खेल संस्था

धादिङ समाजको फराकिलो जित

नेपालगञ्ज- एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ । एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए । यसैगरी धादिङको तर्फबाट अन्य गोल शिशिर… पुरा पढौ

फुटबल एकेडेमी सञ्चालनमा आउने

काठमाडौं-फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौं किकर्स प्रालिले काठमाडौंमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । आयोजक काठमाडौं किर्कसले मंगलबार पत्रकार सम्मेलन गरी प्रशिक्षक र काठमाडौं फुटबल क्लिनिकको सञ्चालनमा ल्याउने घोषणा गरेको हो । सोही कार्यक्रममा काठमाडौं किर्कसले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका स्कटिस प्रशिक्षक लि मेनसनलाई अनुबन्ध पनि गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा एकेडेमी सञ्चालनमा ल्याउने काठमाडौं किर्कस प्रालिका अध्यक्ष नविन पाण्डेले बताए । ६… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा गुरुङ

पोखरा-गण्डकी प्रदेश मन्त्री परिषदको आईतबार बसेको निर्णयले गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा तेजबहादुर गुरुङलाई नियुक्त गरिएको छ । गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित तीन सदस्य समितिले सिफारिस गरेपछि नियुक्त गरिएको हो । छनोट समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवर तथा खेलकुदकर्मीको तर्फबाट जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष दिलबहादुर गुरुङ सदस्यको रुपमा थिए । नवनियुक्त गण्डकी प्रदेश खेलकुदका सदस्य सचिव गुरुङ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष समेत हुन् । नेपाल ओलम्पिक कमिटिका… पुरा पढौ

कोषाध्यक्षद्वारा राजीनामा

पोखरा-कास्की जिल्ला फुटबल संघकी कोषाध्यक्ष विजयाकुमारी गुरुङले आफनो जिम्मेवारीबाट राजीनामा दिएकी छन् । तीन वर्ष अघि निर्वाचित कास्की जिल्ला फुटबल संघको कार्यसमितिले गुरुङलाई मनोनयन गर्दै कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको थियो । जिम्मेवारी सम्हालेको वर्षदिनपछि नै कास्की जिल्ला फुटबल संघको नेतृत्व विशेष गरी अध्यक्ष मिलन गुरुङसँगको विवाद शुरु भएको थियो । कोषाध्यक्ष गुरुङ पोखरा–१ बगरस्थिति बिटी क्लबको अध्यक्ष समेत हुन् । कोषाध्यक्षले आफुलाई राजीनामा दिन अध्यक्षले आग्रह गरेपछि राजीनामा दिएको खुलासा गरिन् । ‘आफनै क्लबले आयोजना गरेको फुटबलमा व्यस्त थिएँ । फुटबलमा… पुरा पढौ

राष्ट्रपति रनिङशिल्ड आयोजना गर्न निर्देशनात्मक परिपत्र

पोखरा-युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन खेलाडी पठाउन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकायलाई पत्रचार गरेको छ । मन्त्रालयले काठमाडौंमा आगामी बैशाख २९ देखि ३१ गतेसम्म राष्ट्रपति रनिङशिल्ड आयोजना गरिने मिति तय गरिसकेको अवस्थामा स्थानीय तहमा आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता टुग्याएर प्रदेशस्तरीय प्रतियोगितामा खेलाडी पठाउन परिपत्र गरेको हो । खेलकुद मन्त्रालयले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि सबै स्थानीय निकायलाई पत्रचार गर्न निर्देशानुसार अनुरोध गरिसकेको… पुरा पढौ

क्रिकेट–स्पोर्टस टुरिज्मको महत्वपूर्ण आधार–सिग्देल

खेलकुद र पर्यटन आर्थिक विकासको लागि परिपुरक हुन् । त्यसमा पनि अझ दर्शकयुक्त खेल पर्यटन प्रवद्र्धनको लागि कोेशेढुंगा नै हो । फुटबलसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने खेल क्रिकेट हो । क्रिकेटको विकास र विस्तार पर्यटन प्रवद्र्धनको आधार बन्नेमा दुईमत छैन् । घरेलु फ्रेन्चाईज प्रतिस्पर्धा होस या अन्य कुनै पनि प्रतियोगिता पर्यटनसँग जोडिन्छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्दै प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । त्यसो त गण्डकी प्रदेश… पुरा पढौ

मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता हुने

काठमाडौं- ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ । टी–२० संरचनामा हुने प्रतियोगितामा ललितपुर… पुरा पढौ

ईपिएललाई भारतीय स्पोर्ट्स वेयरको साथ

काठमाडौं- भारतीय स्पोर्ट्स वेयर कम्पनी सेभेनले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटलाई प्रायोजन गर्ने भएको छ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको कम्पनी सेभेन सह९प्रायोजकको रुपमा ईपीएलसँग जोडिएको हो । ईपीएलले सोमबार सेभेनसँग सम्झौता गरेको छ । ईपीएलका एमडी आमिर अख्तर र रिती ग्रुपका एमडी अरुण पाण्डेले सम्झौता पत्र आदान प्रदान गरे । । सम्झौतासँगै सेभेन ईपीएलमा फ्रेन्चाईज टिमको किटिङ, क्लथिङ र मर्चेनडाइज पार्टनरको रुपमा रहनेछ । यस्तै सेभेनले आयोजकलाई ८० लाख भारु बराबरको खेल सामग्री उपलब्ध गराउनेछ ।… पुरा पढौ

ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटोको पहिलो हार

काठमाडौं-खुमलटार दशौं खेलमा श्री भगवतीसँग २–१ ले पराजित भएपछि ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो हार बेहोरेको छ । सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २–१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक÷एक गोल गरे भने सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काएका थिए । खेलको २९ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता लिएको थियो… पुरा पढौ

पोखरामा पहिलो पटक मुआथाई च्याम्पियनसिप र सेमिनार

पोखरा-आगामी चैत अन्तिम साता पोखरामा मुआथाईको अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । पोखरामा पहिलो पटक आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा अन्तराष्ट्रिय मुआथाई महासंघका प्रतिनिधि एवं प्रशिक्षकहरुको उपस्थिति रहने छ । अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालका मुआथाई खेलाडी तथा अफिसियललाई निर्णायक एवं रेफ्री कोर्ष बारे प्रशिक्षण दिने नेपाल मुआथाई संघका केन्द्रीय महासचिव सुदिप पण्डितले जानकारी दिए । उनका अनुसार सेमिनारमा प्रशिक्षण दिन थाईल्याण्डबाट मुआथाईका अन्तर्राष्ट्रिय निर्णायकहरु आउने छन् । सेमिनारसँगै पोखरामै राष्ट्रिय मुआथाई च्याम्पियनसिप हुने छ । आगामी चैत २४ गतेदेखि ३१ गतेसम्म हुने… पुरा पढौ