खेल संस्था

कोरोनाले रोकियो प्रदेशस्तरीय आर्चरी च्याम्पियनसिप

पोखरा-कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएको छन् । कास्की जिल्ला आर्चरी संघले गण्डकी प्रदेशस्तरीय पहिलो पटक आर्चरी च्याम्पियनसिपको तयारी गरेपनि कोरोनाकै कारण स्थगित गरिएको छ । संघले बैशाख १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेपनि कोरोनाको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । ‘प्रदेशस्तरीय र्आचरी च्याम्पियनसिप गर्ने तयारीमा थियौं । कोरोनाको संक्रमणको दोस्रो लहरले रोकिन पुग्यो ।’ उनले भने–‘दर्शक विहीन प्रतियोगिता आयोजना गर्ने योजना बनाएपनि खेलकुद समितिले स्वीकृति दिएन्… पुरा पढौ

धनगढीसँग चितवन पराजित

काठमाडौ- दोस्रो हाफमा सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा धनगढी फुटबल क्लबसँग एफसी चितवन राजधानीमा जारी खुकुरी नेपाल सुपर लिगमा पराजित भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा चितवनले गरेका केही प्रयास गोलपोस्टको बारमा लागेर फर्किएका थिए भने धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । तर दोस्रो… पुरा पढौ

अग्रता जोगाउन नसक्दा धनगढीले ललितपुरसँग अंक बाँड्यो

काठमाडौं- धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटलबल क्लबले काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा अंक बाँडेको हो । पहिलो हाफमा दबाबमा रहेर खेलको धनगढीले दोस्रो हाफ सम्हालिएको प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ७२औं मिनेटमा ओलावाले आफिजले गोल गरेर धनगढीका अग्रता निकालेका थिए । तर त्यसको सात मिनेट पछि नै बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रञ्जन… पुरा पढौ

चितवन र ललितपुर बीचको खेल बराबरी

काठमाडौं-पहिलो खेलमा काठमाडौं रेजर्सलाई नतिजा सुम्पिएको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा चितवनसँग बराबरी खेलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले ४९औं मिनेटमा लिएको अग्रतालाई अन्तिम मिनेटमा गुमाउँदा १–१ को बराबरीमा रोकिएको हो । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । अन्तिम मिनेटमा चितवनका विनोद गुरुङले पेनाल्टी क्षेत्रभित्र हातले रोकेपछि प्राप्त पेनाल्टी अवसरलाई अमित तामाङले सदुपयोग गद चितवनलाई हारबाट जोगाए । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबैले आक्रामक खेल… पुरा पढौ

उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

पोखरा-गत चैतमा सम्पन्न १९ औं सस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ । गोल्डकपमा संकटाका गोलकिपर थापा उत्कृष्ट घोषित हुदैं स्कुटर प्राप्त गरेका थिए । स्कुटर सोमबार मात्रै हस्तान्तरण गरिएको हो । सिताज लाईफस्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले सर्वोत्कृष्ट खेलाडी घोषित थापालाई स्कुटर हस्तान्तरण गरेका हुन् । अप्रिलाले गोल्डकपको लागि सर्वोत्कृष्ट खेलाडीको प्रायोजन गर्दै स्कुटर प्रदान घोषणा गरेको थियो । अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि… पुरा पढौ

पोखरा थण्डर्स बुटवल लुम्बिनीसँग पराजित

पोखरा-पोखरा थण्डर्स खुकुरी नेपाल सुपर लिग अन्तर्गत पहिलो खेलमा बुटवल लुम्विनी एफसीसँग पराजित भएको छ । आईतबार पोखरा थन्डर्सलाई २-०ले पराजित गर्दै लुम्बिनीले जित निकाल्यो । जित निकाल्दै विजयी सुरुवात गरेको हो । बुटवल लुम्विनीको जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले गोल गरे । पहिलो गोल फ्रिकिक मार्फत सम्भव हुन पुग्यो । दोस्रो गोल भने उपहार पाएको थियो । ४२औं मिनेटमा मानबहादुर परियारको फ्रिकिकलाई अर्मान्डको फ्रि हेडर गोलमा परिणत भएको थियो । पोखरा थन्डर्सले पोष्ट आक्रमण गरेपनि गोलमा परिणत हुन सकेन्… पुरा पढौ

