जितको यात्रा जारी राख्न सफल भयो । गण्डकी २० ओभरमा ७ विकेट गुमाएर… पुरा पढौ

कर्णालीमाथि सुदुरपश्चिमको जित

काठमाडौं- प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यस अघि सुदुरपश्चिम पहिलो खेलमा पुलिस क्लबसँग दुई रनले हारेको थियो । यता पराजित कर्णालीले तीन खेलमा दोस्रो पराजय भोगेको छ । यस अघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश नंम्बर १ लाई ३१ रनले हराएको थियो । १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १९.१… पुरा पढौ

लुम्बिनी प्रदेशको पहिलो जित

काठमाडौं-कीर्तिपुर मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ४२ रनले हराउँदै प्रधानमन्त्री कप टी-२० राष्टिर्य क्रिकेट प्रतियोगितामा प्रतियोगितामा पहिलो जित निकाल्यो । यता प्रदेश नम्बर २ ले तीन खेलमा दोस्रो पराजय भोगेको छ । बिहीबारको खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रनमात्र जोड्न सक्यो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे । हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन… पुरा पढौ

फाईनल प्रवेश रोमाञ्चक, अन्तिम खेलको प्रतिक्षा

पोखरा-एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय क्लब शसस्त्र प्रहरीलाई ३–१ को सेटले पन्छाएपछि दोस्रो संस्करणको टाईगर कप फाईनल प्रवेशको लागि अंक तालिका रोमाञ्चक बनेको छ । टाईगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा सञ्चालित क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ नेपाल पुलिस क्लब तीन जितसँगै शीर्षस्थानमा छ । पुलिसको ८ अंक छ । हेल्प नेपालले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ । हेल्प नेपालको ७ अंक छ । नेपाल पुलिससँग पाँचै सेट खेलेर हार… पुरा पढौ

प्रदेश आर्चरी च्याम्पियन पुनलाई रिकर्भ बो सेट हस्तान्तरण

पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ । बेलायत बस्दै आएको प्रदेशका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा आर्चरीको खेल सामाग्री हस्तान्तरण गरिएको हो । तुलाचनले बिहीबार आफनो जन्मदिनको अवसरमा सहयोग गरेको कास्की जिल्ला आर्चरी संघले जनाएको छ । हस्तान्तरण गरिएको रिकर्भ बो सेट एक लाख रुपैयाँ बराबरको हो । खेल सामाग्रीलाई गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले च्याम्पियन बनेका पुनलाई हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला आर्चरी संघले नवौं… पुरा पढौ

सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

पोखरा-२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको संघारमा रहेको सहारा क्लबलाई गोल्डकपको विभिन्न विधाको पुरस्कार हस्तान्तरण गरिएको छ । सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेष्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, गोलकिपर, प्रत्येक म्याचको प्लेयर अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी… पुरा पढौ

सञ्जु र जुनुमायाको नयाँ किर्तिमान

काठमाडौं-बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान बनाएका छन् । १३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । उनले स्नाचमा… पुरा पढौ

न्यु डायमण्डमाथि शसस्त्रको संघर्षपूर्ण जित

पोखरा-शसस्त्र प्रहरी बलले न्यु डायण्ड स्पोर्टस क्लबलाई पाँचै सेटमा संघर्ष जित निकाल्दै दोस्रो टाईगर कप आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि यात्रालाई बलियो बनाएको छ । बुधबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरीले दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै पाँचौ सेटमा जित निकाल्न सफल भयो । पहिलो सेट २१–२५ मा गुमाएको शसस्त्र प्रहरीले दोस्रो सेटमा कम ब्याक गर्यो । दोस्रो सेट शसस्त्रले २५–२१ म लिदैं बराबरी गरेपछि खेल रोचक बन्यो । दर्शकले पनि भलिबलको पूर्ण मनोरन्जन लिने पाएको… पुरा पढौ

गण्डकी प्रदेश दुई विकेटले पराजित

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशले दिएको १ सय १७ रनको लक्ष्य प्रदेश नम्बर २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग २४ रनको पराजय भोगेको प्रदेश नम्बर २ ले गण्डकीविरुद्ध जित हात पार्दा कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन जोडे । सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७ रन बनाए । बलिङ तर्फ गण्डकीका कृष्ण पौडेलले सर्वाधिक ३ विकेट हात पार्दा विशाल पौडेल र सुवास भण्डारीले… पुरा पढौ

कर्णाली प्रदेशको फराकिलो जित

काठमाडौं-मूलपानी क्रिकेट मैदानमा भएको मंगलबारको अर्को खेलमा प्रदेश नम्बर १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले जारी प्रधानमन्त्र कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा आर्मीलाई ६३ रनको नतिजा सुम्पिएको कर्णालीले १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ लाई ८९ रनमा रोक्दै ३१ रनको विजयी नतिजा निकालेको हो । १७.५ ओभरमा प्रदेश नम्बर १ ले सबै विकेट गुमाउन पुगको थियो । प्रदेश १ का लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोड्दा दिपेश कडेल… पुरा पढौ