खेल संस्था

सागका सबै समिति विघटन

काठमाडौं-नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद((साग)का लागि गठित विभिन्न समितिहरु मंगलबार विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । १३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि… पुरा पढौ

एन्फाको साधारण सभा हेरिटेज गार्डेनमा जारी

काठमाडाैं, माघ ६ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा जारी छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा विहानबाट जारी रहेकाे छ । साधारण सभामा विभिन्न एजेन्डा माथि छलफल हुँदैछन् । कंग्रेसकाे उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा तामाङले गरे । कोरोना भाईरसको महामारीको कारण एन्फाको साधारण सभा पटक पटक स्थगित हुँदै आईरहेको थियाे । यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक… पुरा पढौ

एन्फा र नेपाल प्रहरी बीच एकेडेमी सञ्चालन गर्न सम्झौता

काठमाडौं- फुटबल एकेडेमी सञ्चालन गर्न नेपाल पुलिस क्लब र अखिल नेपाल फुटबल संघ(एन्फा) बीच सम्झौता भएको छ । काभ्रेको साँगामा रहेको नेपाल प्रहरी स्कुलमा एकेडेमी संचालनको लागि एन्फा र पुलिस बीच आइतबार सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरीका एआईजी निरजबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल प्रहरी स्कुलका ७ विद्यार्थी सहित एन्फाले छनोट गरेका गरी २१ विद्यार्थीलाई एकेडेमीमा भर्ना गरिनेछ । सम्झौता अनुसार एन्फाले चार वर्षसम्म एकेडेमीलाई टेक्निकल सहयोग गर्नुपर्नेछ ।… पुरा पढौ

माघ ७ गतेदेखि महिला लिग फुटबल प्रतियोगिता

काठमाडौं-आगामी माघ ७ गतेदेखि दशरथ रंगशालामा महिला लिग फुटबल प्रतियोगिता शुरु हुदैं छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा महिला लिग फुटबल प्रतियोगिताको उदघाटन खेल दुई विभागीय टोली बीचको प्रतिस्पर्धासँग शुरु हुने छ । शनिबार सार्वजनिक गरिएको खेल तालिका अनुसार उदघाटन खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने छ । आगामी २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ७ टोलीको प्रतिस्पर्धा रहने छ । तीन विभागीय टोली आर्मी, नेपाल पुलिस र शसस्त्र प्रहरी… पुरा पढौ

पल्सर स्पोर्टस अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, पुस २७ । नेपालमा पहिलो पटका सेमि भर्चुअल प्रविधिबाट आयोजना हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड मंगलबार सातदोबाटो स्थित करातेको कर्भडहलमा हुँदै छ । कार्यक्रममा कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने भएको हो । यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया… पुरा पढौ

नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। एकसाता अघि जन्मस्थान दैलेख पुगेका शाहीको आइतबार राति मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । विभिन्न स्वास्थ्य समस्याबाट पीडित शाही केही समयअघिदेखि सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए । शाही सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा शाही नेपाली राष्ट्रिय टिमको सदस्य थिए। शाहीलाई नेपाली फुटबल जगतमा उत्कृष्ट गोलकिपरमा मानिन्छ । शाही सन् १९९५ देखि… पुरा पढौ

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडाैं, पुस २१ । पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच चार विधा सार्वजनिक गर्दा यी तीन खेलाडीले वचश्र्व जमाएका छन् । यी सबै मनोनीत भएका खेलाडी गत वर्ष काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन् । गौरिकाले सर्वाधिक चार स्वर्ण हात पारेकी थिइन् । मन्देकाजी र सुवासले समान दुई स्वर्ण जितेका थिए… पुरा पढौ

धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालद्वारा २५ लाख सहयाेग

काठमाडौं, पुस २० । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि ललितपुरस्थित अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयाेग गरेको छ। रंगशाला निमार्णाधिन स्थल भरतपुरमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन्। रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए। ‘यसअघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ।… पुरा पढौ

क्रियासिल नरहने संघहरुको अस्तित्व नरहने-उपाध्यक्ष कोइराला

काठमाडौं-नेपाल राष्ट्रिय मुवाँथाई संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक ९ट्रायकसुट० प्रदान गरेको छ । खेलाडीहरुलाई उक्त पोशाक प्रमुख अतिथी राखेप उपाध्यक्ष शिव कोइरालाले वितरण गरे । पोशाकसँगै संघले विभिन्न खेलाडीहरुलाई समेत सम्मान गरेको थियो । सम्मानित खेलाडीहरुमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दील ठोकर, अभिषेक राई, संदीप तामाङ्ग, सन्तोष खत्री, शर्मिला मोक्तान, संजय राई, गुनसाङ तामाङ्ग रहेका छन् ।राखेप उपाध्यक्ष कोईरालाले खेलाडीहरुलाई सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान… पुरा पढौ

नव नियुक्त खेलकुदमन्त्रीले सम्हाले मन्त्रालय, विश्वकर्माको बिदाई

काठमाडौं-नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले मन्त्रालयको पदभार सम्हालेका छन् । गत साता मात्रै नवनियुक्त भएका लामाले आईतबार मन्त्रालयको पदभार सम्हालेका हुन् । उनलाई मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वागत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकर्मालाई हटाएर लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् । जगतबहादुर विश्वकर्मालाई परिषदले बिदाई यसैबीच पदमुक्त भएका निर्वतमान युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई परिषदले बिदाई गरेको छ । तीन वर्र्षे मन्त्री पदमा रहेको विश्वकर्मालाई आईतबार नै राष्ट्रिय खेलकुद परिषदका सदस्य… पुरा पढौ