नेपाल त्रिकोणात्मक टी- २० सिरिज च्याम्पियन

पोखरा-नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि रक्षा गरेको छ । शनिबार त्रिभुवन विश्वद्यालयको मैदानमा भएको फाईनलमा टस हारेर व्याटिङ गरेको नेपालले दिएको २३८ रनको लक्ष्य पछ्याएको थियो नेदरल्याण्ड ९६ रनमै समेट्दै उपाधि रक्षा गरेको हो । म्याक्स ओ डोडले ओपनिङ गर्दै २० रन बनाए । पिटर सेलर १३ रनमा आउट भए । सेवास्टियन ब्रातले नटआउट २६ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउनबाट चुके । अघिल्लो खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै… पुरा पढौ

नेदरल्याण्डलाई जितको लागि २३९ रनको लक्ष्य

पोखरा-नेपालले आज उपाधि रक्षा गर्ने ध्येयसहित नेदरल्याण्ड विरुद्ध फाईनल खेल्ने क्रममा रनको लक्ष्य दिएको छ । ओपनर कुशल भुर्तेले र कुशल मल्लको अर्धशतकीय योगदानमा ३ विकेटको क्षतिमा २३८ रन बनाउँदै २० ओभरको इनिङ्ग पुरा गर्यो । नेपालले मलेसियलाई ६९ रनले पराजित गर्दै अंकतालिकामा शीर्षस्थानमा रहँदै फाईनलमा भेट नेदरल्याण्डसँग हुन पुगेको थियो । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले टस हार्दै व्याटिङ गर्दै भुर्तेलको उत्कृष्ट इनिङ खेल्ने क्रममा ७७ रन बनाए । पहिलो विकेटको रुपमा नेपालले आशिष शेखलाई गुमाउन पुथ्यो । आशिष… पुरा पढौ

नेपाल र नेदरल्याण्डबीच त्रिकोणात्मक सिरिजको फाईनल

पोखरा-नेपालले नेदरल्याण्डसँग आज फाईनल खेल खेल्दै छ । मलेसिया, नेपाल र नेदरल्याण्ड बीचको तीन देशबीचको त्रिकोणात्मक टी–२० आई सिरिजको फाईनल त्रिभुवन विश्वविद्यालयको मैदानमा हुदैं छ । नेपालले पहिलो खेलमा नौ विकेटको जित दर्ता गरेका थियो । तर दोस्रो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै फाईनल सुरक्षित गरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डले नेपालले दिएको २०७ रनको लक्ष्यलाई ७ विकेटको क्षतिमा पुरा गरेको थियो । पुरा पढौ

नेपालद्वारा मलेसियालाई २१८ रनको चुनौति

पोखरा-सातौं नम्बरमा आएका अलराउण्डर करण केसीको विष्फोटक व्याटिङ गरेपछि नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कुशल मल्लसँग जमेका करणले केवल १३ बल खेल्ने क्रममा ४५ रन हिर्काए । अर्धशतक नजिक पुगेका केसी सायज अजिजको बलमा अन्वर रहमानको हातबाट क्याच भए । उनले १८ औं ओभरमा चार छक्का हिर्काउँदै नेपालको नेटरनरेटलाई माथि पुर्याएका थिए । कुशल मल्लले १० बलमा १९ रन बनाउँदै अविजित रहने क्रममा ६ छक्का प्रहार गरेका थिए । नेपालका ओपनर कुशल भुर्तेल भने आज सस्तैमा आउट… पुरा पढौ