खेल संस्था

एलपीएलको सह-प्रायोजकमा डिस होम

धनगढी-धनगढीमा अगामी माघ २२ गते बाट आयोजना हुने विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल ६ लाई डिस मिडिया नेटवर्क लिमिटेडले प्रायोजन गरेको छ । प्रतियोगितामा सहप्रायोजक रहने गरी डिस मिडिया नेटवर्क लिमिटेड का तर्फबाट शुक्रबार सेल्स अफिसर लक्ष्मीराज जोशी र आयोजकका तर्फबाट लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गत सिजनबाट नै प्रतियोगितालाई प्रायोजन गर्दै आएको डिस होम नेटवर्क लिमिटेडले यस बर्ष पनि सहयोगलाई निरन्तरता दिएकोमा शाहीले हस्ताक्षर समारोह… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा शुरुभएको प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ जना छनोट भएका छन् ।पहिलो चरणमा ¥याङकिङ राउण्डबाट ६४ खेलाडी छनोट गरिएको थियो । ६४ जनाको नकाउट चरणबाट ३२ जना छनोट भएका हुन् । ¥याङकिङ राउण्डमा म्याग्दीका २४ वर्षिय सुजन पुन सर्वाधिक स्कोर बनाउँदैं ¥याङकिङको शीर्षस्थानमा रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनी शीर्षस्थानमा रहँदै नकाउट… पुरा पढौ

शुक्रबारबाट आठौं चरणका खेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ । पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ । शनिबार तीन खेल हुनेछन् । १ बजे हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्सको चुनौती पाउनेछ । दिउँसो… पुरा पढौ

शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता

पोखरा-कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला आर्चरी मैदानमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता शुरु हुदै छ । प्रतियोगिता स्टाण्डर्ड–३० मिटरको हुने संघले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आर्चरीमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित कास्की जिल्ला आर्चरी संघले पहिलो पटक प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता आयोजना गरेको हो । स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा प्रदेशका छ जिल्लाका ६६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)ले प्रतियोगितामा कास्की,… पुरा पढौ

अन्तत डाकिएका सबै खेलाडी प्रशिक्षणमा फर्किए (फोटो फिचर)

काठमाडाैं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । फाेटाे साैजन्यः क्यान पुरा पढौ

सधै कप्तान बन्न आएको हैन– ज्ञानेन्द्र मल्ल

काठमाडाैं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडी सहित सबै जसो खेलाडी मैदानमा देखा परेका हुन । मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पुर्व कप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल… पुरा पढौ

मर्दी हिमालमा साहसिक खेल स्की प्रवद्र्धन गर्न ‘समर स्की’ महोत्सव

पोखरा-मर्दी हिमालमा साहसिक खेल स्कीको प्रवद्र्धन गर्न समर स्की महोत्सव गरिने भएको छ । साहसिक खेलसँगै साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एकसाता ‘समर स्की’महोत्सव गरिने दिगो हिमालयन कोष नामक संस्थाले जनाएको छ । आगामी माघ २७ गतेदेखि फागुन ३ गतेसम्म स्की महोत्सव गरिने छ । नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सवको तयारी गरिएको हो । महोत्सवलाई ‘ग्रेट हिमालयन स्की भ्रमण’ नाम दिइएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिव सुदीप गौतमका अनुसार सबै सिजनका लागि पर्यटन भन्ने अभिप्रायले… पुरा पढौ

आहा रारा गोल्डकपको २० औं संस्करण माघ ६ गतेदेखि

पोखरा-आहा रारा गोल्डकपको २० औं सस्करण आगामी माघ ६ देखि १५ गतेसम्म हुने अखिल नेपाल फुटबल संघले मिति तय गरिदिएको छ । क्लबले मागेकै समय फुटबल संघले उपलब्ध गराएको हो । यद्यपी फुटबल विगतमा झैं १० दिन आयोजना हुने छ । पछिल्लो दुई वर्षयता सहारा क्लबले आहा रारा गोल्डकपलाई १० दिनमा टुग्याउँदै आएको छ ।- प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन… पुरा पढौ

भलिबल खेलाडीलाई गण्डकी प्रदेश खेलकुद मन्त्रालयद्वारा सम्मान

पोखरा-एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले दोसल्ला ओढाई नगदसहित सम्मान गरेको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेपाली महिला भलिबल टोलीका कप्तानसहित गण्डकी प्रदेशका चार खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । महिला भलिबलकी कप्तान अरुण शाही कप्तान(म्याग्दी), उषा भण्डारी(तनहुँं), सोफिया पुन(बाग्लुङ) र शान्तिकुमारी थारु(नवलपुर)लाई सम्मान गरिएको हो । खेलाडीहरुलाई नगदसहित सम्मान गरिदाँ नेपाल भलिबल संघका कार्यबहाक जिम्मेवारी सम्हाल्दै बंगलादेश… पुरा पढौ

ब्रिगेडमाथि मनाङको संघर्षपूर्ण जित, उक्लियो शीर्षस्थानमा

पोखरा-ब्रिगेड ब्वाईज क्लबलाई १-० को संघर्षपूर्ण जित निकल्दै मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । शनिबार मनाङको घरेलु मैदान पोखरा रंगशालामा यो दोस्रो जित हो । यसअघि मनाङले घरेलु मैदान नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । जितले मनाङलाई एएफसी खेल्ने सम्भावनालाई जिवितै राखेको छ । पहिलो हाफको अतिरिक्त समयमा कप्तान अन्जन विष्टको हेडर निर्णायक गोल भएपछि मनाङले स्पष्ट तीन अंक आफनो खातामा जोड्न सफल रह्यो । पोखरामै दोस्रो पटक प्लेयर अफ दि… पुरा पढौ