खेल संस्था

प्रिन्स दोश्रो चरणमा

काठमाडौं- आयोजक रिभाईभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ को पुरुष एकलमा दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१- ७, २१ -१३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुने । यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोश्रो चरणमा स्थान बनाए । रुकेशले शिवराम चौधरीलाई २१- ५, २१ -४ ले तथा पविनले शिभ राईलाई २१ -११, २१ -४… पुरा पढौ

बालाजु टिम च्याम्पियन

काठमाडौं-बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय÷डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले ८ स्वर्ण, १ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्यो । फ्रेन्डसिप तेक्वान्दो डोजाङको आयोजनामा टोखामा भएको प्रतियोगितामा दोश्रो भएको नागर्जुन तेक्वान्दो डोजाङले ६ स्वर्ण, ७ रजत र १२ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र ५ कांस्यसाथ आयोजक फ्रेन्डसिप ‘ए’ ले तेश्रो स्थानमा चित्त बुझायो । दुई टिम सहभागी आयोजकको ‘बी’ टिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य हात पा¥यो ।… पुरा पढौ

लिम्पियाद्वारा खेलाडी सम्मानित

काठमाडौं-जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो । भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो । त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरुसहित टोलीका महत्वपूर्ण सदस्य स्विकार कुन्वर पनि… पुरा पढौ

नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृखंलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा रोमाञ्चक जित निकालेको नेपालले नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग लिगको दोस्रो खेल खेल्न लागेको हो । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । ओमान विरुद्धको खेलमा चल्न नसकेको ब्याटिङलाई सुधार गर्दै नेपाल अमेरिकाविरुद्ध मैदान उत्रिन लागेको हो । नेपाल जितको खोजीमा हुनेछ । यस अघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । पहिलो… पुरा पढौ

विदेशी खेलाडी किन्नुस खर्च मन्त्रालयले व्यर्होछ–मन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी आहा गोल्डकपको लागि सहारा क्लबलाई दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले व्यहोर्ने बताएका छन् । विगतमा वर्षमा गण्डकी प्रदेशले सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको आर्थिक सहयोग गरेपनि यो वर्ष भने विदेशी खेलाडी किन्न खर्च गर्ने मन्त्री गुरुङको उदघोष रह्यो । ‘गोल्डकपलाई सपोर्ट गर्छौ । गोल्डकपमा चार जना विदेशी खेलाडी राख्न पाईन्छ । चार जनामा दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले व्यहोर्छौ ।’ मन्त्री गुरुङले बुधबार पोखरा रंगशालामा आयोजित सहारा क्लबको… पुरा पढौ

क्यासलको हस्पिटल पार्टनरमा दीप हस्पिटल

पोखरा-नेशनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रङ्गशालामा आगामी असोज २ देखि २२ गते सम्म सञ्चालन हुने लिग अवधिभर खेलाडीहरुलाई आवश्यक स्वास्थ्य सम्बन्धि सबै सेवाहरु उपलब्ध गराईने अस्पतालका सञ्चालक अर्जुन गुरुङले बताए । उनले क्यासल टिमलाई व्यवस्थापनका लागि नगद रु ५० हजार समेत सहयोग गरेको बताए । ‘५० हजार त सानो रकम मात्रै हो, उनले भने, ‘हामीले आगामी दिनमा समेत क्यासलसँग सकरात्मक र रचनात्मक… पुरा पढौ

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन अशोज १ गते देखि

काठमाडौं-रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ अशोज १ गते देखि हुने भएको छ । पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने आकांक्षा गरिएकोछ । सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिीका भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र… पुरा पढौ

फुटसल लिग स्पोर्टस् क्यासललाई अंशुभराको साथ

पोखरा-पोखरामा आयोजना हुने नेशनल फुटसल लिग (असोज २ देखि २२ गते सम्म) खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले प्रायोजन गरेको छ ।अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि स्पोर्टस् क्यासलको फुटसल टोलीलाई आर्थिक तथा भौतिक (आपसी समझदारीमा) सहयोग सहित सम्झौता गरेको हो ।पोखरामा आयोजित एक कार्यक्रमका बिच क्यासलको तर्फबाट सञ्चालक ईश्वर गुरुङले र अंशुभरा गु्रपको तर्फबाट प्रवन्धक निर्देशक सौगात थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे । ै निर्देशक थापाले आफ्नो गु्रपको मान्यता… पुरा पढौ

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

काठमाडाैं । बंगलादेशसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललार्य गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि चढेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । नेपालका अधिकांस प्रयासलाई… पुरा पढौ

खोप कार्ड हेरेर खेलाडीलाई प्रशिक्षण

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कोरोना विरुद्धको खोप लगाएका खेलाडीहरुलाई कार्ड हेरेर प्रशिक्षण गराउन सकिने बताएका छन् । खोप कार्डलाई परिचय पत्र मानेर चेक जाँच गरी खोप लगाएकालाई मात्रै प्रशिक्षण दिन सकिने उल्लेख गरे । ‘खोपले सुरक्षित छौं भन्ने सन्देश दिन खोजिरहेका छौं ।’ उनको भनाई थियो । आईतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले खेलकुद शून्य अवस्थामा रहेको उल्लेख गर्दै केही पूर्वाधार निर्माणको संघारमा रहेको बताए । ‘सरकारले बजेट दिएको छैन् । केवल ९ जिल्लाका… पुरा पढौ