खेल संस्था

घरेलु कोर्टमा प्रदीपलाई टेनिस उपाधी

पोखरा-साता अघि मात्रै काठमाडौंमा प्रधान सेनापति कप टेनिसका उपाधि जितेका पोखरेली खेलाडी प्रदीप खड्का पोखरामा आयोजित १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिसको उपाधि रक्षा गरेका छन् । नेपालका शीष बरियताका आरभसम्राट हाडालाई सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद ८० हजार रुपैयाँ प्राप्त गरे । पुरुष एकल तर्फको प्रतिस्पर्धामा शुक्रबार पोखरा रंगशाला टेनिस कम्प्लेक्समा भएको फाईनल प्रतिस्पर्धामा खड्काले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । गत महिना काठमाण्डौमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा… पुरा पढौ

इस्टर्न ओपनको प्रो एममा स्थानीय एमेच्योरको वर्चस्व

धरान । सुर्य नेपाल इस्टर्न ओपन अन्तर्गत अन्तिम दिन प्रो एममा धरानका स्थानीय एमेच्योरले वर्चस्व जमाएका छन् ।  त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहितएमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ रजितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते । धनबहादुरले ३७ अंकजोड्दा पेम्बाले ४१, रुपेन्द्रले ३७ तथा जितेन्द्रले ३७ अंक जोडे । धरानकैव्यावसायिक गल्फर निरज तामाङ (३७), एमेच्योर भिम दाहाल (३६), तुलसी सुब्बा (३६) र राम तामाङ (३६) ले कुल १ सय ४५ अंकसहित दोस्रो स्थान हासिल गरे… पुरा पढौ

कप्तान परिवर्तनको निर्णय क्यानको अधिकार हो-पुबुदु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले कप्तान परिवर्तनका लागि गरेको निर्णय क्यानको क्षेत्राधिकार भएको बताएका छन् । बिहीबार पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुलले यस्तो बताएका हुन । प्रशिक्षक पुबुदुले सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन । नेपाल फर्किएपछि खेलाडी र क्यानसँग आफ्नो छलफल भएको भन्दै खेलाडीको मुख्य गुनासो सेन्ट्रल कन्ट्रयाक्टमा रहेको र समाधान भए सबै बाँकी समस्या… पुरा पढौ

पुस अन्तिम साता भारत्तोलन हुने

काठमाडौं । २४ औं पुरुष तथा नवौं महिला राष्ट्रिय महिला भारोत्तोलन प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ । नेपाल भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको २७,२८ र २९ गते आयोजना हुने जनाएको हो । मध्यपुर थिमीको थिमी बैन्क्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरि ६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । प्रतियोगितामा देशभर र विभागीय टिमका गरि २ सय खेलाडीले सहभागि हुने आयोजकले बताएको छ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा… पुरा पढौ

महिला एकल उपाधि सलोनीलाई, पुरुष फाईनल भोलि

पोखरा-पोखरामा दुईसाताअघि आयोजित अन्तराष्ट्रिय आईटिएफ जुनियर च्याम्पियन बनेकी सलोनी तामाङले माछापुच्छ्रे ओपन टेनिसमा दोहोरो उपाधि जितेकी छन् । आईटिएफमा सर्किट १ र सर्किट २ को च्याम्पियन बनेकी सलोनीले पोखरामा बिहीबार माछापुच्छ्रे ओपन टेनिसमा महिला एकल र डबल्सको उपाधि जित्न सफल भईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सिंगलमा उनले गंगा शर्माको चुनौतीलाई ६–२, ६–० को सहज सेटमा पन्छाउँदै उपाधि जितिन् । डबल्सतर्फ सलोनी र माहिका राणा जोडीले सुभाङ्गी लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१, ६–३ को नतिजा… पुरा पढौ

छोम्रोङमा ‘ल्होसार मेला’ भलिबल र बास्केटबलको फाईनल खेल शुक्रबार

पोखरा -अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी ल्होसार मेलामा भलिबल तर्फको उपाधिका लागि सीवाईसी घुर्जुङ र जनउत्थान क्लब भिड्ने भएको छ । आज भएको सेमीफाईनल खेलमा सीवाईसीले एमवाईसी तल्लोगाउँलाई २३–२५, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै सीवाईसी फाईनल प्रवेश गरेको हो । यसैगरी अर्काे सेमिफाईनल खेलमा जनउत्थान क्लबले योङ स्टार क्लबलार्य २५–२३ र २५–२२ को सोझो सेटमा हराउदै जनउत्थान फाईनलमा पुगेको मेला संयोजक राम गुरुङले जानकारी दिए । उनका अनुसार जनउत्थान र सीवाईसी बिचको फाईनल खेल शुक्रबार विहान १० बजे… पुरा पढौ

सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर

काठमाडौं-युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन् ।नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताएका हुन । मन्त्रि गहतराजले अहिलेको खेलकुदको विषय कुनै व्यक्तिसँगको नभई देशको समग्रह खेल क्षेत्रको विसकासँग जोडिएकाले यस विषयलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नु पर्ने धारणा राखे । उनले… पुरा पढौ

पुबुदु दासानायके नेपाल आइपुगे

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् । यस अघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आईपुगेका हुन् । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् । मंगलबार विमानस्थल ओर्लिपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुुसी ब्यक्त गरे ।… पुरा पढौ

पेनाल्टी सुटआउटमा एमसिटीको भाग्य

पोखरा-लमजुङ को बेशीशहरमा आयोजित त्रिवेणी कप फुटबल प्रतियोगितामा मंगलबार एमसिटीले सामना युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समयमा १-१ गोल भएपछि निर्णय पेनाल्टीमा हुन पुग्यो । पेनाल्टी सुटआउटमा एमसिटीले ३-० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । सामनाका तीनै पेनाल्टी खेर गएको थियो । मीन गुरुङ,अजय श्रेष्ठ र सन्जय श्रेष्ठको प्रहार खेर गएपछि एमसिटीले जितको खुशी मनायो । एमसिटीका लागि दिवस छन्त्याल, एक्कु मगर सुदिप केसीको प्रहार गोलमा परिणत भएको थियो । निर्धारित समयमा एमसिटीका लागि… पुरा पढौ

नवलपुरमाथि कास्कीको ९ विकेटको फराकिलो जित

पोखरा-नवलपुरलाई ९ विकेटले पराजित गर्दै कास्की गण्डकी प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार नवलपुरले दिएको १३१ रनको चुनौतिलाई कास्कीले १ विकेटको क्षतिमा पुरा गर्दै फराकिलो जितसँगै च्यम्पियन बन्यो । विधान श्रेष्ठले अविजित ४३ तथा मुस्कान थापाले अविजित ४० रन जोडेपछि कास्कीले नवलपुरमाथि फराकिलो जित सम्भव हुन पुग्यो । ओपनर अनिल गुरुङ्गले ३२ रनको पारी खेल्दै पभेलियन फर्किए । खेलमा ४ विकेट लिएका कास्कीका कप्तान विपिन खत्री म्यान अफ द म्याच भए । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता लागि… पुरा पढौ