काठमाडौं- नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी स्थित नगरपालिकाको निगु पुखुमा वितरण हुने अवार्डको तयारी पूरा भएको जनाएको हो । अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र एक पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने…
पुरा पढौ