खेल संस्था

पाउँदुरकोट युवा क्लबले सी डिभिजन लिग खेल्दै

पोखरा-कास्कीको ढिकुरपोखरी पोखराको बजार देखि २५किलोमिटर टाढा पर्छ । टाढा भएपनि फुटबलमा आफनो यात्रा सी डिभिजनबाट शुरु गर्ने योजना बनाएको छ । अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन् । आफनो क्षमता र बलबुताले भ्याएसम्म खेलाडीले तयारी गरेका छन् । दुरदराजको क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको हो । प्रशिक्षण गर्दै पाउँदुरकोट युवा क्लब ढिकुरपोखरीका खेलाडीहरु । गाँउपालिकामा पोखरामा जस्तो फुटबल मैदान छैन् । माछापुच्छ्रे शिक्षा… पुरा पढौ

छानविन समितिले सदस्य सचिवलाई प्रतिवेदन बुझायो

काठमाडौं -राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “ बिवाद समाधान छानविन समितीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको बर्तमान अवस्थामा संघ भित्र भएको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयानुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम… पुरा पढौ

लोकतान्त्रिक खेलकुद महासंघ कास्कीमा नविन पुन

पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद महासंघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् । मंगलबारसंघको प्रदेश समितिले पुनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समितिको घोषण गरेको हो । नेपाली कांग्रेस निकट खेलकुद संघको प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितिय उपाध्यक्षमा रेकमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले चयन भएको नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । साथै सहसचिव सदस्यहरुको कार्यउन्नती हेरेर पदोन्नती गरिने जनाए । २०७१ सालमा खेल क्षेत्रमा भएको विकृति विसंगती अन्त्य गर्ने उद्देश्यले स्थापना भएको संघमा… पुरा पढौ

भारतसँग खेल्न २५ खेलाडीको सूची, अभिषेक टोली बाहिर

काठमाडौंं-भारतसँग हुने मैत्रीपुर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची तयार पर्दा स्ट्राइकर अभिषेक रिजाल टोलीबाट बाहिरिएका छन् । पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट स्ट्राइकर अभिशेख रिजाल, गोलकिपर अर्पण कार्की सहित शिशिर लेखीलाई टोलीबाहिर राखेर प्रशिक्षकले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन । दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको स्वर्ण दिलाउँदा उत्कृष्ट खेल प्रदर्शन गरेका अभिशेख टोलीबाट बाहिरिएका हुन । भदौ १७ र भदौ २० गते नेपालले भारतसँगको मैत्रीपुर्ण खेल काठमाडौंमा खेल्दै छ… पुरा पढौ

सिरिज खेल्न नेपाल ओमान प्रस्थान

काठमाडौं-आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (विहान) ओमान प्रस्थान गरेको छ । सेप्टेम्बरमा हुन आइसिसि विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली आज सलाम एयरबाट ओमान प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजकै लागि गत शनिबार घोषणा गरेको १७ सदस्यी खेलाडी र छ अफिसियल्सलाई आईएमई ट्राभल्स प्राइभेट लिमिटेडले विदाई गरेको हो । टोलीलाई आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले विदाई… पुरा पढौ

हाम्रो लक्ष्य नै फाईनल हो–अल्मुताईरी

पोखरा-नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य नै फाईनल भएको बताएका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोने दावी गरे । ‘तार्गेट नै फाईनल हो । फाईनल पुगेर इतिहास बनाउन चाहन्छौं ’ उनले संक्षिप्त कुराकानीमा भने–‘फाईनल पुग्नु नै पहिलो लक्ष्य हुने छ ।’ नेपाली राष्ट्रिय टोली यतिबेला पोखरामा प्रशिक्षणरत छ । केहीदिनपछि राजधानी काठमाडौं फर्किने छ । काठमाडौंमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय भईसकेको छ । साफ च्याम्पियनसिपमा बंगलादेश,… पुरा पढौ

छानविनसमितिले प्रतिवेदन बुधबार बुझाउने

काठमाडौं । पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ बीचको विवाद छानविन गर्न गठन भएको समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको समितिले सबै १४ जनासँग बयानको काम सकिएको र प्रतिवेदन अन्तिम चरणमा पुगेको भन्दै प्रतिवेदन बुधबार सम्म बुझाउने तयारी भएको समितिकी प्रवक्ता सुवर्ण केशरीले जानकारी दिइन् । ‘विवाद समाधान गर्न गठन भएको समितिले १४ जनासँगको बयान लिने काम सकिसकेको छ । सबैले उपस्थित… पुरा पढौ

एथलेटिक्स परिवारद्वारा वार्षिक कार्यक्रम घोषणा

काठमाडौं- एथलेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथलेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो ।एथलेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप ९यु–१६÷यु–२००, २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए । खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख… पुरा पढौ

पारालिम्पिक टोलीलाई केल्मीद्वारा खेल पोशाक प्रदान

काठमाडौं-जापानमा हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रा।लि। ले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ । नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोशाक प्रायोजन गरेको थियो । पारालिम्पिकमा सहभागी हुने १ खेलाडीसहित ५ सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले दरबारमार्गस्थित आफ्नै कार्यकक्षमा सामाग्री हस्तान्तरण गरे । अगष्ट २४ तारिखदेखि सुरु हुने पारालिम्पिक… पुरा पढौ

डिफेन्डिङ च्याम्पियनलाई पहिलो गाँसमै ढुङ्गा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा टोटनह्यामसँग १–० ले पराजित भएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामले डिफेन्डिङ च्याम्पियनलाई १–० ले स्तब्ध बनाएको हो । घरेलु टोलीलाई विजयी गराउनसन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध बनाएको हो । यो जितसँगै टोटनह्यामले चर्चित स्ट्राइकर ह्यारी केन बिना पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने सन्देश दिएको छ । केनलाई… पुरा पढौ