खेल संस्था

पूर्व उपप्रधान तथा गृहमन्त्री थापाको दोहोरो जित

पोखरा-पूर्व भेट्रान टेनिस च्याम्पियन कमल थापाले पोखरा रंगशाला टेनिस कोर्टमा दोहोरो जित निकाल्दै उमेर समूहमा सशक्त प्रदर्शनलाई निरन्तरता दिएका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेको थापाले ५५ वर्ष माथिको एकल तथा र डबल्स दुवै इभेण्टमा जित दर्ता गर्दै उपाधिको लागि खरो उत्रिएका हुन् । एकल स्पर्धामा थापाले राजकुमार गुरुङ्गमाथि ६–४, ६–० को सोझो सेटको नजिता निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङ्गको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा… पुरा पढौ

आइटिएफ पदक विजेतालाई नगदले सम्मान

नेपालगन्ज-लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ । शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । सम्मान पाउनेमा महिलातर्फ राइका चौधरी २० केजी, पुर्णीमा सुनार २५ केजी, विनिता बुढा ५५ केजीतर्फ थिए । त्यसैगरी पुरुषतर्फ कमल बोहरा २० केजी, गोपाल सोममगर २५ केजी, मोविन… पुरा पढौ

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं-नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ । पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज श्रेष्ठ, आईकेकेएफका विवेककुमार मेहताले लुम्बिनी डोजोका आनन पुर्जा र आर्मीका विकास गुरुङले सो क्योकुसिनका विवेन्द्र राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुरुष ७५ केजीमुनि आर्मीका मनोज थपलिया,… पुरा पढौ

मनीष च्याम्पियन

काठमाडौं- जिमखाना क्लबका मनीष लामिछाने फ्रेन्डसिप वेल्फेयर मुवाँथाइ प्रो फाइटअन्तर्गत एमेच्योरको पुरुष ८० केजीमा च्याम्पियन बनेका छन् । उनले केन्द्रीय क्लबका अर्जुन तिमल्सिनालाई पराजित गरे । सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन् । सेमी प्रोको पुरुष ५० केजीमा सुकेधाराका अमित बोहराले कपन क्लबका प्रिन्स दुलाल तथा ७० केजीमा सुकेधाराका नारायण श्रेष्ठले केन्द्रीयका राजेश कुँवरलाई पाखा लगाए । प्रोफेसनलको पुरुष ५० केजीमा सुकेधाराका यमन मोक्तानले फ्रेन्डसिप क्लबका सुजन बस्नेत, ५५ केजीमा गोकर्णेश्वर क्लबका क्रितिन श्रेष्ठले… पुरा पढौ

आर्मीको एएफसी छनोट खेल्ने मौका गुम्यो

काठमाडौं- चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टारले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँड्दा आर्मीको एएफसी छनोट खेल्ने मौका गुमेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको दिनको दोस्रो खेलमा आर्मी र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँड्दा आर्मीको लक्ष्यमा ठेस लागेको हो । थ्री स्टारसँग बराबरी खेल्दा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी छनोट खेल्ने मौका गुमेको छ । यससँगै थ्री स्टारले पछिल्ला तीन खेलमा लगातार बरारबरी खेल्दै… पुरा पढौ

माछापुच्छ्रे ओपन टेनिस शुरु, डा. मदन दोस्रो चरणमा

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले बिरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकासबहादुर भट्टराईलाई ६–०, ६–२ ले, नबिन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले केबी लामालाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका छन् । त्यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान… पुरा पढौ

प्रधानमन्त्री कप महिला क्रिकेटः विधामा प्रदेश १ को कब्जा

धनगढी-प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि एपिएफले कब्जा गर्दा प्रतियोगिताका विधामा भने प्रदेश १ ले कब्जा जमाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सओम्यान र उत्कृष्ट बलर गरी तीन वटै विधामा प्रदेश १ ले बाजी मारेको हो । प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी भईन् । उनले नगद २५ हजार सहित मेडल पाईन् । उनले प्रतियोगितामा ५ खेल खेल्दा १५७ रन बनाईन । जसमा उनको एक अर्धशतक सामेल रहेको छ । सर्वाधिक ७६ रनको पारी खेलेकी… पुरा पढौ

एपिएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

धनगढी-विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । उपाधि जितेसँगै  विभागीय टीम एपिएफले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको प्रदेश १ ले नगद ३ लाख सहित ट्रफी र… पुरा पढौ

काठमाण्डु टिम च्याम्पियनको उपाधी टेलिकमलाई

काठमाडौ- राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रणको उपाधी नेपाल टेलिकमले जितेको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाईनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाए । दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजबंशीमाथि हावी भईन् । राईले सिमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह… पुरा पढौ

तनहुँमाथि स्याङजाको ३ रनको रोमाञ्चक जित

पोखरा-तनुहँले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोटमा दोस्रो खेलमा पराजित भएको छ । जितको संघारमा पुगेको तनहुँ अन्तत स्याङजासँग ३ रनले हार व्यहोर्न पुग्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको लक्ष्य पुरा गर्न तनहुँ ४ रनले चुक्यो । स्याङजाले दिएको १२४ रनको लक्ष्य पछ्याएको तनहुँलाई जितको लागि केवल ४ रन चाहिएको अवस्थामा केवल एक विकेट मात्रै बाँकी थियो । तर चार नजोड्दै अन्तिम विकेट गुमाएपछि तनहुँ जितको संघारमा पुगेर पनि ३ रनको रोमाञ्चक… पुरा पढौ