खेल संस्था

लोकतान्त्रिक खेलकुद संघको संयोजक घोषणा

पोखरा-नेपाललोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा गरिएको छ । बुधबारसंघ केन्द्रीय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको पूर्व सञ्चारमन्त्री, नेपालीकांग्रेसका केन्द्रिय सदस्यतथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले घोषणा गरेका हुन् । संघका केन्द्रिय अध्यक्ष्य देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा बस्नेतले समर्थन जनाएपछि घोषणा गरिएको थियो । संघको केन्द्रीय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल(नेपालगञ्ज), महासचिव सुवोध प्रधान(चितवन), सचिवविरबहादुर खड्का(सिन्धुपाल्चोक), बखतबहादुर शाही(हुम्ला), मनिष जोशी(काठमण्डौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरको छ । सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का… पुरा पढौ

गण्डकी प्रदेश रग्बी संघ गठन

पोखरा-गण्डकी प्रदेश रग्बी संघ गठन गरिएको छ । मंगलबार पोखरा रंगशालामा रग्बी संघका केन्द्रीय सचिव गोविन्द घिमिरेको उपस्थितिमा कुमार थिङ(कास्की)को अध्यक्षमा प्रदेश रग्बी संघ गठन गरिएको हो । उपाध्यक्षमा सुवास खड्का (कास्की), सचिव खगेन्द्र क्षत्री(पर्वत), कोषाध्यक्षमा ईश्वर बस्याल(तनहुँ) रहेका छन् । यसैगरी सदस्यहरुमा जीवनबहादुर कार्की(म्याग्दी), राजेश जिसी (नवलपुर) राजकुमार बसेल (बाग्लुङ),शिव शर्मा(स्याङजा), विनोद श्रेष्ठ(तनहँु), सुदिप नगरकोटी(गोरखा) र सवित्री पूर्जा(म्याग्दी) छन् । पदेन सदस्यमा केशव पौडेल, प्रविन लामा(मनाङ), प्रेम तामाङ(लमजुङ),राम गुरुङ(गोरखा), जीवन पुन मगर(पर्वत), कमल हमाल ठकुरी(तनहुँ),सागर थापा(स्याङजा) शंकर पौडेल(म्याग्दी) र… पुरा पढौ

भलिबलका प्रतिभा र ईम सम्मानित

काठमाडौं- नेपाली भलिबलका नक्षत्र प्रतिभा माली र ईमबहादुर रानालाई मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट सम्मानित गरिएको छ । नेपाल भलिबल संघले नक्सालस्थित क्राउन प्लाजामा आईतबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरुलाई सम्मान गरेका हुन् । प्रतिभा मालीलाई सम्मानित गरिदैै । नेपाली महिला भलिबल टिमकी सदस्य एवं मुख्य खेलाडी प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता र गत बर्ष नेपालमा आयोजनामा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा रजत पदक… पुरा पढौ

चन्द्रपुरमाथि आर्मीको रवाफिलो जित

काठमाडौं- शर्मिला थापा र रश्मी गुरुङले चार-चार गोल गरेपछि महिला राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली चन्द्रपुर नगरपालिका रौतहटमाथि रवाफिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जित निकालेको हो । आर्मीले तेस्रो मिनेटमा विमला चौधरीको गोलबाट खाता खोलेको थियो । १५औं मिनेटमा शर्मिला थापाले पहिलो गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन । बलको लागि संघर्ष गर्दै आर्मी र रौतहटका खेलाडी । मोफसलको… पुरा पढौ

शनिबार विभागीय डर्बीमा उपाधि प्रतिस्पर्धा

काठमाडौ- बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै विभागीय क्लब एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र… पुरा पढौ

एपिएफ र वालिङ विजयी

काठमाडौं-सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा दिन बिहीबार एपिएफले जित निकाल्दा अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित दर्ता गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनेको दोस्रो खेलमा एपिएफलाई जित दिलाउँन सावित्रा एक्लैले तीन गोल गरेकी हुन् । पुलिसमाथि सुरुआतबाट नै दबाब सिर्जना गरेको एपिएफका लागि सावित्राले ३२औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यससँगै सावित्राको प्रतियोगितामा तेस्रो ह्याट्रिक गरिन् । लगातार चार खेलमा स्पष्ट जित निकालेको एपिएफको अंक… पुरा पढौ

एपिएफ उपाधि नजिक

काठमाडौं-साविक विजेता नेपाल पुलिसको चुनौतिलाई पन्छाउँदै एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यलायको मैदानमा बुधबारको पहिलो सेमिफाइनल खेलमा पुलिसलाई ३० रनले हराउँदै एपिएफ अन्तिम दुईमा प्रवेश गरेको हो । उपाधि प्रतिस्पर्धाका लागि अन्तिम दुईमा स्थान बनाएको एपिएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७३ रन जोड्न सक्यो… पुरा पढौ

एनएनआइपिए स्पोर्टस अवार्ड फागुन ८ गते

काठमाडौं-नेपाल राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले आगामी फागुन ८ गते एनएनआइपिए स्पोर्टस अवार्ड गर्ने जनाएको छ । मध्यपुर ठिमी नगरपालिकामा आयोजना गरिने छ । अवार्डमा यस पटकदेखि राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थपिएको छ । विधालाई स्काई ब्रान्ड नेपालले प्रायोजना गरेको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ष्ठले जानकारी दिए । पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ । एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका… पुरा पढौ

उत्कृष्ट नजिताको लागि प्रशिक्षणमा व्यस्त

पोखरा-कतार विश्वकप २२ र चीनमा हुने एसियन कपको छनोट खेल अन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेईसँग खेल्ने छ । तीनै खेल नेपालले आफनो होम ग्राउण्डमा खेल्ने छ । होम ग्राउण्डमा हुने प्रतिस्पर्धाको लागि नेपाली टोली प्रशिक्षणमा व्यस्त छ । पोखरामा शुक्रबारदेखि प्रशिक्षणमा रहेको टोलीको अन्तिम छनोट भईसकेको छैन् । ३५ सदस्यीय खेलाडी टोली र ९ सदस्यीयअफिसियल टोली यतिबेला पोखरा रंगशालामा प्रशिक्षणमा व्यस्त रहेको छ । प्रशिक्षक बालगोपाल महर्जनका अनुसार माघ २१ गतेसम्म प्रशिक्षण… पुरा पढौ

नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब भिड्दै

काठमान्डाैं, माघ ७ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहाेरेका छन् । यस्तै, आज प्रदेश १ र त्रिभुवन आर्मी क्लब मुलपानी क्रिकेट मैदानमा खेल्ने छन् । अहिलेसम्म दुई खेल खेलेको आर्मी दुवैमा जित निकाल्दै समूह… पुरा पढौ